मेष राशि
शरीरमा आलस्यता आउनेछ। आयमा कमी विद्यामा बाधा आउँनाले मनमा चिन्ता बढेर जाने देखिन्छ। साथीभाइबाट आलोचित हुनुपर्नेछ। लेनदेनमा विवादको सामना गर्नुपर्नेछ। झुट्टा आरोप लाग्ने सम्भावना रहेको छ।
वृष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। धनमाल हराउने सम्भावना बढेर गएको छ। अर्काले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने देखिन्छ। दिनको उत्तरार्धमा केही कार्यमा सफलता मिल्नेछ।
मिथुन राशि
पराक्रम बढेर जानेछ। कृषि क्षेत्रबाट मनज्ञ आम्दानी गर्न सकिनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। हराएको धनमाल भेटिन सक्छ ।पारिवारिक सरसहयोग मिल्नाले मनमा खुसी छाउने छ।
कर्कट राशि
अधुरा काम पूरा भएर जानेछ। अनावश्यक विवादको अन्त्य भएर जानेछ। अध्ययन क्षेत्रमा सफलता प्राप्त हुने देखिन्छ। इष्टमित्रबाट मानसम्मान प्राप्त हुनेछ ठुला व्यक्तिको प्रशंसनीय भइनेछ।
सिंह राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्नेछ। आफन्तमा बहिरभाव आउन सक्ने सम्भावना बढेर गएको छ सजग रहनुहोला।
कन्या राशि
मिष्ठान्न भोजनको अवसर मिलेता पनि बसाईसराईको योग रहेको छ। मुद्दा मामिलामा फसिने योग रहेको छ। रक्तसम्बन्धी समस्याले सताउने देखिन्छ। बोलीमा कठोरता आउनेछ।
तुला राशि
स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। साझेदारी कार्यमा बाधा आउनेछ। वैदेशिक यात्राको अवसर जुटे तापनि विवादको सामना गर्नुपर्ने देखिन्छ। लेखनशैलीमा कमी आउनाले मनमा पिर पर्न सक्छ।
वृश्चिक राशि
धार्मिक कार्यमा सहभागी भइनेछ । सामाजिक कार्यमा सफलता मिल्ने देखिन्छ आत्मबल बढेर जानेछ। नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ। बोलीमा माधुर्यता छाउनेछ।
धनु राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। बोलीमा सुधार भएर जानेछ। माङ्गलिक कार्यमा सहभागी भइनेछ। बौद्धिक क्षेत्रमा अग्रसर भइनेछ। भौतिक साधन खरिद बिक्री गरिने योग रहेको छ ।
मकर राशि
अनावश्यक खर्चमा विवादको अन्त्य हुने देखिन्छ । राजनीतिक कार्यमा सफलता प्राप्त हुनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। मानसम्मान प्राप्त हुनुका साथै साझेदारी कार्यबाट लाभ लिन सकिनेछ।
कुम्भ राशि
मान सम्मान प्राप्त हुनेछ। व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ। रोकिएका कामहरू पूरा भएर जानेछन्। पारिवारिक सरसहयोग मिल्नाले मनमा जोश जाँगर बढेर जाने देखिन्छ।
मिन राशि
वादविवादको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा कठोरता आउनेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ। लेनदेनमा विवादको सामना गर्नुपर्ने देखिन्छ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ।