Rasifal 1
बनेपा । २०८२ साल मार्ग १९ गते शुक्रबार तदनुसार ५ डिसेम्बर २०२५ । प्रतिपदा तिथी ५० घडी ५९ पला द्वितीया तिथी प्रारम्भ हुनेछ । रोहिणी नक्षत्र १७ घडी १७ पला उप्रान्त मृगशिरा नक्षत्र प्रारम्भ हुनेछ । सिद्व योग गर करण आज बिहान सूर्योदय ६:४१ मा भयो भने सूर्यास्त साँझ ५:७ मा हुनेछ । आज शुक्रबार चन्द्रमा बृष राशिमा ।
मेष राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । दौडधुपमा समय व्यतीत भएर जानेछ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर जानेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ ।
वृष राशि
सौन्दर्यतामा मन जाने देखिन्छ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । काममा भएको लगनशीलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
मिथुन राशि
पारिवारिक कलह बढेर जानेछ। जागिरमा अवजसको सामना गर्नुपर्ने योग छ। लेखन शैलीमा कमी आउनेछ । विश्वास गरेका आफन्तबाट धोका पाइनुले मनमा चिन्ता बढेर जानेछ।
कर्कट राशि
भूमिसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। आयआर्जनमा वृद्धि भएर जानेछ। सामाजिक उत्तरदायित्व बढेर जाने देखिन्छ । आफन्तको सहयोगले काममा सफलता पाइने योग छ।
सिंह राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। मानसम्मानमा आघात पुग्ने देखिन्छ । दाजुभाइमा बहिरभाव आउनुका साथै अनावश्यक खर्चको मात्रा बढेर जानाले मनमा चिन्ता बढ्ने देखिन्छ।
कन्या राशि
यात्राको अवसर जुटेता पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ। वैदेशिक कार्यमा बाधा आउनेछ। गरिरहेको काममा अपजसको सामना गर्नु पर्दा मानसिक तनाव बढेर जाने देखिन्छ। सजग रहनुहोला ।
तुला राशि
मनमा चञ्चलता भएतापनि काममा सफलता पाइने योग छ। शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ। रमाइलोमा भेटघाट हुने योग छ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।
वृश्चिक राशि
पठनपाठनमा सफलता पाइने योग छ। लामो समयदेखि हराएको धनमाल भेटाउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। अधुरा कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।
धनु राशि
अपर्झट गरिरहेको काममा बाधा आउनेछ। पारिवारिक कलह बढेर जानेछ। शत्रुपक्षबाट जोगिनुपर्ने देखिन्छ। पितृ स्वास्थ्यमा उतारचढाव आउनुका साथै मानसम्मानमा आघात पुग्नेछ।
मकर राशि
टाउको दुख्ने तथा नशासम्बन्धी समस्याले सताउने देखिन्छ। पशु तथा चौपायाबाट घाटा बेहोर्नुपर्नेछ। सामाजिक काममा वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
कुम्भ राशि
पराक्रम बढेर जानेछ। पठनपाठनमा सफलता पाइने योग छ। बोलीमा आएको मिठासले सबैको प्यारो बनिनेछ। मानसम्मानमा वृद्धि हुनुका साथै आम्दानीका नयाँ बाटाहरू भेटिने देखिन्छ।
मीन राशि
न्यायिक तथा सामाजिक काममा सफलता पाइने योग छ। आफूले गरेका कामहरू देखेर ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ । वैदेशिक कार्यबाट लाभ लिन सकिने देखिन्छ।

December 5, 2025, Jyotishsanchar press