Arest Pakrau 1
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-४ कुमाई चोक बस्ने ५० वर्षीय सुरज सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरजसमेत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार ६० रूपैयाँ, विभिन्न बैंकको चेक २ थान र १० बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

February 19, 2026, Jyotishsanchar press