Rasifal 1 1536x864 1
बनेपा । २०८२ साल पौष २५ गते शुक्रबार तदनुसार ९ जनवरी २०२६ । षष्ठी तिथी ९ घडी १५ पला उप्रान्त सप्तमी तिथी प्रारम्भ हुनेछ । उत्तर फाल्गुणी नक्षत्र २६ घडी ०० पला उप्रान्त हस्ता नक्षत्र प्रारम्भ हुनेछ । सोभन योग बब करण आज बिहान सूर्योदय ६:५८ मा र सूर्यास्त साँझ ५:२४ मा हुनेछ । आज शुक्रबार चन्द्रमा कन्या राशिमा ।
मेष राशि
आयआर्जनमा कमी आउने देखिन्छ । विद्यामा बाधा हुनाले मानसिक तनाव बढेर जानेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ।
वृष राशि
दुर्घटनासम्बन्धी समस्याले सताउने देखिन्छ। गरिरहेको काममा बाधा आउनेछ। विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्दा मनमा चिन्ता बढेर जानेछ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
मिथुन राशि
आयमा वृद्धि भएर जानेछ । आफन्तको सहयोगले कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिने योग छ। मुद्दा मामिलामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ ।
कर्कट राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। आकस्मिकरूपमा आम्दानी बढेर जाने देखिन्छ । भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।
सिंह राशि
मानसम्मानमा आघात पुग्नेछ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। धार्मिक कार्यमा बाधा आउनेछ।
कन्या राशि
दूग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ। लेखन शैलीमा तीव्रता आउनेछ ।सिर्जनात्मक क्षेत्रमा मन जाने देखिन्छ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुनाले मनमा खुसी छाउनेछ।
तुला राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। न्यायिक काममा बाधा आउनेछ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । साझेदारी काममा मनमुटावको सिर्जना हुनाले मनमा चिन्ता बढेर जानेछ।
वृश्चिक राशि
अधुरा काम पूरा भएर जानेछन् । स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ। लेखनशैलीमा तीव्रता आउनुका साथै नयाँ धनमाल जोडिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
धनु राशि
मातृ स्वास्थ्यमा उतारचढाब आउने देखिन्छ । बोलीमा कठोरता आउनेछ। थोरै कुरामा आर्थिक लेनदेन र विवाद बढेर जानेछ। चोटपटकको सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ । सजग रहनुहोला ।
मकर राशि
पारिवारिक कलह बढेर जानेछ। प्रशासनिक काममा बाधा आउने योग छ। जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ। पठनपाठनमा केही कमी आउने योग छ।
कुम्भ राशि
शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ। जागिरमा पदोन्नतीको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। न्यायिक काममा सफलता प्राप्त हुनाले मनमा उत्साह उमङ्ग बढेर जाने योग छ।
मीन राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। पितामाताको आशीर्वाद पाइने योग छ । हराएको धनमाल भेटाउन सक्ने सम्भावना बढेर गएको छ। काममा भएको सफलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

January 9, 2026, Jyotishsanchar press