भक्तपुर । मध्यपुर थिमी नगरपालिका-७ नगदेशबाट अवैध लागूऔषध पोलेन २ किलो ६ सय ७५ ग्राम र गाँजा १३ किलो ६ सय ८० ग्रामसहित सोही ठाउँ बस्ने काभ्रे घर भएका ७५ वर्षीय हर्षबहादुर तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित पाहुना घर होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ६० मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय नरेन्द्रसिंह ठगुन्नासमेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

