मिति २०८१ साल आषाढ २९ गते शनिबार आषाढ शुक्लपक्ष सप्तमी तिथी मध्यान्ह:१२ : ३४ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथी आरम्भ भएको हुनाले यो दिन आदिकबी भानुभक्त आचार्य जयन्ति भएकोले भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो।बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाउनु भएका उहाँले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।नेपाली आकाशमा उदाउनु भएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्।मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उहाँले प्रचार गर्नुभयो।
नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाउनु भएको थियो।हामी नेपालीहरुले उहाँले देखाउनुभएको आध्यात्मिक र साहित्तिक साथै उहाँको दुरगामी द्दष्टि पथमा हिड्नसकेमा उहाँप्रति गरेको वास्तविक सम्मान हुनेगर्दछ। त्यसैले आदिकवि ज्युले कोर्नुभएको आध्यात्मिक शन्देस हाम्रो जीवनरुपी मानसपटलमा निरन्तर अविष्मरणीय रहिरहनेछ।
“दरिद्र नाउँ नरमा छ कस्को,?
विशाल तृष्णा घरमा छ जस्को।
कुन् हो धनी सब नरले कह्याको,?
सन्तोषले जो छ खुसी रह्याको।”
“कस्लाइ हो शत्रु भनेर जान्नु?
आफ्ना दशै इन्द्रिय शत्रु मान्नु।
कस्लाइ खुब मित्र भनेर मान्नु?
जित्या तिनै इन्द्रिय मित्र मान्नु। ”
रामायण १.बाल काण्ड
एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरौ हित् भनि
ब्रम्ह्ना ताहि थिया पर्या चरणमा खुसि गराया पनि
क्या सोध्छौ तिमी सोध भन्छु म भनि मर्जि भयेथ्यो जसै
ब्रम्ह्नाको करुणा बुझेर ऋषिले बिन्ति गर्या यो तसै|
हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रयाछु कछु
बाकि छइन केही तथापि सुन्न इच्छ्या म यो गर्द्छु
आउ लाज भयो कलि बखतमा प्राणी दुराचार भइ
गर्न्याछन सब पाप् अनेक तरहका निज्का मतिमा गइ|
साच्चो कुरा गरोइनन् अरुकोइ गर्नन् त निन्दा पनि
अर्कको धन खानलाई अभिलाष् गर्नन् त दियो भनि
कोहि जन् परस्त्रिमा रतहुनन् कोही त हिम्सा महा
देहलाई त आत्मा जानी रहलान् नास्तिक पसु झहि तहाँ | |पण्डित वालमुकुन्द देवकोटा