Gold
काठमाडौँ। आज सुनकाे मूल्य स्थिर छ । दशैंपछि लगातार बढेर उच्च विन्दुमा पुगेकाे सुनकाे मूल्य तिहारपछि भने लगातार घटिरहेकाे थियाे ।
आइतबारदेखि सुनको मूल्य घट्न थालेकाे हाे। आज बिहीबार भने सुनकाे मूल्य स्थिर छ भने चाँदीकाे मूल्य सामान्य बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सयले घटेको थियाे भने साेमबार दुई हजारले घट्याे । मंगलबार पनि सुन २ हजार ९०० ले घटेकाे मूल्य बुधबार सात सयले घट्याे । बिहीबार मूल्य स्थिर छ । यससँगै आज २ लाख ३६ हजार तीन सय कायम भएको छ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज १५ रुपैंयाँ बढेर २ हजार ९८० कायम भएकाे महासंघले जनाएकाे छ ।

October 30, 2025, Jyotishsanchar press