Rasifal 1 1536x864 1
काठमाडौँ । २०८२ साल पौष १३ गते आइतबार तदनुसार २८ डिसेम्बर २०२५ । अष्टमी तिथी १ घडी ३० पला उप्रान्त नवमी तिथी प्रारम्भ हुनेछ । रेवती नक्षत्र ५२ घडी ४९ पला उप्रान्त अस्विनी नक्षत्र प्रारम्भ हुनेछ । बज्र योग बायब करण आज बिहान सूर्योदय ६:५५ मा र सूर्यास्त साँझ ५:१६ मा हुनेछ । आज आइतबार चन्द्रमा मीन राशिमा ।
मेष राशि
बोलीमा कठोरता आउने देखिन्छ । परिवारमा असमान्जस्य वादविवादको सामना गर्नुपर्ने योग छ। लेखन शैलीमा कमी आउने छ। शास्त्र भिन्न काममा सहभागी हुने योग छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।
वृष राशि
सामाजिक काममा समय व्यतीत भएर जानेछ। पठनपाठनमा सफलता पाइने योग छ। अधुरा कामहरु पुनः सञ्चालनमा आउने देखिन्छ। दाजुभाइको सरसहयोगले फसेको धन उठ्न सक्ने योग देखिन्छ।
मिथुन राशि
वैदेशिक कार्यमा खर्चको मात्रा बढेर जानेछ। पठनपाठनमा बाधा आउने देखिन्छ। साथीभाइबाट झुट्टा आरोपको सामना गर्नुपर्ने योग रहेको छ। मानसम्मानमा आघात पुग्ने देखिन्छ। सजग रहनुहोला।
कर्कट राशि
मुद्दा मामिलामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। वैदेशिक कार्यमा खर्च बढेर जानेछ । बौद्धिक कार्यमा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहनेछन्।
सिंह राशि
आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। न्यायिक काममा सफलता पाइने योग छ । पठनपाठनमा सफलता पाइनुका साथै मांगलिक कार्यमा सहभागी हुने अवसर जुट्नाले मनमा खुसी छाउनेछ।
कन्या राशि
फलामसम्बन्धी कामबाट राम्रै आम्दानी गरिनेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। काममा भएको लगनशीलताले सबैको प्यारो बनिनेछ। मानसम्मानमा वृद्धि भएर जानाले मनमा खुसी छाउने छ।
तुला राशि
गरिरहेको काममा बाधा आउने योग छ। शत्रु पक्षबाट जोगिनुपर्नेछ। नसासम्बन्धी समस्याले सताउने योग छ। विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मनमा चिन्ता बढेर जाने देखिन्छ।
वृश्चिक राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। सानो कुरामा वादविवादको सामना गर्नुपर्नेछ । यात्राको अवसर जुटेता पनि आयमा खर्चको मात्रा बढेर जानेछ। अनावश्यक खर्चको मात्रा बढेने देखिन्छ।
धनु राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ। साथीभाइको सहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने योग रहेको छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ।
मकर राशि
अधुरा काम पूरा भएर जानेछ । नयाँ साथीको आगमनले मनमा उत्साह बढेर जानुका साथै धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नुका साथै फसेको धन उड्नसक्ने सम्भावना बढेर गएको छ।
कुम्भ राशि
अनावश्यक खर्चको मात्रा बढेर जानेछ। सञ्चित धनको नाश हुनेछ। बोलीमा कठोरता आउनाले मनमा चिन्ता बढेर जानेछ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
मीन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। सामाजिक काममा समय व्यतीत भएर जाने देखिन्छ। न्यायिक काममा सफलता पाइने योग छ। पारिवारिक सरसहयोगले रोकिएका कामहरु सुरु हुन थाल्नेछन्।

December 28, 2025, Jyotishsanchar press