Rasifal 1 1536x864 1
२०८२ साल पौष २२ गते मंगलबार तदनुसार ६ जनावरी 2026 तृतिया तिथि ११ घडी २९ पला उप्रान्त तृतिया तिथि प्रारम्भ हुनेछ अत्लेषा नक्षत्र २३ घडी ०० पला उप्रान्त मघा नक्षत्र प्रारम्भ हुनेछ पृती योग भर करण आज बिहान सूर्योदय ६:५७ मा भयो भने सूर्यास्त साँझ ५:२२ मा हुनेछ
आज मंगलबार चन्द्रमा कर्कट राशिमा
मेष राशि
बोलीको प्रभाव बढेर जानेछ पतिपत्नीबीच माधुर्यता छाउनेछ। धार्मिक क्षेत्रको भ्रमण गरिने योग छ। लेखनशैलीमा तीव्रता आउनेछ। वैदेशिक कार्यमा लाभ मिल्नुका साथै धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।
वृष राशि
साथीभाइको सर सहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ कृषि तथा चौपाईबाट राम्रै आम्दानी गर्न सकिने योग छ। अध्यात्मतर्फ मन जानाले सबैको प्यारो बनिनेछ ।
मिथुन राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको छ। लेखन शैलीमा कमी आउने योग छ। सञ्चित धनको नाश हुनाले मनमा चिन्ता बढेर जानेछ।
कर्कट राशि
आफन्तको सहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। स्वास्थ्यमा सुधार भएर जानेछ। नयाँ साथीको आगमनले काममा थप हौसला बढेर जाने देखिन्छ।
सिंह राशि
न्यायिक क्षेत्रमा बाधा आउने योग छ। पराक्रममा कमी आउनेछ। अनावश्यक रूपमा खर्चको मात्रा बढेर जानाले मनमा चिन्ता बढेर जाने देखिन्छ। दाजुभाइमा कलह बढेर जानेछ।
कन्या राशि
शैक्षिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ। काममा सफलता प्राप्त हुनाले पराक्रममा वृद्धि भएर जानेछ। आफन्तको सहयोगले नयाँ कार्यको थालनी समेत हुने योग छ। प्रेम गर्ने अवसर जुट्नेछ।
तुला राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। आएमा कमी आउनेछ विद्यामा असफलता मिल्नाले मनमा चिन्ता बढेर जानेछ।
वृश्चिक राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् आफन्तमा झैझगडाको सामना गर्नुपर्ने योग छ। पठनपाठनमा असफलता प्राप्त हुनाले मानसिक तनाव बढेर जानुका साथै धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।
धनु राशि
बोलिको प्रभाव बढेर गएको छ। सेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। पठनपाठनमा प्राप्त सफलताले सबैको प्यारो बनिनेछ।
मकर राशि
आयआर्जनमा वृद्धि भएर जानेछ शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। अनावश्यक रुपमा चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ। स्वास्थ्यमा सुधार भएर जानाले मनमा खुसी छाउनेछ।
कुम्भ राशि
बोलीमा कठोरता आउनाले हातमा परेको धन समेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ। विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर गएको छ प्रेमी प्रेमिका बीच कलह बढ्ने छ ।
मीन राशि
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। सामाजिक काममा बाधा आउने योग छ। लेखन शैलीमा कमी आउनाले मानसिक तनाव बढेर जाने योग छ।

January 6, 2026, Jyotishsanchar press