Rasifal 2
बनेपा । २०८२ साल मार्ग ६ गते शनिबार तदनुसार २२ नोभेम्बर २०२५ । द्वितीया तिथी २२ घडी ० पला तृतीया तिथी प्रारम्भ हुनेछ । ज्येष्ठा नक्षत्र २३ घडी ४९ पला उप्रान्त मुल नक्षत्र प्रारम्भ हुनेछ। सुकर्म योग तैतिल करण आज बिहान सूर्योदय ६:३१ मा भयो भने सूर्यास्त साँझ ५:७ मा हुनेछ। आज शनिबार चन्द्रमा बृश्चिक राशिमा
मेष राशि
आफन्तबाट पर्याप्तरूपमा साथ र सहयोग पाइने योग छ। नयाँ कार्यको थालनी गरिनेछ। पठनपाठनमा सफलता प्राप्त हुने देखिन्छ।
वृष राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। फसेको धन उठ्न सक्ने सम्भावना प्रबलरुपमा बढेर गएको छ। कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन्।
मिथुन राशि
कार्यमा बाधा र आयमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ । पारिवारिक कलह बढेर जानेछ । शत्रु पक्षबाट जोगिनुपर्ने योग छ। असमानजस्य पारिवारिक वादविवादको सामना गर्नुपर्नेछ।
कर्कट राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। धनमाल जोडिन सक्ने सम्भावना बढेर गएको छ। लेखनशैलीमा तीव्रता आउने देखिन्छ। लामो दुरीको यात्राको योग रहेको छ।
सिंह राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ। गरिरहेको काममा बाधा आउने देखिन्छ। धार्मिक कार्यमा बाधा आउनुका साथै सेयर कारोबारबाट घाटा बेहोर्नु पर्ने देखिन्छ। प्रेम गर्ने अवसर जुट्नेछ भोजभतेरमा सहभागी हुने योग छ।
कन्या राशि
आयआर्जनमा वृद्धि भएर जानेछ। जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । भूमि एवं बाहनबाट लाभ लिन सकिनेछ। रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।
तुला राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा मिठास आउनेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिन्छ। पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानाले मनमा खुसी छाउनेछ।
वृश्चिक राशि
बोलीको प्रभाव बढेर जानेछ । पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानेछ। साझेदारी काममा सफलता पाइने योग रहेकाले मनमा खुसी छाउनेछ। प्रेमीप्रेमिकाबीचमा सजग रहनुहोला।
धनु राशि
धन सम्पत्तिको विषयलाई लिएर थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ । लेखनशैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ । सजग रहनुहोला।
मकर राशि
कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। लेखनशैलीमा तीव्रता आउने देखिन्छ। दाजुभाइको सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ।
कुम्भ राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारीसाधनबाट जोगिनुपर्नेछ। पठनपाठनमा बाधा आउनेछ। सामाजिक काममा उतारचढाव आउनुका साथै कुरा काट्नेहरू सक्रिय रहनेछन्। सजग रहनुहोला।
मीन राशि
वैदेशिक कार्यमा बाधा आउनेछ। अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। मानसम्मानमा आघात पुग्नेछ। पारिवारिक समस्याले सताउनुका साथै साझेदारी काममा विवाद आउने देखिन्छ।

November 22, 2025, Jyotishsanchar press