कस्ताे हाेला आजकाे माैसम ?

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। देशका विभिन्न भागमा मौसम बदलीसँगै वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

अहिले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भागमा सामान्यतया बादल लागेको छ। तराईका अन्य क्षेत्रमा भने मौसम सफा छ। गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

सोमबार दिनभर देशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने र बाँकी भागमा पनि आंशिक बदली हुने देखिएको छ । पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

वर्षा र चट्याङको सम्भावना रहेकाले पहाडी भेगका बासिन्दालाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी पदयात्रामा रहेका पर्यटक र हिमाली क्षेत्रका बासिन्दाले मौसमको अवस्था हेरेर मात्रै यात्रा तय गर्न विभागकाे सुझाव छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको