Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t
तनहुँ । देवघाट गाउँपालिका-४ बाट भरूवा बन्दुक २ थानसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ सार्वाङ बस्ने ४० वर्षीय पूर्णबहादुर गुरूङ र २४ वर्षीय अर्जुन गुरूङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मकवानपुर । ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका-३ चिसापानी बस्ने २४ वर्षीय अभि थिङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
अभिले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

February 15, 2026, Jyotishsanchar press