शुभकामना आदान प्रदान

काठमाडौ / योग धर्म मात्र नभई सबै मानवको स्वास्थ्य र एकताको सुत्र हो । यसलाई पुरा गर्न ओमकार परिवार भित्रका सबै लाग्नु पर्छ । उक्त विचार शनिवार पशुपतिमा आयोजित पतञ्जली योग समिति काठमाण्डौ तथा एघारै वटा नगर समितिको संयुक्त रुपमा आयोजना गरिएको दशैं, दिपावली, नेपाल सम्बत तथा छठको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री, सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले बताउँनु भएको हो ।

प्रमुख आतिथि थापाले योग र प्राकृतिक चिकित्साको माध्यमबाट नेपालले धेरै लाभ लिन सक्ने भएकोले सरकारको ध्यान जानु पर्ने बताउँनु भयो । कार्यक्रममा पत्रकार तथा चर्चित गायक कृष्ण कँडेल, पतञ्जली योग समितिकी अर्चना घिमिरे, सुधा कलौनी लगाएतका वक्तवहरुले योग र यसले मानव स्वास्थ्यलाई पुग्ने फाईदा बारे आआफ्नो धारणा राखेका थिए । काठमाण्डौ जिल्ला समितिका प्रभारी सुरेन्द्र रिमालको सभापतित्वमा भएको कार्यक्रममा योगी, सन्त तथा समर्थक शुभेच्छुक गरी झण्डै तीन हजारको सहभागिता रहेको थियो ।

त्यसै गरी नेपाल योग खेलकुद संघ बागमति प्रदेशको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम शनिबार काठमाण्डौंको बानेश्वरमा सम्पन्न भएको छ । संघका बागमति प्रदेश समितिका अध्यक्ष पर्शुराम आचार्यको सभापतित्वमा भएको कार्यक्रममा हालै केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुलाई बधाई ज्ञापन गर्दै संस्थाका उपाध्यक्षद्वय अर्चना घिमिरे, पूर्णचन्द्र सिग्देल, सचिव केदारनाथ बस्ताकोटी लगाएत सबैले आआफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *