Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t
काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ सिनामंगलबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ ४ किलो ३ सय ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा थाई नागरिक ४० वर्षीया MISS RUSANEE KAMA, भारतीय नागरिकहरू ५५ वर्षीय XAVIER MATHEW THALIACHERY र २१ वर्षीय MURSALEN HUSSAIN रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लाओसबाट थाईल्याण्ड हुँदै काठमाडौं आएकी KAMA लाई कोकिन जस्तो देखिने पदार्थ ५ सय ५० ग्रामसहित पक्राउ गरेको हो ।
यसैगरी लाओसबाट सिंगापुर हुँदै काठमाडौं आएका THALIACHERY र उनले ल्याएको सुटकेश रिसिभ गर्न आएका HUSSAIN लाई कोकिन जस्तो देखिने पदार्थ ३ किलो ७ सय ५० ग्रामसहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

December 26, 2025, Jyotishsanchar press