Rasifal 1 1536x864 1
काठमाडाैँ । ०८२ साल फागुन ७ गते बिहीबार तदनुसार १९ फेब्रुवरी २०२६ । द्वितीया तिथी २५ घडी ७ पला उप्रान्त तृतीया तिथी प्रारम्भ हुनेछ । पूर्वभाद्र नक्षत्र ३४ घडी ५४ पला उप्रान्त उत्तरभाद्र नक्षत्र प्रारम्भ हुनेछ । साध्य योग तैतिल करण आज बिहान सूर्योदय ६:४० मा भयो भने सूर्यास्त साँझ ५:५७ मा हुनेछ।
मेष
आयमा वृद्धि भएर जानेछ । गरिरहेको काममा सफलता प्राप्त हुनुका साथसाथै मानसम्मानमा समेत वृद्धि हुने योग छ। बोलीमा माधुर्यता छाउनेछ। लेखन शैलीमा तीव्रता आउनुका साथसाथै प्रेम गर्ने अवसर जुट्नेछ।
बृष
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहनेछन् ।पठनपाठनमा बाधा आउनुका साथसाथै आर्थिक क्षेत्रमा समेत कमी हुनाले मानसिक तनाव बढेर जानेछ। राज्य पक्षबाट समेत कष्टता पाइने योग छ।
मिथुन
अध्ययन अध्यापनमा बाधा आउने देखिन्छ । बोलीमा कठोरता आउनुका साथसाथै स्वास्थ्यसम्बन्धी समस्याले समेत सताउने योग छ। बाेलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ।
कर्कट
बाेलीको प्रभाव बढेर जानेछ । पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। कृषि तथा चौपायाबाट मनग्य लाभ लिन सकिने योग छ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
सिंह
पारिवारिक सरसहयोगले फसेको दान उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। लेखन शैलीमा तीव्रता आउनेछ। हराएको धनमाल भेट्न सक्ने सम्भावना बढेर गएकाले मनमा उत्साह उमङ्ग बढेर नजाला भन्न सकिँदैन ।
कन्या
दाजुभाइमा सानो कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ। पितासँग वैचारिक मतभेद रहनेछ। बोलीमा कठोरता आउने योग देखिन्छ । धनमाल हराउन सक्ने योग रहेको छ।
तुला
शेयर बजारबाट केही घाटा बेहोर्नुपर्ने देखिन्छ। मानसम्मानमा आघात पुग्नेछ। लेखन शैलीमा कमी आउनाले मानसिक तनाव बढेर जानेछ। मातृ स्वास्थ्यमा गडबढ आउने योग रहेको छ । सञ्चित धनको नाश हुनेछ ।
बृश्चिक
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। स्वास्थ्यमा सुधार हुनुका साथसाथै पठनपाठनमा समेत वृद्धि हुनाले मनमा खुसी छाउनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।
धन
बौद्धिक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने योग छ। कृषि क्षेत्रबाट मनग्य लाभ लिन सकिने देखिन्छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएकोले मनमा खुसी छाउनुका साथसाथै नयाँ कार्यको समेत थालनी हुनेछ ।
मकर
अनावश्यक खर्चको मात्रा बढेर जानेछ। मातृ सुखमा कमी आउने देखिन्छ। परिवारमा थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने योग रहेकाले मनमा चिन्ता बढ्ने देखिन्छ । आर्थिक क्षेत्रमा कमी आउने योग छ।
कुम्भ
पराक्रममा वृद्धि भएर जानेछ। वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । विपरीत लिङ्गीको सहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। प्रेम गर्ने अवसर जुट्नेछ।
मीन
चोटपटकको सम्भावना प्रबल मात्रामा बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। मानसम्मानमा आघात पुग्नेछ। झुटा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।

February 19, 2026, Jyotishsanchar press