Rasifal 1 1536x864 1
काठमाडाैँ । ०८२ साल माघ २७ गते मंगलबार तदनुसार १० फेब्रुवरी २०२६ । अष्टमी तिथी २ घडी २४ पला उप्रान्त नवमी तिथी प्रारम्भ हुनेछ । बिशाषा नक्षत्र ४ घडी १८ पला उप्रान्त अनुराधा नक्षत्र प्रारम्भ हुनेछ । ध्रुव योग तैतिल करण आज बिहान सूर्योदय ६:४७ मा र सूर्यास्त साँझ ५:५० मा हुनेछ । आज मंगलबार चन्द्रमा बृश्चिक राशिमा ।
मेष
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। आफन्तको सहयोग प्राप्त हुने देखिन्छ। मानसम्मानमा वृद्धि भएर जानेछ। दाजुभाइको सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ ।
बृष
पारिवारिक सरसल्लाहले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । पठनपाठनमा प्राप्त सफलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
मिथुन
शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ। आयमा कमी विद्यामा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ। दाम्पत्य जीवनमा कलह बढेर जाने योग छ। बोलीमा कठोरता आउने देखिन्छ ।सजगताका साथ अगाडि बढ्नुहोला।
कर्कट
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। नशासम्बन्धी समस्याले सताउने योग छ। काममा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएकाले सजगताका साथ अगाडि बढ्नुहोला।
सिँह
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिने योग छ। वैदेशिक कार्यबाट लाभ लिने देखिन्छ । पठनपाठनमा सफलता प्राप्त गर्नुका साथसाथै भोजभतेरमा समेत सहभागी हुने अवसर जुट्नाले मनमा खुसी छाउनेछ।
कन्या
सामाजिक काममा अगाडि बढ्ने हौसला प्राप्त गर्न सकिनेछ। पारिवारिक सरसहयोग प्राप्त हुने देखिन्छ । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। कृषि तथा चौपायाबाट मनग्य लाभ लिन सकिनुका साथसाथै ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
तुला
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा कलह बढेर जानेछ। लामो दुरीको यात्राको अवसर प्राप्त भएतापनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ।
बृश्चिक
अध्ययन अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ। नयाँ योजनाहरूको शुभारम्भ गरिने देखिन्छ। बौद्धिक क्षेत्रमा अगाडि बढ्ने प्रेरणा प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने देखिन्छ।
धन
खर्चको मात्रा बढेर जानेछ। दाम्पत्य जीवनमा कलह बन्ने योग छ। वैदेशिक कार्यबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । स्थानान्तरणको योगसमेत रहेको छ । आफन्तमा बहिरभाव आउनाले मानसिक तनाव बढेर जानेछ।
मकर
पराक्रम बढेर जानेछ । बोलीमा आएको परिवर्तनले कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । पठनपाठनमा सफलता पाइने योग छ। जागिरमा पदोन्नतीको सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ ।
कुम्भ
न्यायिक काममा बाधा आउने योग छ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ । बोलीमा कठोरता आउनुका साथसाथै हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ।
मीन
मानसम्मानमा आघात पुग्नेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। आयमा कमी विद्यामा बाधा हुनुका साथसाथै कृषि तथा चौपायाबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला।

February 10, 2026, Jyotishsanchar press