Arest Pakrau 1
सुनसरी । धरान उपमहानगरपालिका-१० सेवालुङ चोक बस्ने २६ वर्षीय सन्दिप राईसमेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८ ट्याब्लेट र स्पास्पेन २ सय ८ ट्याब्लेटसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी श्याम चोकबाट खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका-८ बालुवाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय अजय राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

February 13, 2026, Jyotishsanchar press