Jpg 1
काठमाडौँ । रामेछापको तामाकोशीमा मंगलबार बस दुर्घटना हुँदा १२ जनाकाे मृत्यु भएकाे छ । बा प्र ०१००६ ख ९९७५ नम्बरको बस नदीमा खसेको थियो ।
मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएकाे छ । घाइते ८ जनाकाे उपचार भइरहेकाे र त्यसमध्ये ७ जनालाई उपचारका लागि काठमाडाैँ पठाइएकाे छ ।
मन्थली अस्पतालले जनाए अनुसार मृतक मध्ये ११ जनाको पहिचान खुलेको छ । जसमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बवि तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल, शिव श्रेष्ठ, रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन् ।
प्रहरीले बस चालकलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेकाे जनाएकाे छ।
February 10, 2026, Jyotishsanchar press