Rasifal 1 1536x864 1
काठमाडाैँ । ०८२ साल फागुन ३ गते आइतबार तदनुसार १५ फेब्रुवरी २०२६ । त्रयोदशी तिथी २५ घडी २१ पला उप्रान्त चतुर्दशी तिथी प्रारम्भ हुनेछ । उत्तरषाढा नक्षत्र २८ घडी ४३ पला उप्रान्त श्रवण नक्षत्र प्रारम्भ हुनेछ । ब्याघात योग भर करण आज बिहान सूर्योदय ६:४३ मा भयो भने सूर्यास्त साँझ ५:५४ मा हुनेछ । आज आइतबार चन्द्रमा मकर राशिमा ।
मेष राशि
मातृ स्वास्थ्यमा सुधार भएर जानेछ। जग्गा जमिनसम्बन्धी कामबाट मनग्य लाभ लिन सकिनेछ। पठनपाठनमा सफलता प्राप्त हुनुका साथै पुराना साथीभाइसँग भेटघाट हुनाले मनमा उत्साह बढेर जानेछ।
वृष राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । विद्याक्षेत्रमा वृद्धि हुनुका साथै नयाँ कार्यको थालनी हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । आकस्मिकरुपमा धन लाभ मिल्नुका साथै स्वास्थ्यमा समेत सुधार भएर जानेछ।
कर्कट राशि
तरल पदार्थसम्बन्धी व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। शैक्षिक क्षेत्रमा सुधार भएर जाने योग छ। सामाजिक काममा सफलता प्राप्त हुनाले ठूला व्यक्तिको समेत प्रशंसानीय भइनेछ ।
सिंह राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने योग छ। लेखन शैलीमा कमी आउनाले मानसिक तनाव बढेर जानेछ। मानसम्मानमा आघात पुग्ने देखिन्छ ।
कन्या राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । आफन्तको सहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउनुका साथै जग्गा जमिनसम्बन्धी कामबाट समेत फाइदा लिन सकिने योग छ।
तुला राशि
जग्गा जमिनसम्बन्धी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । मुद्दा मामिलामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर जानेछ। धनमाल हराउन सक्ने देखिन्छ। राज्य पक्षबाट समेत कष्टता पाइने योग छ।
वृश्चिक राशि
वैदेशिक कार्यबाट लाभ लिन सकिनेछ । आकस्मिकरुपमा आयमा वृद्धि भएर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। शत्रु पक्षबाट तपाईंकै जित हुनाले मनमा खुसी छाउनेछ । प्रेम गर्ने अवसर मिल्नेछ।
धनु राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । धनमाल हराउन सक्नेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। आर्थिक क्षेत्रको विषयलाई लिएर परिवारमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ।
मकर राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । कृषि तथा चौपायाबाट मनग्य लाभ लिन सकिने योग छ। व्यवसायमा सफलता प्राप्त हुनुका साथै तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिने योग छ ।
कुम्भ राशि
बोलीमा कठोरता आउने देखिन्छ । जग्गा जमिनसम्बन्धी साझेदारी काममा वादविवाद बढेर जानेछ। इलेक्ट्रिकसम्बन्धी काममा बाधा हुनेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । सजग रहनुपर्नेछ।
मीन राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ। सामाजिक काममा समय व्यतीत भएर जानेछ। मानसम्मानमा आघात पुग्ने देखिन्छ । पठनपाठनमा बाधा हुनाले मानसिक तनाव बढेर जानेछ।

February 15, 2026, Jyotishsanchar press