Rasifal 3
बनेपा । २०८२ साल मार्ग ५ गते शुक्रबार तदनुसार २१ नोभेम्बर २०२५ । प्रतिपदा तिथी १६ घडी ५९ पला द्वितीया तिथी प्रारम्भ हुनेछ । अनुराधा नक्षत्र १७ घडी ३८ पला उप्रान्त ज्येष्ठा नक्षत्र प्रारम्भ हुनेछ । अतिगण्ड योग बायब करण आज बिहान सूर्योदय ६:३० मा भयो भने सूर्यास्त साँझ ५:८ मा हुनेछ। आज शुक्रबार चन्द्रमा बृश्चिक राशिमा
मेष राशि
कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ । धार्मिक तीर्थस्थलको भ्रमण गरिने योग छ। प्रेम गर्ने अवसर जुट्नेछ ।
वृष राशि
पराक्रम बढेर जानेछ । सामाजिक काममा समय व्यतीत हुनाले मनमा खुसी छाउनेछ । बोलीमा आएको मिठासले सबैको विश्वास जित्न सकिनेछ। न्यायिक कार्यमा सफलता पाइने योग छ।
मिथुन राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक कलह बढेर जानेछ। स्वास्थ्यसम्बन्धी उतारचढाव आउने देखिन्छ । विश्वास गरेका साथीभाइबाट धोका पाइनाले मनमा चिन्ता बढ्नेछ ।
कर्कट राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। साथीभाइबाट धोका पाइनुका साथै कृषि तथा चौपायाबाट घाटा बेहोर्नुपर्ने देखिन्छ।
सिंह राशि
वैदेशिक कार्यबाट लाभ लिन सकिनेछ। लेखनशैलीमा तीव्रता आउनेछ। पशुपन्छीबाट राम्रै आम्दानी गर्न सकिनेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नाले मनमा खुसी छाउनेछ।
कन्या राशि
बोलीको प्रभाव बढेर जानेछ । मातृ स्वास्थ्यमा सुधार भएर जानेछ। पठनपाठनमा सफलता पाइनुका साथै व्यापार व्यवसायमा प्राप्त सफलताले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ ।
तुला राशि
आयमा कमी आउनेछ। गुप्ताङ्गसम्बन्धी समस्याले सताउने देखिन्छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नु पर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ । सजग रहनुहोला ।
वृश्चिक राशि
तरल पदार्थबाट राम्रो आम्दानी गर्न सकिनेछ। तीर्थस्थलको भ्रमण गरिने योग छ। आध्यात्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुने देखिन्छ। आकस्मिक रुपमा धन लाभ मिल्नेछ।
धनु राशि
न्यायिक कार्यमा असफलता पाइने योग छ। यात्राको अवसर पाएतापनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। पैत्रिक सम्पत्तिमा वादविवाद आउने योग छ।
मकर राशि
व्यापार व्यवसायबाट प्रशस्त लाभ लिन सकिनेछ। पठनपाठनमा सफलता पाइने योग छ। आफन्तको सहयोगले रोकिएका कामहरू पूरा भएर जाने देखिन्छ। भौतिक साधन जोडिने योग छ।
कुम्भ राशि
मातृ स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ । वैदेशिक कार्यमा बाधा हुनुका साथै दौडधुपमा समय व्यतीत हुने योग छ । जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । सजगता अपनाउनुहोला ।
मीन राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्नेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ । विद्यामा बाधा आउनेछ ।

November 21, 2025, Jyotishsanchar press