मेष राशि
रोकिएका कामहरू पूरा भएर जाने छन् आमाको माया ममता प्राप्त हुनेछ। धर्मकर्मतर्फ मन जानेछ। पैत्रिक सम्पत्ति पाइने योग छ ठुला व्यक्तिको सरसहयोग मिल्ने देखिन्छ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। साथीभाइको सहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। शैक्षिक कार्यमा प्रगति भएर जाने देखिन्छ।
मिथुन राशि
आँखा सम्बन्धी समस्याले सताउनेछ कार्यमा बाधा आउनेछ। व्यवसायमा रास आउनाले मनमा चिन्ता बढेर जानेछ। यात्रामा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। लेनदेनमा विवाद हुन सक्नेछ।
कर्कट राशि
काममा ढिलासुस्ती हुनेछ स्वास्थ्यमा केही कमी आउनेछ। प्रेमीप्रेमिका बीच केही मनमुटावको सृजना हुनेछ। पारिवारिक कलह बढ्नाले मनमा त्रास बढेर जाने देखिन्छ।
सिंह राशि
बोलीको प्रभाव बढेर जानेछ वैदेशिक रोजगारको योग रहेको छ। पारिवारिक सरसहयोग मिल्नेछ प्रेमिप्रेमीका बीच माधुर्यता छाउनेछ आर्थिक क्षेत्रमा सुधार आउनुका साथै साथी भाइबाट समेत सहयोग जुट्ने देखिन्छ।
कन्या राशी
धर्मकर्मतर्फ मन जानेछ पारिवारिक सरसहयोग मिल्नेछ। शैक्षिक कार्यमा सुधार भएर जानेछ। बोलीमा माधुर्यता छाउनेछ। व्यापार व्यवसायमा वृद्धि हुनुका साथै सामाजिक उत्तरदायित्व बढेर जानेछ। सेयर बजारबाट लाभ मिल्नेछ।
तुला राशि
अर्थतन्त्रमा सुधार भएर जानेछ। रोकिएका कामहरू पूरा भएर जानेछ। धन धान्यादिबाट लाभ मिल्नुका साथै सामाजिक कार्यमा मन जानेछ। नोकरीमा पदोन्नतिको सम्भावना बढेर गएको छ।
वृश्चिक राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ गरिरहेको काममा बाधा आउनेछ। अनैतिक कार्यमा मन जानेछ। स्वास्थ्यमा गडबड आउने देखिन्छ झुटा आरोपको सामना गर्नुपर्नेछ विश्वास गरेकाबाट धोका हुनेछ।
धनु राशि
व्यापार व्यवसायमा घाटा हुनेछ बोलीमा कठोरता आउनेछ कुरा काट्नेहरू सक्रिय रहनेछन् अनावश्यक खर्चको मात्रा बढेर जानेछ। प्रेमी प्रेमिका बीच मनमुटावको सिर्जना हुने देखिन्छ।
मकर राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् मानसम्मान प्राप्त हुनेछ शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ। बौद्धिक कार्यमा सफलता मिल्नेछ।
कुम्भ राशि
अधुरा काम पूरा भएर जानेछन् मानसम्मान प्राप्त हुनेछ। आकस्मिक धनलाभ मिल्ने योग छ। शैक्षिक क्षेत्रमा वृद्धि हुनुका साथै राजनीतिमा सक्रिय भइनेछ। ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
मिन राशि
शत्रु पक्षबाट जोगिनुपर्नेछ मानसम्मानमा आँँच आउनेछ। खर्चको मात्रा बढेर जानेछ। स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्याउनु होला आफन्तजनमा विवाद आउने देखिन्छ।