Rasifal 3
काठमाडाैं । २०८२ साल कार्तिक १७ गते सोमबार तदनुसार ३ नोभेम्बर २०२५ । त्रयोदशी तिथी ४३ घडी २२ पला चतुर्दशी तिथी प्रारम्भ हुनेछ । उत्तरभाद्र नक्षत्र १७ घडी ७ पला उप्रान्त रेवती नक्षत्र प्रारम्भ हुनेछ । हर्षण योग कौलव करण आज बिहान सूर्योदय ६:१६ मा भयो भने सूर्यास्त साँझ ५:१७ मा हुनेछ। आज सोमबार चन्द्रमा मीन राशिमा
मेष राशि
अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ । आफन्तमा बहिरभाव आउनाले गरिरहेको काममा समेत बाधा आउने देखिन्छ। पठनपाठनमा असफलता प्राप्त हुने योग छ।
वृष राशि
अध्ययनमा सफलता पाइने योग छ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएकाले मनमा खुशी छाउनेछ।
मिथुन राशि
दाजुभाइमा अनावश्यकरुपमा कलह बढेर जाने योग छ। पशु तथा चौपायाबाट घाटा बेहोर्नु पर्ने देखिन्छ । धार्मिक कार्यमा बाधा हुनाले मानसिक तनाव बढेर जाने देखिन्छ।
कर्कट राशि
पठनपाठनमा सफलता पाइने योग छ। बोलीमा मिठास छाउने छ। अधुरा कामहरू पूरा भएर जानेछन् । साथीभाइको सरसहयोगले सामाजिक उत्तरदायित्व बढेर जाने देखिन्छ।
सिंह राशि
वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। बोलीमा परिवर्तन आउने छ । शत्रु पक्षबाट तपाईंकै जीत हुने योग छ। मुद्दा मामिलामा सफलता पाइनुले सबैको प्यारो बनिनेछ।
कन्या राशि
पारिवारिक सरसहयोग पाइने योग छ । नयाँ साथीको आगमनले काममा थप लगानी बढाइनुका साथै नयाँ कार्यको थालनीसमेत गरिने योग छ। धार्मिक कार्यमा सहभागी भइनेछ।
तुला राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । शारीरिक आलस्यता बढेर जानेछ । दाजुभाइमा सानो कुरामा पनि वादविवादको सामना गर्नुपर्नेछ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।
वृश्चिक राशि
जग्गा जमिनसम्बन्धी काममा वादविवादको सामना गर्नुपर्नेछ। पशु तथा चौपायाबाट वैदेशिक कार्यबाट ह्रास आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।
धनु राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। भोजभतेरमा सहभागी हुने अवसर प्राप्त हुनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ। लेखनशैलीमा तीव्रता हुनेछ।
मकर राशि
आय आर्जनमा बृद्धि भएर जानेछ। बौद्धिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। स्वास्थ्यमा सुधार भएर जानेछ ।
कुम्भ राशि
अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ । विश्वास गरेका साथीभाइबाट धाेका पाइनेछ । आफन्तमा बहिरभाव आउनाले काममा समेत बाधा हुने हुँदा सजगताका साथ अगाडि बढ्नुहोला।
मीन
पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ। लेखन शैलीमा कमी आउने देखिन्छ ।दाजुभाइमा अनावश्यकरुपमा कलह बढेर जानुका साथै मातृ स्वास्थ्यमा समेत उत्तरचढाव आउनेछ।

November 3, 2025, Jyotishsanchar press