Rasifal 1 1536x864 1
काठमाडाैँ । ०८२ साल फागुन ८ गते शुक्रबार तदनुसार २० फेब्रुवरी २०२६ । तृतीया तिथी २२ घडी ७ पला उप्रान्त चतुर्थी तिथी प्रारम्भ हुनेछ । उत्तरभाद्र नक्षत्र ३६ घडी १९ पला उप्रान्त रेवती नक्षत्र प्रारम्भ हुनेछ । शुक्ल योग बब करण आज बिहान सूर्योदय ६:३९ मा र सूर्यास्त साँझ ५:५७ मा हुनेछ। आज शुक्रबार चन्द्रमा मीन राशिमा ।
मेष राशि
सानो कुरामा पनि विवाद बढेर जानेछ। गरिरहेको काममा बाधा आउनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने योग छ। बोलीमा कठोरता आउने देखिन्छ। पैत्रिक सम्पत्तिको विषयमा दाजुभाइमा कलह बढेर जानेछ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बौद्धिक कार्यमा वृद्धि भएर जानेछ । अधुरा काम पूरा भएर जानेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने देखिन्छ । पराक्रममा वृद्धि भएर जानाले मनमा खुसी छाउने छ।
मिथुन राशि
साझेदारी काममा विवाद बढेर जानेछ। मातृ स्वास्थ्यमा बाधा आउने देखिन्छ। गरिरहेको काममा कमी आउनेछ। पशु चौपायबाट घाटा बेहोर्नु पर्ने देखिन्छ । आर्थिक लेनदेनमा विवादले गर्दा मानसिक तनाव बढेर जानेछ ।
कर्कट राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने योग छ। लेखन शैलीमा कमी आउनेछ। चोटपटकको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नु पर्दा मनमा चिन्ता बढेर जानेछ ।
सिंह राशि
बोलीको प्रभाव बढेर जानेछ । जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। शत्रु पक्षबाट तपाईंकै जीत हुने देखिन्छ । परिवारमा माङ्गलिक कार्यको थालनी हुनाले मनमा खुसी छाउने छ।
कन्या राशि
पराक्रममा वृद्धि भएर जानेछ । धातुजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। लेखनशैलीमा तीव्रता आउनेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानाले मनमा उत्साह बढेर जानेछ।
तुला राशि
झुटा आरोपको सामना गर्नुपर्ने योग रहेको छ। आएमा कमी आउने देखिन्छ। आर्थिक लेनदेनमा वादविवाद बढेर जानेछ। पितृ स्वास्थ्यमा उतारचढाव आउनाले मनमा चिन्ता बढेर जानेछ।
वृश्चिक राशि
काममा बाधा र आयमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। पठनपाठनमा असफलता प्राप्त हुनाले मनमा चिन्ता बढेर जाने योग रहेको छ।
धनु राशि
आज तपाईंको आत्मविश्वास बढ्ने दिन हो। रोकिएका कामहरू विस्तारै अघि बढ्ने संकेत छन् । टाढाको यात्रा वा बाहिरको कामबाट फाइदा हुन सक्छ। काम गर्दा हतार नगर्नुहोस्, धैर्यले राम्रो परिणाम दिन्छ। पारिवारिक कुराकानीमा तपाईंको विचारलाई महत्व दिइनेछ। स्वास्थ्यतर्फ खानपानमा ध्यान दिनुहोस्।
मकर
आज जिम्मेवारी बढ्न सक्छ । तर त्यसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुन्छ। कामको क्षेत्रमा वरिष्ठ व्यक्तिबाट सहयोग मिल्नेछ। आर्थिक हिसाबले खर्च बढे पनि आवश्यक काममै जाने देखिन्छ। पारिवारिक वातावरण सामान्य रहनेछ। थकान महसुस हुन सक्छ, आरामका लागि समय निकाल्नु राम्रो।
कुम्भ
आज मित्रता र सामाजिक सम्बन्ध मजबुत हुने दिन हो। नयाँ चिनजानबाट भविष्यमा फाइदा हुने संकेत छन् । सिर्जनात्मक काममा मन जानेछ। सानो लगानी वा बचत योजनामा सोच गर्न सक्नुहुन्छ। घरपरिवारसँग रमाइलो समय बित्नेछ। स्वास्थ्य सामान्य रहनेछ।
मीन
आज मन अलि भावुक बन्न सक्छ। निर्णय गर्दा भावना भन्दा बुद्धिलाई अघि राख्नु उपयुक्त हुनेछ। काममा ध्यान केन्द्रित गर्न सके राम्रो प्रगति हुनेछ। परिवारको साथ र सहयोगले मनलाई शान्ति दिनेछ। खर्च बढ्न सक्छ, अनावश्यक खर्चबाट जोगिनु राम्रो। ध्यान वा प्रार्थनाले मानसिक सन्तुलन मिल्नेछ।

February 20, 2026, Jyotishsanchar press