आज पनि पश्चिमी वायुको प्रभाव कायम

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव कायम छ । देशका विभिन्न भागमा यी वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली छ । अन्य पहाडी भागमा आंशिक बादल लागेको देखिन्छ । तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा नै रहेको छ।

आज देशका हिमाली भेगमा बादलको प्रभाव बढी रहने र पहाडी क्षेत्रमा आंशिक बदली हुने देखिएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य हिमाली भागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको