Gold
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको थियाे । आज साेही मूल्यमा काराेबार भइरहेकाे छ ।
यससँगै आइतबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने सामान्य बढेकाे छ । आइतबार तोलामा ३ हजार ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ५ रुपैयाँ बढेर ३ हजार ६० रुपैयाँ कायम भएको हो ।

November 3, 2025, Jyotishsanchar press