Rasifal 3
काठमाडाैं । २०८२ साल कार्तिक १३ गते बिहीबार । तदनुसार ३० अक्टोबर २०२५ नवमी तिथी ५६ घडी ६ पला दशमी तिथी प्रारम्भ हुनेछ । श्रवण नक्षत्र २१ घडी ५ पला उप्रान्त धनिष्ठा नक्षत्र प्रारम्भ हुनेछ । गण्ड योग बाणिज करण आज बिहान सूर्योदय ६:१४ मा भयो भने सूर्यास्त साँझ ५:१८ मा हुनेछ। आज बिहीबार चन्द्रमा मकर राशिमा ।
मेष राशि
आयमा कमी आउने देखिन्छ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ । घर परिवारमा अनावश्यक विवाद बढेर जानेछ।
वृष राशि
शारीरिक आलस्यता बढेर जानेछ । विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ । पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढ्नेछ।
मिथुन राशि
मुद्दा मामिलामा तपाईंकै जीत हुने देखिन्छ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । लेखन शैलीमा तीव्रता आउनेछ।
कर्कट राशि
अध्ययन अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ । तरल पदार्थसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ।
सिंह राशि
चोटपटकको सम्भावना बढेर जाने देखिन्छ । सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ। राज्यपक्षबाट समेत कष्टदा आउनाले मनमा तनाव बढेर जानेछ।
कन्या राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। मुद्दा मामिलामा फसिने योग छ। शैक्षिक क्षेत्रमा बाधा आउनुका साथै विश्वास गरेका साथीभाइबाट धोका पाउने योग छ।
तुला राशि
आयमा वृद्धि भएर जानेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । पराक्रममा वृद्धि भएर जानेछ। पुराना साथीभाइसँग भेटघाट हुने देखिन्छ ।
वृश्चिक राशि
आकस्मिकरुपमा धनलाभ मिल्ने देखिन्छ । नयाँ कार्यको थालनी हुनेछ । लेखन शैलीमा तीव्रता आउने योग छ। आफन्तको साथ सहयोगले लामो समयदेखि रोकिएका कामहरू पूरा भएर जानेछन्।
धनु राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने योग छ। राज्यपक्षबाट केही कष्टता पाइने योग छ ।सञ्चित धनको नाश हुने योग छ । आयमा कमी आउनाले मानसिक तनाव बढेर जानेछ।
मकर राशि
दुग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ । कृषि तथा चौपायबाट लाभ मिल्ने देखिन्छ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ ।
कुम्भ राशि
गरिरहेको काममा बाधा आउने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । आफन्तमा अनावश्यकरूपमा वादविवाद बढेर जानेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।
मीन राशि
न्यायिक कार्यमा तपाईँकै जीत हुने देखिन्छ । रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। अनावश्यकरुपमा नयाँ कार्यको थालनी हुने देखिन्छ । पठनपाठनमा सुधार भएर जानाले मनमा खुसी छाउनेछ।

October 30, 2025, Jyotishsanchar press