मेष
सौभाग्यमा वृद्धि भएर जानेछ जागिरमा पदोन्नतिको सम्भावना देखिन्छ कार्यमा सफलता प्राप्त हुनुका साथै माङ्गलिक कार्यमा सहभागी भइनेछ। चल अचल सम्पत्ति प्राप्त हुने योग रहेको छ।
वृष
वादविवादको सामना गर्नुपर्नेछ व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। रोजगारीका क्षेत्रमा बाधा आउनुका साथै मानसम्मानमा समेत आँँच आउने देखिन्छ गरिरहेका काममा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।
मिथुन
स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। पारिवारिक कलह बढेर जाने छ। शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ। आर्थिक क्षेत्रमा केही उतार चढाव आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ
कर्कट
व्यापार व्यवसायमा सुधार भएर जानेछ। मानसम्मान प्राप्त हुनेछ। सेयर बजारबाट राम्रै आम्दानी गर्न सकिनेछ शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ धार्मिक तथा आध्यात्मिक तर्फ रुचि बढेर जानेछ।
सिंह
बाेलिको प्रभाव बढेर जानेछ। राजनीति क्षेत्रमा तपाईंकै जित हुने देखिन्छ। कार्यमा सफलता हुनुका साथै कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् नयाँ साथीको आगमनले कार्यमा थप हौसला प्राप्त हुने देखिन्छ।
कन्या
अध्ययन अध्यापनमा सफलता मिल्नेछ जग्गा जमिनबाट लाभ मिल्नेछ। पारिवारिक सुखसयल प्राप्त हुनेछ। आयआर्जनमा सफलता प्राप्त हुनुका साथै प्रेम गर्ने अवसर जुट्ने देखिन्छ। सेयर सम्बन्धी कार्यबाट लाभ मिल्ने देखिन्छ।
तुला
व्यापार व्यवसायमा कमी आउनेछ झुट्टा आरोपको सामना गर्नुपर्नेछ। दौडधुपमा समय व्यतीत हुने देखिन्छ। आफन्तमा कलह बढेर जानाले मनमा चिन्ता बढेर जानेछ दिनको पूर्वार्धमा भन्दा उत्तरार्धमा केही सुधार भएर जाने देखिन्छ।
वृश्चिक राशि
कार्यमा सफलता मिल्नेछ आयआर्जनमा वृद्धि भएर जानेछ। लेखन एवं धार्मिक कार्यमा तीव्रता हुनेछ उच्च पदस्थ व्यक्तिसँगको सम्बन्ध बढेर जानेछ। पारिवारिक सरसहयोग मिल्नाले मनमा खुसी छाउनेछ।
धनु
न्याय सम्बन्धी कार्यमा समस्या उत्पन्न हुनेछ शैक्षिक कार्यमा बाधा आउनेछ पारिवारिक कलह बढेर जानेछ। व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। दिनको उत्तरार्धमा कार्यमा सुधार भएर जानेछ।
मकर
पारिवारिक कलह बढेर जानेछ कार्यमा बाधा आयमा कमी आउनुका साथै बोलीमा कठोरता आउनेछ। विश्वास गरेकाबाट धोका हुने देखिन्छ तर सामाजिक कार्यमा लाग्नाले आफ्नो कार्यमा बिलम्ब हुने देखिन्छ।
कुम्भ
आएमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। चोटपटकको सम्भावना बढेर गएको छ। आकस्मिक धन क्षयको योग छ। स्वास्थ्यमा उतारचढाव आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला।
मीन
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। राजनीति क्षेत्रमा सुधार भएर जानेछ सामाजिक कार्यमा समय व्यतीत हुने देखिन्छ। व्यापार व्यवसायमा वृद्धि भएर जानाले मनमा उत्साह बढेर जाने देखिन्छ।