Rasifal 3
काठमाडाैँ । २०८२ साल कार्तिक १४ गते शुक्रबार । तदनुसार ३१ अक्टोबर २०२५ दशमी तिथी ५४ घडी २७ पला एकादशी तिथी प्रारम्भ हुनेछ । धनिष्ठा नक्षत्र २१ घडी ४२ पला उप्रान्त शतभिषा नक्षत्र प्रारम्भ हुनेछ । बृहि योग तैतिल करण आज बिहान सूर्योदय ६:१४ मा भयो भने सूर्यास्त साँझ ५:१८ मा हुनेछ। आज शुक्रबार चन्द्रमा कुम्भ राशिमा
मेष
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। बोलीको प्रभाव बढेर जानेछ। दाजुभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।
बृष
बोलीमा कठोरता आउने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ। पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । जागिरमा अपजसको सामना गर्नुपर्ने योग छ।
मिथुन
अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ। आयमा कमी आउने योग छ । मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको छ। पठनपाठनमा कमी आउनाले मनमा चिन्ता बढ्नेछ।
कर्कट
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त भएर जानेछ। माङ्गलिक कार्यमा सहभागी हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। नयाँ धनमाल जोडिनेछ।
सिंह
भद्रका काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। पठनपाठनमा सफलता मिल्ने देखिन्छ । पतिपत्नीबीच माधुर्यता छाउनेछ। पशु तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिने योग छ।
कन्या
आयमा कमी विद्यामा बाधा हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । आफन्तमा बहिरभाव आउनेछ। वैदेशिक कार्यमा झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला।
तुला
नशासम्बन्धी समस्याले सताउने योग छ। मातृ स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ ।आकस्मिकरुपमा विवादको सामना गर्नुपर्नेछ। धनमाल हराउनाले मानसिक तनाव बढेर नजाला भन्न सकिँदैन।
बृश्चिक
धर्म कर्मतर्फ मन जाने देखिन्छ। लेखन शैलीमा वृद्धि भएर जानेछ। पठनपाठनमा सफलता प्राप्त गर्नुका साथसाथै जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ।
धनु
पराक्रम बढेर जानेछ । वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिने योग छ। मानसम्मानमा वृद्धि भएर जानेछ। शैक्षिक क्षेत्रमा सुधार भएर जानाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। आकस्मिक धनलाभ मिल्नेछ।
मकर
व्यापार व्यवसायमा घाटा बेहोर्नुपर्ने देखिन्छ । धार्मिक कार्यमा बाधा आउनेछ। आकस्मिकरुपमा खर्चको मात्रा बढेर जानाले मनमा चिन्ता बढेर जानेछ। स्वास्थ्यमा आएको उतारचढावले मनमा चिन्ता बढ्नेछ।
कुम्भ
आयमा वृद्धि कार्यमा प्रगति भएर जानाले मनमा उत्साह उमङ्ग बढेर जानेछ। आफन्तको सरसहयोगले फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। पुराना साथीभाइसँग भेटघाट हुने योग छ।
मीन
सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्नेछ। पठनपाठनमा असफलता पाइनुले मानसिक तनाव बढेर जाने देखिन्छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।

October 31, 2025, Jyotishsanchar press