देशका धेरैजसाे क्षेत्रमा वर्षा

काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागको सोमबार साँझको अभिलेख अनुसार पछिल्लो ६ घण्टामै काठमाडौंमा १८.८, ललितपुरमा १५.४ र भक्तपुरमा १६.४ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी नुवाकोटमा ३४.२ मिलिमिटर वर्षा भएको छ, त्यसपछि सिन्धुपाल्चोकमा २१.८ मिलिमिटर वर्षा भएको छ।

विभागले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको र बाँकी भागमा आंशिक बादल लागेको जनाएको छ । यस्तै गण्डकी प्रदेशका धेरै स्थानहरूमा, बागमती प्रदेशको पहाडी भागका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपात भइरहेको जनाइएको छ।

पछिल्लो ३ घण्टामा प्युठान, सिन्धुपाल्चोक, गुल्मी, गोरखा, लमजुङ, नुवाकोट, काठमाडौं उपत्यका, स्याङ्जालगायतका क्षेत्रमा १० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। अन्य धेरै मापन केन्द्रहरूमा हल्का वर्षा भएको छ। हिजोदेखि बदली भएको मौसम पूर्व सर्दै काठमाडौं आइपुगेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको