Month: March 2024

प्रमोद भट्टराई

नेपाल शान्ति क्षेत्र भनिए सगै आगामी चैत्र २३ र २४ गते लुम्बिनीमा ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४’ आयोजना हुने भएको छ ।सो सम्मेलनको जानकारि शुक्रवार होटल अम्बस्टरमा पत्रकारहरु माझ बताइएको छ
        चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् नेपालको आयोजनामा ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४’ आयोजना हुने पत्रकार सम्मेलन मार्फत् शुक्रबार जानकारी गराइएको छ ।
           पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार महोत्सवका लागि नेपाल ओभरसिज चाइनिज एसोसिएसन, लुम्बिनीस्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एसोसिएसनको सहआयोजना रहने बताइएको छ  लुम्बिनी महोत्सवको अवसरमा लुम्बिनीमा शान्ति म्याराथन, योगा र लुम्बिनी शान्ति कन्सर्ट गरी तीनवटा कार्यक्रम हुनेछन् ।
      लुम्बिनीलाई ’विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्य’ को रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन र स्थान दिनका लागि यो कार्यक्रम केन्द्रित रहने प्रेस नोटमा उल्लेख छ । कार्यक्रमले नेपाल र चीनबीचको जनस्तरमा सद्भाव र न्यानो सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

प्रेस नोटमा दिइएको जानकारी अनुसार दुई दिनसम्म हुने कार्यक्रम विश्व सम्पदा स्थल परिसरमा हुनेछ । चैत्र २४ गते योग दिवस भएकाले योगा गराउने र साँझ ’विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस’ को अवसरमा वार्ता कार्यक्रम आयोजना हुनेछ ।
भोलिपल्ट बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्क्वायरमा सुरू भई समापन हुनेछ । म्याराथनमा शीर्ष १० भित्र पर्ने खेलाडीलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यस्तै, हाफ म्याराथनमा शीर्ष तीनमा रहने महिला र विद्यार्थीलाई छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । सर्वसाधारणबाट एक पुरुष र महिलालाई पनि पुरस्कारको व्यवस्था गरेको छ । म्याराथनका लागि कुल १९ लाख १५ हजार रूपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । म्याराथनका लागि विधा छुट्याएको छ । जहाँ म्याराथन, हाफ म्याराथन, ओपन, स्कुललगायत समूह छुट्याइएको छ ।
यस कार्यक्रमले लुम्बिनीको प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने लुम्बिनी क्षेत्र विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले बताए ।
 

बास्डोल् बाट बनेपा आउदै गरेको बस दुर्घटना भएको छ। 
       बाँसडोल थुम्का स्थितमा बाँसडोल बाट बनेपा तर्फ आउदै गरेको बा २ ख ९४५६ न.को बस आफैअनियन्त्रीत भई शिव प्रसाद ज्ञावलीको साढे दुई तल्ला पक्की घर को गेटमा ठक्कर दिदा बसमा सवार जम्मा ३० जना सवार मध्ये १२ जना घाईतेहरु लाई उपचारको लागि शिरमेमोरीयल अस्पताल बनेपा पठाएको बस घटना स्थलमानै रहेको घरको अगाडिको भाग क्षेति भएको छ ।घरमा रहेको मानिस लाई केहि पनि नभएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ

बहल्टारेश्वर मन्दिर निर्माणार्थ श्रीमद भागवत महापुराण सप्ताह धन धान्याञ्चल महायज्ञ लगाइने भएको छ ।
श्री जन चेतना युबा समूह को आयोजनामा धुलिखेल नगर पालिका ८ बडाल गाउमा अबस्थित बहल्टारेस्वर मन्दिरमा यहि चैत्र १७ गतेदेखी २४ गते सम्म श्रीमद भागवत महापुराण सप्ताह धन धान्याञ्चल महायज्ञ आयोजना गर्न लागिएको जानकारी आज एक पत्रकार सम्मेलन मार्फत गराइएको छ । कार्यक्रममा युबाबाचक त्रय प बिष्णुहरी बडल प रामहरी बडाल र प सुदर्शन बडालले बाचन गर्नु हुनेछ भने कार्यक्रम को समुद्घाट्न मुक्तिनाथका पिठाधिस १००८ स्वामी कमलनयनाचार्यले गर्नु हुने सप्ताह मुल आयोजक समितिका सह संयोजक अच्युत बडालले जानकरी दिनु भएको छ ।


मिति २०८० साल चैत ११ गते आइतबार फाल्गुनशुक्ल चतुर्दशी तिथि विहान ९ / ५६ बजेसम्म त्यस उप्रान्त पूर्णिमा तिथि आरम्भ हुने भएकोले यो दिन पूर्णिमा व्रतको साथै पहाडमा होलि र १२ गते फागुपूर्णिमा ,तराईमा होलि हो।होली विशेष फागु खेल्ने किन बुझ्नु पर्दछ।होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो ।हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ ।होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो ।हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए ।हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए ।आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन ।त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए ।एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो ।दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन ।त्यसपछि भगवानले बिभुत लगाई दिनु भएकोले होलि खेल्न थालियो।असत्य माथि सत्यको जित भएकोले होलि खेल्न थालिएको हो।होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ।
होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो ।इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ ।नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ।भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा स्थित ईसापूर्व ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।त्यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ ।होली रङ्गहरूको चाड हो ।होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ ।होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ ।राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् ।युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् ।भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् ।यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
पं-बालमुकुन्द देबकोटा


कस्तो पानी पिउनकोलागी योग्य हुन्छ ?
आज मिती २०८० साल चैत ९ गते शुक्रबार जल(पानी) दीवस हो।यो १९९३ देखी अन्तराष्ट्रीय जल दीवस मनाउन थालिएको हुनाले “water is life save it.”(पानी जिवन हो।यसको सदुपयोग गरौं)
दिवार्करश्मि सम्पृष्टं रात्रौ नक्षत्रभासितै
सन्ध्ययोश्च तथोभाभ्यां पवित्रं जलमुच्यते।
अर्थात् – दिनमा सूर्यको किरण ,रात्रिमा चन्द्रमाको किरण र सन्ध्याकालमा दुवै किरणले स्पर्श गरेको जल अति उत्तम मानिन्छ।जुन जलमा सूर्यको किरणको स्पर्श परेको हुँदैन ,त्यस्तो जल स्वच्छ भएपनि कफ प्रकोप उत्पन्न गर्नेवाला हुन्छ।त्यस्तो जल पिउनुपर्योभने उमालेर चिसो बनाई प्रयोगगर्नु स्वस्थकर हुन्छ ,यस रीतिले पिएको खण्डमा श्वास रोग ,ज्वरो ,कफ तथा वात दोष ,अपच र अजीर्णलाई नाश गर्दछ।
पं-बालमुकुन्द देवकोटा

काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ । कलेज अफ डेण्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा ४ सय जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको कलेजले जनाएको छ ।
शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई दाँत तथा मुखको स्वास्थ्य सचेतना समेत दिइएको छ । विद्यार्थीहरुलाई दाँत तथा मुखको सरसफाई, स्याहार कसरी गर्ने भन्ने सचेतना दिइएको हो । कलेजको सामुदायिक तथा सार्वजनिक स्वास्थ्य दन्त विभागका डाक्टर दीपक ठाकुरले बालबालिकाहरुको दाँत र मुख संवेदनशील हुने भएकोले समयसमयमा चिकित्सकबाट स्वास्थ्य जाँच गराउनु पर्ने बताए ।
सामुदायिक स्वास्थ्य सेवामार्फत आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको कलेजले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालन गरिएको शिविरबाट गरिब, विपन्न तथा अस्पतालसम्मको पहुँच नपुगेका नागरिक बढी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रथम पटक सुचना प्रकाशित मिति २०८०/१२/५

यस कार्यालयको चालु आ.व.२०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत तपसिल बमोजिमको क्रियाकालापहरु संचालन
गर्नु पर्ने भएकोले इच्छुक व्यक्ति/समूह/सहकारी/विद्यालय/वन पैदावारमा आधारित उधमहरुले यो सूचना प्रकाशित मितिले ३०
(तीस) दिन भित्र आवश्यक कागजातहरु सहित यस कार्यालयमा निवेदन पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ |

तपसिल

  1. वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशबाट स्वीकृत कार्यक्रम
    राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम तर्फ:
    सि.नं क्रियाकलापको नाम एकाई परिमाण बजेट
    (रु.लाख

निवेदन पेश गर्ने पाउने निकायहरु

१. बाझो तथा खालि जमिनमा जडिबुटी तथा
गैह्रकाष्ठ वन पैदावार खेति विस्तार

प्याकेट १ ५ निजि वन धनी/कबुलियती वन उपभोक्ता
समूह, सामुदायिक वन उपभोक्ता समूह

  1. वन तथा वातावारण मन्त्रालय (संघ शसर्त अनुदान)
    १. जडिबुटी बिकास कार्यक्रम
    सि.नं क्रियाकलापको नाम खर्च शिर्षक एकाई परिमाण बजेट
    (रु.लाख)
    निवेदन पेश गर्ने पाउने निकायहरु

१. पकेट क्षेत्रमा जडिबुटी खेति
विस्तार

३११५९ पटक १ १२ कृषक, जडिबुटी व्यवसायी, जडिबुटी फर्म, उद्धम, कबुलियती वन

उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता समूह

२. जडिबुटी विरुवा उत्पादन
तथा खेति किस्तार

३११५७ पटक १ ६ कृषक, जडिबुटी व्यवसायी, जडिबुटी फर्म, उद्धम, कबुलियती वन

उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता समूह

  1. निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु:
     समूह/सहकारी/वनपैदावारमा आधारित उधम दर्ताको प्रमाण पत्र, PAN/VAT को प्रमाणपत्रको छायांकपी
     निजीको हकमा जग्गाधनी प्रमाण पुर्जा, नागरिता र तिरो तिरेको रसिदको छायाँकपि
     सामुदायिक वन उपभोक्ता समूह/ कबुलियती वन उपभोक्ता समूहको हकमा सामुदायिक वन उपभोक्ता समूह/कबुलियती वन
    उपभोक्ता समूहको कार्ययोजनाको नविकरण भएको हुनुपर्ने, सामुदायिक वनको स्वीकृत कार्ययोजनामा यस सम्बन्धि व्यवस्था
    भएको हुनुपर्ने, साधारण सभाबाट निर्णय भएको हुनुपर्ने र आ.व. २०८०/८१ को वार्षिक लेखा परिक्षण प्रतिवेदन तथा वार्षिक
    प्रगति प्रतिवेदन |
     माग निवेदन (वृक्षारोपण गरिने प्रजाति, संख्या , जग्गाको क्षेत्रफल, वृक्षारोपणको उदेश्य खुलेको )
     सम्बन्धित स्थानीय तह/वडा कार्यालयको सिफारिस
     सम्बन्धित सव-डिभिजन वन कार्यालयको सिफारिस
  2. निवेदन पेश गर्दा निवेदकको नाम, ठेगाना, सम्पर्क नं. र क्रियाकलाप समेत स्पष्ट उल्लेख गर्नु पर्ने छ |
  3. निवेदन पेश गर्ने अन्तिम मिति र समय: २०८१/०१/०६ गते कार्यालय समय सम्म |
  4. निवेदन पेश गर्ने निकाय स्थान: डिभिजन वन कार्यालय, काभ्रेपलाञ्चोक, धुलिखेल
  5. थप जानकारीको लागि डि.व.का. काभ्रेपलाञ्चोक र सम्बन्धित सव-डिभिजन वन कार्यालयमा सम्पर्कको लागि अनुरोध छ
    (सम्पर्क नं. ०११४८०१७५, ९७६२८८८८८६)

काठमाडौँ । ४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । सलूनका सञ्चालक एंव मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधि
कारीको प्रमुख आतिथ्यतामा,बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै मेयर अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक गौतमलाई बधाई एंव शुभकामना व्यक्त गरे । उनले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईले शुभकामना दिदै सञ्चालक गौतमको उज्वल भविष्यको कामना गरे । उनले गौतम प्रतिभाका धनी रहेको र धेरैलाई रोजगार प्रदान गरेको भन्दै प्रशंसा गरे ।
त्यसैगरी हरि निरौला ‘कक्रोज’ले सञ्चालक गौतमको प्रशंसा गर्दै मेकअप आर्टिस्ट गौतमको मेहनत र संघर्षले यो स्थानसम्म आइपुगेको भन्दै चर्चा गरे । कार्यक्रममा कलाकार दीपक आचार्य ‘काकु’, सागर लम्साल बले, सुबोध गौतम ‘एकदुमे’, भरतमणि पौडेल,सुरक्षा इटानि, रश्मी पाण्डे, पवन खतिवडा, नवीन थापा, नव नवीन खतिवडा, पुरुषोत्तम आचार्य, बबिन राई, असोक धिताल, कुमार प्रयास, गोकुल अधिकारी लगायतका कलाकारले शुभकामना मन्तव्य राखेका थिए ।
सभापतित्वको रुपमा बोल्दै सञ्चालक बिक्रम गौतमले आफु ड्राइभर बन्न काठमाडौँ आएको बताउदै बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलून स्थपना कालदेखी हालसम्मको संघर्षको कुरा सुनाए । कार्यक्रममा कलाकार,पत्रकार,समाजसेवी एंव विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

श्रोत प्रभातफेरि