Arest Pakrau 1
काठमाडौँ । डाँका तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय राकेश भन्ने धावा छिरिङ तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत दोलखाको २०७४ पुस ४ गतेको फैसलाले डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तामाङ समेतलाई जनही १० वर्ष कैद र १ लाख १ सय ८९ रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-४ गोकर्णबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

February 12, 2026, Jyotishsanchar press