Rasifal 3
बनेपा । २०८२ साल कार्तिक २४ गते सोमबार तदनुसार १० नोभेम्बर २०२५ । पञ्चमी तिथी ९ घडी १२ पला षष्ठी तिथी प्रारम्भ हुनेछ । पुनर्बसु नक्षत्र ४७ घडी ५५ पला उप्रान्त तिष्य नक्षत्र प्रारम्भ हुनेछ ।साध्य योग गर करण आज बिहान सूर्योदय ६:२२ मा र सूर्यास्त साँझ ५:१२ मा हुनेछ। आज सोमबार चन्द्रमा मिथुन राशिमा
मेष राशि
वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिने छ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। पारिवारिक सरसहयोगले अपुरा कामहरु पूरा भएर जानेछन्।
वृष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। आर्थिक समस्याले सताउने देखिन्छ। सञ्चित धनको नाश हुनेछ। कुरा काट्नेहरु सक्रिय रहनेछन् सजगता अपनाउनुहोला।
मिथुन राशि
मानसम्मानमा वृद्धि भएर जानेछ। लेखनशैलीमा तीव्रता आउनेछ। तरल पदार्थसम्बन्धी व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। मनमा आनन्दत्व छाउने देखिन्छ।
कर्कट राशि
पारिवारिक कलह बढेर जाने योग छ। शारीरिक अस्वस्थता बढेर जानेछ। शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ । राज्यपक्षबाट कष्टता पाइने योग छ। शत्रु पक्षबाट समेत सजग रहनुहोला।
सिंह राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछन्। दाम्पत्य जीवनमा माधुर्यता छाउनेछ। पठनपाठनमा सफलता प्राप्त हुनेछ। अध्यात्मतर्फ मन जानाले मनमा आनन्दत्व छाउनेछ।
कन्या राशि
दाम्पत्य जीवनमा कलह बढेर जाने देखिन्छ। बोलीमा कठोरता आउने देखिन्छ । दाजुभाइमा मनमुटावको सिर्जना हुनेछ ।पठनपाठनमा असफलता प्राप्त हुनाले मनमा चिन्ता बढेर जाने योग छ।
तुला राशि
आँखासम्बन्धी समस्याले सताउने छ। अनावश्यक खर्चको मात्रा बढेर स्थान परिवर्तनको योग रहेको छ। दाम्पत्य जीवनमा कलह बढेर जानाले मानसिक तनाव बढेर जाने देखिन्छ।
वृश्चिक राशि
अध्यापनमा सफलता पाइने योग छ । रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छन् ।मानसम्मानमा वृद्धि भएर जानेछ। शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ ।
धनु राशि
आयमा वृद्धि कार्यमा प्रगति भएर जानेछ । सामाजिक काममा समय व्यतीत भएर जानेछ। आकस्मिकरुपमा धनलाभ मिल्नुका साथै भोजभतेरमा समेत सहभागी भइनेछ।
मकर राशि
जग्गा जमिनसम्बन्धी कामबाट केही घाटा बेहोर्नुपर्नेछ। दाजुभाइमा अनावश्यकरुपमा वादविवादको सिर्जना हुनेछ । लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।
कुम्भ राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। झुटा आरोपको सामना गर्नुपर्नेछ। जागिरमा अपजसको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
मीन राशि
धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। नोकरीमा पदोन्नतिको सम्भावना बढेर गएको छ। अनावश्यकरुपमा चल्दै आएको वादविवादको अन्त्य भएर जानाले मनमा खुसी छाउने छ।

November 10, 2025, Jyotishsanchar press