Rasifal 1 1536x864 1
बनेपा । २०८२ साल पौष २८ गते सोमबार तदनुसार १२ जनवरी २०२६ । नवमी तिथी १८ घडी १२ पला उप्रान्त दशमी तिथी प्रारम्भ हुनेछ । स्वाती नक्षत्र ३९ घडी ३८ पला उप्रान्त बिशाषा नक्षत्र प्रारम्भ हुनेछ । धृति योग बब करण आज बिहान सूर्योदय ६:५८ मा र सूर्यास्त साँझ ५:२७ मा हुनेछ । आज सोमबार चन्द्रमा तुला राशिमा ।
मेष
पारिवारिक सरसहयोगले गरिरहेको काममा थप लगानी बढाइने योग छ। बाेलीको प्रभाव बढेर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नाले सबैको प्यारो बनिनेछ ।
बृष
अध्ययनमा बाधा आउने देखिन्छ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। वैदेशिक कार्यबाट अनि बेहोर्नु पर्दा मानसिक तनाव बढेर जाने देखिन्छ।
मिथुन
व्यापार व्यवसायमा सफलता पाइने योग छ । पठनपाठनमा वृद्धि भएर जानेछ। वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिने योग छ। लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
कर्कट
बाेलीको प्रभाव बढेर जानेछ । रोकिएका कामहरू आफन्तको सहयोगले पुनः सञ्चालनमा आउने देखिन्छ । पठनपाठनमा सफलता पाइनुका साथसाथै कृषि तथा चौपायाबाट मनग्य लाभ लिन सकिने योग छ।
सिँह
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। सजगताका साथ अगाडि बढ्नुहोला।
कन्या
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। पर्यटकीय भ्रमणको योग रहेको छ। बोलीमा मिठास छाउनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । शत्रु पक्षबाट तपाईंकै जित हुनेछ।
तुला
दुग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। पशुपंक्षीबाट लाभ मिल्ने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतित गरिने योग छ। प्रेम गर्ने अवसर जुट्नेछ।
वृश्चिक
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ । राज्य पक्षबाट समेत कष्टता पाइने हुँदा बोलीमा केही सजगता अपनाउनुपर्ने देखिन्छ ।
धन
आयमा वृद्धि भएर जानेछ । लेखन शैलीमा तीव्रता आउनेछ। आफन्तबाट प्राप्त सरसहयोगले लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ ।मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
मकर
अनावश्यकरुपमा पारिवारिक कलह बढेर जाने योग छ। अध्ययन अध्यापनमा बाधा आउने देखिन्छ। चोटपटकको सम्भावना प्रबल मात्रामा बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । अनावश्यक खर्चको मात्रा बढेर जानेछ।
कुम्भ
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ। खर्चको मात्रामा वृद्धि हुने योग छ। कुरा काट्नेहरू सक्रिय रहनेछन् । जागिरमा अपजसको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ ।
मीन
सामाजिक काममा सफलता पाइने योग छ। लेखन शैलीमा वृद्धि भएर जानेछ। भोजभतेरमा सहभागी हुने अवसर मिल्ने देखिन्छ । पठनपाठनमा प्राप्त सफलताले सबैको प्यारो बनिनुका साथसाथै ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

January 12, 2026, Jyotishsanchar press