Ram Chandra
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाने भएका छन् । भाेलिदेखि कात्तिक २० गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा १२ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेका परराष्ट्र मन्त्रालयले जनाएकाे छ।
संयुक्त राष्ट्र सङ्घको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ। राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई भाेलि सम्बोधन गर्ने बताइएकाे छ।
सम्मेलनका दौरान राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।

November 3, 2025, Jyotishsanchar press