राजनीति

सिन्धुपाल्चाेक । नेकपा (एमाले) सिन्धुपाल्चाेक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २, प्रदेश (ख) ले मेलम्चीमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

सो अगुवा कार्यकर्ता भेला प्रदेश सभा ( ख)का संयाेजक निर्मल बन्जाराकाे अध्यक्षता , मेलम्ची नगर कमिटी सचिव सालिकराम अधिकारीको सन्चालन, नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन परिचालन कमिटी संयाेजक हस्त पण्डितको प्रमुख आतिथ्यता र एमाले केन्द्रीय सदस्य डाेल्मा तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

भेलामा जिल्ला कमिटी उपाध्यक्ष अर्जुन भण्डारी, जिल्ला कमिटी सचिव कृष्णगाेपाल तामाङ लगायत जिल्ला कमिटी सदस्यहरु मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपाेखरी थाङ्गपाल गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको निर्वाचन परिचालन कमिटी सचिव कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

साे भेलामा परिचालन कमिटीका संयोजक हस्त पंडितले पार्टीका विरुद्ध लगाइएका भ्रमहरु चिर्दै देश जलाउनेहरुलाई पराजित गर्दै देश बनाउनेहरुलाई विजयी गराउनु एमाले कार्यकर्ताको कर्तव्य रहेको बताउनु भयो ।

भेलामा उहाँले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनमा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई विजयी गराउन कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनु भएको कार्यक्रममा सहभागी एमाले पाँचपोखरीका सचिव सुशान बोम्जनले जानकारी गराउनु भयो ।

622488702 25874472522183866 2150442730770637138 N

January 30, 2026, Jyotishsanchar press

काठमाडौँ । राष्ट्रियसभा सदस्यकाे १८ पदका लागि आइतबार सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

जसमा नेपाली कांग्रेसका ९ जना उम्मेद्वार विजयी हुँदा नेकपा एमालेले ८ स्थानमा जीत हात पारेकाे छ । यस्तै लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) ले एक स्थानमा जीत हात पारेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

याे परिणामपछि राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो दल बनेकाे छ । नेपाली कम्युनिष्ट पार्टीले कुनै जीत हात नपारे पनि विगतका १८ सिटसहित दोस्रोमा छ । त्यस्तै नेकपा एमाले ११ सिटसहित तेस्रो स्थानमा छ । राष्ट्रिय जनमोर्चाकाे १ जना सांसद छन् । राष्ट्रिय सभामा कुल ५९ सदस्य रहन्छन् । जसमा राष्ट्रपतिले ३ जना मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

Rastriya Sabha Baithak 1

January 26, 2026, Jyotishsanchar press

काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगले जनाएकाे छ । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।

त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको छ ।

Rastriya Sabha Baithak 1

January 25, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएकाे हाे ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पहिलो पटक पार्टी मुख्यालय सानेपामा बैठक राखेको छ ।

आजको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने बताइएको छ ।

Nepali Congress

January 23, 2026, Jyotishsanchar press

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दिएका उम्मेद्वारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारी फिर्ताका लागि समय दिइएको छ । आजै दिनको १ देखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ । दिउँसाे ४ बजेदेखि ७ सम्म उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबी विरोधमा उजुरी दिने अवधि तोकिएको थियो ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेद्वारी दर्ता भएको छ । गत माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता भएको थियाे । कुल उम्मेद्वारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।

Aayog

January 23, 2026, Jyotishsanchar press

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएका उम्मेद्वारको नामावली आज प्रकाशन हुँदैछ ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको विरोधमा बुधबार उजुरी दिने कार्यतालिका थियो ।

उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेद्वारी दिएका पाँच उम्मेद्वारविरुद्ध उजुरी परेको छ।

Aayog

January 22, 2026, Jyotishsanchar press

काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएका उम्मेद्वारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरेको छ ।

आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मंगलबार मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको विरोधमा आज उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

Aayog

January 21, 2026, Jyotishsanchar press

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेद्वारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेद्वारी दर्ताका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ ।

उम्मेद्वारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेद्वारहरूलाई आयोगले आग्रह गरेको छ ।

उम्मेद्वार मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा मतदाता परिचयपत्रको प्रतिलिपी अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयाेगले जनाएकाे छ ।

उम्मेद्वारले धराैटी बापत १० हजार बुझाउनु पर्नेछ । महिला, दलित, अपाङ्गता भएका नागरिक वा अल्पसंख्यक वर्गका उम्मेद्वारकाे हकमा भने ५० प्रतिशत मात्र बुझाए पुग्ने पनि आयाेगले प्रष्ट पारेकाे छ ।

Aayog

January 20, 2026, Jyotishsanchar press

काभ्रे । काभ्रेका अग्रज बामपन्थी नेता गोविन्दनाथ उप्रेतीकाे निधन भएकाे छ । उहाँकाे ८७ वर्षकाे उमेरमा साेमबार निधन भएकाे हाे । नेकपा एमालेबाट लामाे समय राजनीति गर्नुभएका उहाँ पूर्व श्रम राज्यमन्त्रीसमेत हुनुहुन्थ्याे । काभ्रेको भुम्लु गाउँपालिका उहाँकाे स्थायी घर हाे । पुराना कम्युनिष्ट नेता उप्रेती तीन पटक सांसद हुनुभयो ।

कुनै बेला उप्रेती काभ्रे जिल्लाको रातो बाघको रूपमा परिचित हुनुहुन्थ्यो । खासगरी काभ्रेको कोशीपारी क्षेत्रको विकासको पर्याय मानिनुहुथ्यो उप्रेती । हक्की र स्वाभिमानी स्वभावका उप्रेती जनताका समस्यालाई आफूसँग जोड्नु हुन्थ्यो । नागरिकका पीडालाई आफ्नो पीडा ठान्नुहुन्थ्यो ।

काभ्रेको कोशीपारी क्षेत्रमा सडक निर्माणमा उहाँको ठूलो योगदान छ । उहाँले त्यस क्षेत्रमा सडक अभियान नै चलाउनुभयो । त्यसैले गाउँ गाउँमा सडक पुगे । दुर्गम मानिने कोशीपारीका गाउँ सुगम बने ।

गोविन्दका सन्तान थिएनन् । श्रीमतीको पनि केही वर्षअघि निधन भयो । त्यसपछि कुनै जमानाका काभ्रेली जनताका ढुकढुकी गोविन्द एक्लो हुनुहुन्थ्याे । विसं २०२५ सालदेखि राजनीतिमा लाग्नुभएका उप्रेती पछिल्लाे समय कम्युनिष्टहरु फुटेकाप्रति चिन्तित हुनुहुन्थ्याे ।

उहाँ ०४८ र ०५१ सालका निर्वाचनहरुमा तत्कालिन काभ्रे क्षेत्र नम्बर ३ र ४ बाट एमालेका तर्फबाट उम्मेद्वार हुनुभयाे । उहाँका प्रतिश्पर्धीमा नेपाली कांग्रेसबाट राजेन्द्र खरेल हुनुहुन्थ्याे । पछि ०५६ सालमा वामदेव गाैतमले एमाले फुटाएर माले गठन गर्दा उप्रेती मालेमा लाग्नुभयाे र चुनाव लड्नुभयाे । याे पटक भने उहाँ पराजित हुनुभयाे । त्यस यता उहाँले ०६४ सालकाे संविधान सभा निर्वाचनमा स्वतन्त्रबाट उम्मेद्वारी दिनुभएकाे थियाे ।

पछिल्लाे समय उहाँ फाेक्साेसम्बन्धी राेगबाट पीडित हुनुहुन्थ्याे । उहाँलाई तीन वर्षदेखि बाँच्ने साहारा अक्सिजन नै थियाे । राजनीतिक जीवन जे जस्ताे भए पनि काभ्रे र विशेषगरि काेशीपारीकाे विकासमा उहाँकाे याेगदान उल्लेखनिय छ । जसलाई आमनागरिकले कहिले पनि बिर्सने छैनन् ।

Screenshot 2026 01 19 083008

January 19, 2026, Jyotishsanchar press

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन् । उनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

उनले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम आजदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । आफू मेयर पदमा रहँदा नगरवासीको हितका लागि काम गरेको उनकाे राजीनामा पत्रमा उल्लेख छ।

‘यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक काम गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु,’ उनले भनेका छन्।

बालेन अब सक्रिय राजनीतिमा प्रवेश गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा आगामी निर्वाचनमा सहभागी हुँदैछन् । उनले झापा-५ बाट उम्मेद्वारी दिने तयारीसमेत गरेका छन् ।

Balen

January 18, 2026, Jyotishsanchar press