Rasifal 3
बनेपा । २०८२ साल कार्तिक २० गते बिहीबार तदनुसार ६ नोभेम्बर २०२५ । प्रतिपदा तिथी २६ घडी ३२ पला द्वितीया तिथी प्रारम्भ हुनेछ । भरणी नक्षत्र ०६ घडी ८ पला उप्रान्त कृतिका नक्षत्र प्रारम्भ हुनेछ । ब्यतिपाद योग तैतिल करण आज बिहान सूर्योदय ६:१९ मा भयो भने सूर्यास्त साँझ ५:१५ मा हुनेछ। आज बिहीबार चन्द्रमा मेष राशिमा ।
मेष राशि
बोलीको प्रभाव बढेर जानेछ । कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। अध्ययनमा सफलता पाइने योग छ। तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। पठनपाठनमा प्राप्त सफलताले मनमा खुशी छाउनेछ।
वृष राशि
जग्गा जमिनसम्बन्धी विवाद बढेर जाने देखिन्छ । पारिवारिक कलह बढेर जानेछ। लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। झुठा आरोपको सामना गर्नुपर्ने देखिन्छ । सजग रहनुहोला ।
मिथुन राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । आयमा वृद्धि हुनाले मनमा उत्साह बढेर जानेछ ।
कर्कट राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । दाजुभाइमा थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ । सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । सञ्चित धनको नाश हुने देखिन्छ।
सिंह राशि
पारिवारिक कलह बढेर जानेछ । पशु तथा पन्छीबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । अध्ययनमा बाधा आउनुका साथै विश्वास गरेका साथीभाइबाट समेत अपहेलित भइनेछ।
कन्या राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा मिठास छाउनेछ । आफन्तको सहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। मुद्दा मामिलामा तपाईंकै जित हुने देखिन्छ।
तुला राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। पतिपत्नीबीच माधुर्यता छाउने छ। पराक्रममा वृद्धि भएर जानाले मनमा खुशी छाउने छ ।
वृश्चिक राशि
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ।
धनु राशि
चोटपटकको सम्भावना बढेर गएको छ । पारिवारिक विवाद बढेर जानेछ। आर्थिक क्षेत्रमा कमी आउनुका साथै दाजुभाइमा अनावश्यकरुपमा वादविवाद बढेर जाने देखिन्छ।
मकर राशि
व्यापार व्यवसायमा राम्रै आम्दानी गर्न सकिनेछ। धार्मिक तथा सामाजिक काममा अग्रसर भइनुले सबैको प्यारो बनिनेछ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
कुम्भ राशि
आयमा वृद्धि कार्यमा प्रगति भएर जानाले मनमा खुशी छाउने छ। आकस्मिकरुपमा फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ । प्रेम गर्ने अवसर जुट्नेछ।
मीन राशि
व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ । लेखन शैलीमा कमी आउने योग छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । आफन्तमा बहिरभाव आउनाले मनमा चिन्ता बढेर जानेछ।

November 6, 2025, Jyotishsanchar press