नेप्से परिसूचक ५४ अंकले बढ्यो, ८ महिनाकै उच्च विन्दुमा बजार
La

काठमाडौं । आइतबार सेयर बजारमा उच्च वृद्धि देखिएको छ । नेप्से परिसूचक ५४.५१ अंकले बढ्दै २९३१ अंकमा पुगेको छ, जुन करिब ८ महिनायताकै उच्च स्तर हो ।

अघिल्लो कारोबार दिन बिहीबार पनि बजार ६४ अंकले बढेको थियो ।

आज कुल कारोबार रकम पनि उल्लेख्य रूपमा बढेर २३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन साउन ११ यताकै उच्च कारोबार हो । अघिल्लो दिन २१ अर्ब २२ करोडको कारोबार भएको थियो ।

आज १८३ कम्पनीको मूल्य बढ्दा ७३ कम्पनीको घटेको र ८ कम्पनी स्थिर रहेको देखिएको छ ।

क्षेत्रगत रूपमा माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.२१ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, बीमा लगायत अधिकांश समूहहरूमा पनि वृद्धि देखिएको छ भने व्यापार समूह भने सामान्य घटेको छ ।

आज १० वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ, जसमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर लगायत रहेका छन् ।

सबैभन्दा धेरै घट्नेमा सुपर मादी हाइड्रोपावरको सेयर रहेको छ ।

आज धेरै कारोबार भएका कम्पनीहरूमा कुमारी बैंक, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट, ङादी ग्रुप पावर र हिमाल दोलखा हाइड्रोपावर रहेका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको