Jyotish Sanchar

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका-१ घर भएकी ३६ वर्षीया कुमारी तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कुमारीले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Arest Pakrau 1

February 5, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै घटेकाे छ । आज प्रतिताेला ९ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे हाे । अघिल्लाे तीन दिन घटेकाे मूल्य पछिल्लाे दुई दिन बढेकाे थियाे । आज पुनः घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार २०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि घटेको छ । ६२० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ९८० कायम भएको महासंघले जनाएकाे छ ।

Gold

February 5, 2026, Jyotishsanchar press

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा देशको हिमाली भागमा साधारणतया बादल लागेको छ ।

पहाडी भागमा आंशिक बादल लागेको छ भने तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशका पहाडी र हिमाली भागमा मौसम मुख्यतया सफा रहने छ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ।

Mausam 11 Lbu2jteuoh

February 5, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा रहने छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ २८ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रूपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ ५० पैसा र बिक्रीदर ११३ रूपैयाँ ९८ पैसा निर्धारण गरिएको छ।

यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १९७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रूपैयाँ ७३ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १८५ रूपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रूपैयाँ ६६ पैसा कायम गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ८० पैसा र बिक्रीदर २० रूपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७८ पैसा कायम भएको छ।

थाई भाट एकको खरिददर चार रूपैयाँ ५६ पैसा र बिक्रीदर चार रूपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८८ पैसामा विनिमय हुनेछ।

Dolor

February 5, 2026, Jyotishsanchar press

काठमाडाैँ । २०८२ साल माघ २२ गते बिहीबार तदनुसार ५ फेब्रुवरी २०२६ । चतुर्थी तिथी ४८ घडी १२ पला उप्रान्त पन्चमी तिथी प्रारम्भ हुनेछ । उतर फाल्गुणी नक्षत्र ४५ घडी ०९ पला उप्रान्त हस्ता नक्षत्र प्रारम्भ हुनेछ । सुकर्म योग बयब करण आज बिहान सूर्योदय ६:५० मा र सूर्यास्त साँझ ५:४६ मा हुनेछ । आज बिहीबार चन्द्रमा कन्या राशिमा ।

मेष
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउने योग छ। बोलीमा कठोरता आउनाले मनमा चिन्ता बढेर स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ ।

बृष
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । सामाजिक काममा उतारचढाव आउनेछ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। कुरा काट्नेहरु सक्रिय रहनेछन् । प्रेमीप्रेमीकाबीच मनमुटावको सिर्जना हुनेछ।

मिथुन
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । सामाजिक काममा समय व्यतित भएर जानेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्ने देखिन्छ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ।

कर्कट
मानसम्मान पाइने योग छ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ। बोलीमा आएको मिठासले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

सिंह
अनावश्यक खर्चको मात्रा बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । सञ्चित धनको नाश हुने देखिन्छ । वैदेशिक काममा ह्रस आउनाले मनमा चिन्ता बढेर जानेछ।

कन्या
चाँदीजन्य व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। न्यायिक काममा तपाईंकै जित हुने देखिन्छ । लेखन शैलीमा तीव्रता हुनाले मनमा खुसी छाउनेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनेछन्।

तुला
पठनपाठनमा बाधा आउने देखिन्छ। विश्वास गरेका आफन्तबाट धोका पाइने योग छ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्नेछ।

बृश्चिक
राजनीतिक क्षेत्रमा तपाईंकै जित हुने देखिन्छ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह बढ्नुका साथसाथै सबैको प्यारो बनिनेछ।

धनु
विलासितामा समावेश हुनाले गरिरहेको काममा बाधा आउने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। दाजुभाइमा बहिरभाव उत्पन्न हुने योग छ। पारिवारिक कलह बढेर जाने देखिन्छ। सजगताका साथ अगाडि बढ्नुहोला।

मकर
दाम्पत्य जीवनमा कलह बढेर जानेछ । शारीरिक आलस्यता बढ्नुका साथसाथै आफूले राम्रो बोल्दा पनि अरुले नराम्रो सुन्ने योग रहेको छ। अनावश्यक परिवार विवाद बढेर जानाले मनमा चिन्ता बढ्नेछ।

कुम्भ
बाेलीको प्रभाव बढेर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ। नयाँ कार्यको थालनी हुनेछ। सामाजिक काममा समय व्यतित हुनाले मनमा खुसी छाउनुका साथसाथै भोजभतेरमा समेत सामेल हुने अवसर जुट्नेछ।

मीन
अग्र काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। आयमा वृद्धि भएर जानेछ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। पठनपाठनमा सफलता प्राप्त हुनाले मनमा आनन्दता छाउनेछ। प्रेम गर्ने अवसर जुट्नेछ।

Rasifal 1 1536x864 1

February 5, 2026, Jyotishsanchar press

पर्सा । बैंकिङ कसुर मुदाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१९ बस्ने ३२ वर्षीय अनिलकुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ५ लाख रूपैयाँ जरिवाना, २० हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र ३ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t

February 4, 2026, Jyotishsanchar press

काठमाडौँ । सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट अवैधरूपमा भन्सार छली लुकाई छिपाई लैजान लागेको करिब १ सय ग्राम तौलको सुन जस्तो देखिने धातु १ थानसहित भारतीय नागरिक ४९ वर्षीय Abu Barkat Kudrate Khoda Kazi लाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले फ्लाई दुबाईको उडानद्वारा काठमाडौँ आएका उनलाई जाँच गर्दा उनको साथबाट उक्त धातु फेला पारी पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

Arest Pakrau 1

February 4, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेकाे छ । आज प्रतिताेला १४ हजार ४०० रुपैँयाँले मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ७०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । २६५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ६०० कायम भएको महासंघले जनाएकाे छ ।

Gold Rates 1734936480

February 4, 2026, Jyotishsanchar press

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसले गर्दा बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने र बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ ।

राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

Mausam 11 Lbu2jteuoh

February 4, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । मंगलबार एकको खरिद दर १४६ रुपैयाँ १३ पैसा र बिक्री दर १४६ रुपैयाँ ७३ पैसा तोकिएको अमेरिकी डलर एकको खरिददर आज १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

Dolor

February 4, 2026, Jyotishsanchar press