Rasifal 3
बनेपा । २०८२ साल माघ १ गते बिहीबार तदनुसार १५ जनवरी २०२६ । द्वादशी तिथी ३३ घडी ५७ पला उप्रान्त त्रयोदशी तिथी प्रारम्भ हुनेछ । ज्येष्ठा नक्षत्र ५८ घडी ३० पला उप्रान्त मुल नक्षत्र प्रारम्भ हुनेछ । ध्रुव योग कौलव करण आज बिहान सूर्योदय ६:५८ मा भयो भने सूर्यास्त साँझ ५:२९ मा हुनेछ । आज बिहिबार चन्द्रमा बृश्चिक राशिमा ।
मेष राशि
पारिवारिक मेलमिलापले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । पठनपाठनमा सफलता पाइने योग छ । लामो दूरीको यात्राको अवसर जुट्नाले मनमा उत्साह उमङ्ग बढेर जाने योग छ।
वृष राशि
बाेलीको प्रभाव बढेर जानेछ । आयआर्जनमा वृद्धि भएर जानुका साथै भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ। धार्मिक तीर्थस्थलको भ्रमण गरिने योग रहेकाले मनमा खुसी छाउनेछ।
मिथुन राशि
स्थानीय सम्पत्तिमा वृद्धि भएर जाने देखिन्छ। आकस्मिकरुपमा धनलाभ मिल्नेछ । माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। स्वास्थ्यमा सुधार भएर जानुका साथै लेखन शैलीमा तीव्रता आउनेछ।
कर्कट राशि
न्यायिक काममा सफलता पाइने योग छ । पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत गरिने योग छ। पठनपाठनमा सफलता मिल्नुका साथै इलेक्ट्रिकसम्बन्धी काममा वृद्धि भएर जानेछ।
सिंह राशि
व्यापार व्यवसायमा राम्रै आम्दानी गर्न सकिनेछ। अधुरा कामहरू पुनः सञ्चालनमा आई पूरा भएर जाने देखिन्छ । सामाजिक काममा भएको लगनशीलताले सबैको प्यारो बनिनेछ।
कन्या राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ। रोकिएका कामहरू पूर्ण सञ्चालनमा आउनुका साथै आकस्मिकरुपमा धनलाभ मिल्ने योग छ।
तुला राशि
आयमा कमी विद्यामा बाधा आउनाले वनमा चिन्ता बढेर जाने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । माल सामान हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ।
वृश्चिक राशि
सौन्दर्यमा मन जाने देखिन्छ । पितृ स्वास्थ्यमा सुधार भएर जानेछ । जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिने योग छ । दुःखजन्य पदार्थबाट लाभ मिल्नाले मनमा खुसी छाउनेछ।
धनु राशि
कार्यमा बाधा आउने देखिन्छ । पतिपत्नीबीच थोरै कुरामा पनि ठूलै वादविवादको सिर्जना हुने देखिन्छ । अनेक प्रकारका समस्याले सताउने योग छ। पठनपाठनमा बाधा आउने देखिन्छ ।
मकर राशि
धार्मिक तीर्थस्थलको भ्रमण गरिने योग रहेको छ। लेखन शैलीमा तीव्रता आउनेछ। सामाजिक काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। प्रशासनिक काममा बाधा आउने देखिन्छ।
कुम्भ राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। अनावश्यकरुपमा वादविवाद बढेर जानेछ । पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा झैझगडाको सिर्जना हुनुपर्ने देखिन्छ।
मीन राशि
अनावश्यक खर्चको मात्रा बढेर जाने देखिन्छ। कार्यमा बाधा आउनुका साथै परिवारमा असमाञ्जस्य विवाद बढेर जानेछ । लेखन शैलीमा कमी आउनुका साथसाथै प्रेमिप्रेमिकाबीच मनमुटाव सिर्जना हुने योग छ।

January 15, 2026, Jyotishsanchar press