Earth Quake 9f36t6heas
काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ।
साँझ ७ बजेर ५९ मिनेटमा लमजुङको बनसार आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
भूकम्पको धक्का लमजुङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियाे । हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै विवरण प्राप्त भएको छैन।
गत हप्तादेखि देशका विभिन्न स्थानहरुमा साना ठूला भूकम्प गइरहेका छन् ।

February 12, 2026, Jyotishsanchar press