काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल देशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने तराईमा आंशिक बादल लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ । यस्तै कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

