Rasifal 2
२०८२ साल कार्तिक १६ गते आइतबार, तदनुसार २ नोभेम्बर २०२५ द्वादशी तिथी ५४ घडी २७ पला त्रयोदशी तिथी प्रारम्भ हुनेछ । पूर्वभाद्र नक्षत्र २१ घडी ४२ पला उप्रान्त उतरभाद्र नक्षत्र प्रारम्भ हुनेछ । ब्याघात योग बयब करण आज बिहान सूर्योदय ६:१६ मा भयो भने सूर्यास्त साँझ ५:१७ मा हुनेछ। आज आइतबार चन्द्रमा कुम्भ राशिमा
मेष
आय आर्जनमा बृद्धि भएर जानेछ। दाजुभाइको सरसहयोग पाइने योग छ। मुद्दा मामिलामा तपाईंकै जीत हुने देखिन्छ । लेखन शैलीमा तीव्रता आउनुका साथै प्रेम गर्ने अवसर जुट्नेछ।
बृष
स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। अप्रत्याशितरुपमा खर्चको मात्रा बढेर जानेछ। दाजुभाइमा कलह बढेर जानाले मनमा चिन्ता बढ्नेछ।
मिथुन
पारिवारिक कलह बढेर जानेछ । विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानुका साथसाथै स्वास्थ्यमा समेत गडबढ आउने देखिन्छ ।
कर्कट
नयाँ कार्यको थालनी हुनेछ। अनावश्यकरूपमा हुँदै आएको खर्चमा कमी आउने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय पाइनेछ।
सिंह
पतिपत्नीबीच वादविवादको सिर्जना हुने योग छ। चोटपटकको सम्भावना बढेर गएको छ। गरिरहेको काममा ढिलासुस्ती भएर जानाले मानसिक तनाव बढेर नजाला भन्न सकिँदैन।
कन्या
मानसम्मानमा बृद्धि भएर जानेछ । लेखन शैलीमा तीव्रता आउनेछ। जागिरमा भएको पदोन्नतिले सबैको विश्वाससिलो पाइनेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ।
तुला
रक्तसम्बन्धी समस्याले सताउने देखिन्छ । विपरीत लिङ्गीबाट जोगिनुपर्ने योग छ। आफूले राम्रो बोल्दा पनि अरुले नराम्रो सुन्ने सम्भावना बढेर गएको छ। मानसम्मानमा आघात पुग्नेछ।
बृश्चिक
मुद्दा मामिलामा तपाईंकै जीत हुने देखिन्छ । पठनपाठनमा सफलता प्राप्त नहोला भन्न सकिन्न । लामो समयदेखि चल्दै आएको विवादको अन्त भएर जानेछ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
धनु
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। आकस्मिकरुपमा धनलाभ लिन सकिनेछ। पुराना साथीभाइसँग भेटघाट हुनुका साथसाथै शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ।
मकर
गरिरहेको काममा बाधा आउने देखिन्छ। सञ्चित धनको नाश हुनेछ। लेखन शैलीमा कमी आउने देखिन्छ । सानोतिनो कुरामा पनि राज्य पक्षबाट समेत कष्टता पाइने हुँदा सजगताका साथ अगाडि बढ्नुहोला।
कुम्भ
जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । पारिवारिक कलह बढेर जानेछ। आफन्तमा बहिरभाव आउनाले काममा समेत बाधा हुने हुँदा सजगताका साथ अगाडि बढ्नुहोला।
मीन
पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ। लेखन शैलीमा कमी आउने देखिन्छ ।दाजुभाइमा अनावश्यकरुपमा कलह बढेर जानुका साथै मात्री स्वास्थ्यमा समेत उत्तरचढाव आउनेछ।

November 2, 2025, Jyotishsanchar press