Bp2
धुलिखेल । बिहीबार रातिदेखि पहिराेले अवरुद्ध बीपी राजमार्ग सुचारु भएकाे छ। तीन दिनदेखिकाे प्रयासपछि आज दिउँसाेदेखि राजमार्ग सुचारु भएकाे प्रहरीले जनाएकाे छ।
यस राजमार्ग अन्तर्गत काभ्रे जिल्लाभित्रकाे खण्डमा आधा दर्जनभन्दा बढी ठाउँमा लेदाेसहितकाे पहिराे खसेर सडक अवरुद्ध भएकाे थियाे । राजमार्ग सुचारु भए पनि सावधानीपूर्वक यात्रा गर्न र सवारी संचालन गर्न प्रहरीले अनुराेध गरेकाे छ।
‘बीपी राजमार्ग अन्तर्गत चारसय बेसीमा डाइभर्सन निर्माण पूरा गरी सडक सुचारु गरिएको हुनाले सडकको अवस्थालाई मध्यनजर गरी सावधानीपूर्वक यात्रा गर्नुहुन अनुरोध गरिएको छ।’ जिल्ला प्रहरी कार्यालय, काभ्रेले जारी गरेकाे सूचनामा भनिएकाे छ ।

November 2, 2025, Jyotishsanchar press