Rasifal 3
काठमाडाैँ । २०८२ साल कार्तिक १५ गते शनिबार । तदनुसार १ नोभेम्बर २०२५ एकादशी तिथी ५४ घडी २७ पला द्वादशी तिथी प्रारम्भ हुनेछ । शतभिषा नक्षत्र २१घडी ४२ पला उप्रान्त पूर्वभाद्र नक्षत्र प्रारम्भ हुनेछ । धुर्व योग वव करण आज बिहान सूर्योदय ६:१५ मा भयो भने सूर्यास्त साँझ ५:१८ मा हुनेछ। आज शनिबार चन्द्रमा कुम्भ राशिमा
मेष राशि
पराक्रम बढेर जानेछ । अध्ययन क्षेत्रमा सुधार भएर जानेछ। अधुरा कामहरू पुनः सञ्चालनमा आउने योग छ। पारिवारिक सरसहयोग प्राप्त हुनाले कार्यमा थप हौसला पाइने योग छ।
वृष राशि
अनावश्यक वादविवाद बढेर जानेछ । आफन्तको अपहेलनाले मनमा चिन्ता बढेर जानेछ। भौतिक साधनबाट घाटा बेहोर्नु पर्ने देखिन्छ । मानसम्मानमा अघात पुग्नेछ ।
मिथुन राशि
बोलीमा कठोरता आउनेछ । कार्यमा बाधा आउने देखिन्छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर जानेछ । सञ्चित कार्यमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।
कर्कट राशि
अधुरा काम पूरा भएर जानेछन् । दाजुभाइमा सरसहयोगले शत्रुपक्षबाट तपाईंकै जीत हुने योग छ। नयाँ साथीको आगमनले कार्यमा सफलता प्राप्त हुने योग छ।
सिंह राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। जागिरमा पदोन्नति भएर जानेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानुका साथै सहभागी भइनेछ।
कन्या राशि
पति पत्नीबीचमा अनावश्यकरुपमा वादविवाद बढेर जानेछ। लेखन शैलीमा कमी आउने देखिन्छ । अनावश्यक खर्चको मात्रा बढ्ने योग छ। आयमा कमी आउने देखिन्छ ।
तुला राशि
आँखासम्बन्धी समस्याले सताउने योग छ । झुटा आरोपको सामना गर्नुपर्नेछ । पठनपाठनमा बाधा आउनका साथै मातृ स्वास्थ्यमा उत्तरचढाव आउनाले मानसिक तनाव बढ्ने देखिन्छ।
वृश्चिक राशि
न्यायिक कार्यमा तपाईंकै जीत हुने देखिन्छ । सामाजिक उत्तरदायित्व बढेर जानेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मिष्ठान भोजनको अवसर जुट्नेछ।
धनु राशि
आकस्मिकरूपमा धनलाभ मिल्नेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । साथीभाइबाट प्राप्त सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ।
मकर राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनु पर्नेछ। सञ्चित धनको ह्रास आउने योग छ । लेखन शैलीमा कमी आउनुका साथै कुरा काट्नेहरू सक्रिय रहनेछन् ।
कुम्भ राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । बोलीमा मिठास छाउनेछ। काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। पारिवारिक सुख पाइनेछ।
मीन राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने योग छ । सवारी साधनबाट जोगिनु पर्नेछ। पति पत्नीबीच कलह बढेर जानेछ। लेखन शैलीमा कमी आउनेछ । राज्यपक्षबाट समेत कष्टता पाइने योग छ।

November 1, 2025, Jyotishsanchar press