Month: August 2024

२०८१/०५/१६ गतेको दैनिक राशिफल

मेष राशि

मानसम्मान पाइने योग छ बोलीमा सुधार आउने छ भौतिक साधनमा वृद्धि भएर जानेछ। रोकिएका कामहरू पूरा भएर जानेछन् माङ्गलिक कार्यमा प्रगति भएर जानेछ भएर जानेछ।

वृष राशि

आएमा वृद्धि भएर जानेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ सरकारी जागिरको योग रहेको छ। उच्च अधिकारीबाट सहयोग मिल्ने देखिन्छ व्यापारमा वृद्धि भएर जानेछन्न ।

मिथुन राशि

बोलीमा कठोरता आउनेछ आयआर्जनमा कमी आउने देखिन्छ। आफन्तमा मनमुटावको सृजना हुने देखिन्छ साझेदारी कार्यमा भने केही विवादको सामना गर्नुपर्ने देखिन्छ।

कर्कट राशि

पशु चौपायाबाट आम्दानी बढेर जानेछ। शैक्षिक कार्यमा वृद्धि भएर जानेछ। लामो दूरीको यात्राको अवसर जुट्नेछ। साथीभाइबाट सरसहयोग मिल्नाले कार्यमा थप ऊर्जा मिल्ने देखिन्छ।

सिंह राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ आफन्तमा बहिरभाव उत्पन्न हुने देखिन्छ। विश्वास गरेकोबाट धोका हुनेछ मआएमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।।
।।

कन्या राशि

साझेदारी कार्यमा वृद्धि भएर जानेछ विद्याक्षेत्रमा सफलता मिल्नेछ। धार्मिक कार्यमा सहभागी भइनेछ। नोकरीमा पदोन्नतिको सम्भावना बढेर गएको छ। पारिवारिक सहयोग मिल्नेछ

तुला राशि

दैनिक कार्यमा प्रगति भएर जानेछ बोलीमा आएको सुधारले मनमा उत्साह बढेर जानेछ। आफन्तको सरसहयोग मिल्नाले मनमा उत्साह बढेर जाने देखिन्छ प्रशासनिक कार्यमा सफलता मिल्ने देखिन्छ??

वृश्चिक राशि

चटपटकको सम्भावना बढेर गएको छ स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला अनैतिक कार्यमा आकर्षण भइनेछ। पारिवारिक कलह बढेर जानेछ।

धनु राशि

आर्थिक क्षेत्रमा सुधार भएर जानेछ साथीभाइबाट सहयोग मिल्नाले मनमा खुसी छाउनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ स्वास्थ्यमा सुधार भएर जानेछ।

मकर राशि

माङ्गलिक कार्यमा सहभागी भइनेछ आर्थिक क्षेत्रमा वृद्धि भएर जानेछ। दाम्पत्य जीवनमा सुख छाउनेछ। न्यायिक क्षेत्रमा तपाईंकै जित हुने देखिन्छ प्रशासनिक कार्यमा सुधार भएर जानेछ।

कुम्भ राशि

उच्च व्यक्तिबाट सहयोग मिल्नेछ व्यवसायमा वृद्धि भएर जानेछ। सन्तानबाट सरसहयोग मिल्नेछ। मान्यजनबाट प्रशंसा गर्न थाल्नेछन् शत्रु पक्षबाट तपाईँ कै जितहुने देखिन्छ।

मिन राशि

कार्यमा बाधा आएमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। विद्या क्षेत्र अधुरै रहनेछ बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्छ सजग रहनुहोला।

मेष राशि

अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ शैक्षिक कार्यमा प्रगति भएर जानेछ। धर्मकर्मतर्फ मन जाने देखिन्छ। पराक्रम बढेर जानेछ। यात्राको अवसर जुड्नेछ। बोलीको प्रभाव बढेर जानेछ।

वृष राशि

अध्ययन अध्यापनमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट मनज्ञ लाभ लिन सकिनेछ। मानसम्मान प्राप्त हुनेछ धार्मिक तीर्थयात्राको योग रहेको छ। माङ्गलिक कार्यमा सहभागी भइनेछ।

मिथुन राशी

व्यथैमा झैझगडाको सामना गर्नुपर्नेछ बोलीमा कठोरता आउनेछ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ। लेनदेनमा विवादको सामना गर्नुपर्नेछ। आर्थिक क्षेत्रमा रास आउनाले चिन्ता बढेर जानेछ।

कर्कट राशि

मानसम्मान प्राप्त हुनेछ नोकरीमा पदोन्नतिको सम्भावना बढेर गएको छ वादविवादको अन्त्य भएर जानेछ। बोलीमा आएको सुधारले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।

सिंह राशि

आयआर्जनमा कमी आउनेछ शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ आफन्तमा बहिरभाव उत्पन्न हुनाले मनमा खिन्नता छाउने छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ।

कन्या राशि

आयआर्जनमा वृद्धि भएर जानेछ। कार्यमा उन्नति प्रगति भएर जानेछ। माङ्गलिक कार्यमा सहभागी भइनेछ। खाद्य सामग्रीबाट मनज्ञ लाभ लिन सकिनेछ। शैक्षिक क्षेत्रमा उन्नति भएर जानेछ।

तुला राशि

झुटा आरोपको सामना गर्नुपर्नेछ कुरा काट्नेहरू सक्रिय रहनेछन् अनावश्यक वादविवादको सामना गर्नुपर्नेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। पशु चौपायबाट समेत हानि हुने देखिन्छ।

वृश्चिक राशि

अध्ययन अध्यापनमा बाधा आउनेछ। कृषि चौपायबाट हानि हुनेछ पारिवारिक समस्याले सताउनेछ अर्काको गल्तीको सजाय आफूले भोग्नुपर्नेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन्।

धनु राशि

सामाजिक कार्यमा समय व्यतीत हुनेछ। न्यायिक क्षेत्रमा तपाईंकै जित हुने देखिन्छ। रोकिएका कामहरू सुचारु हुने देखिन्छ। भौतिक साधनको उपभोग गरिने योग छ लेखन शैलीमा तीव्रता आउने देखिन्छ।

मकर राशि

व्यापार व्यवसायमा लाभ लिन सकिनेछ स्थायी सम्पत्ति प्राप्त हुने योग रहेको छ। अनावश्यक विवादको अन्त्य भएर जानेछ। पराक्रम बढेर जानेछ। बोलीमा सुधार भएर जानेछ।

कुम्भ राशि

काम काममा बाधा आउने छ। खर्चको मात्रा बढेर जानेछ। अनावश्यक यात्राको अवसर जुटेता पनि विवादको सामना गर्नुपर्नेछ। स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्‍याउनुहोला । आकस्मिक पारिवारिक समस्याले सताउनेछ।

मीन राशि

दाम्पत्य जीवनमा उत्साह बढेर जानेछ नयाँ कार्यको थालनी हुनेछ। रोकिएका कामहरू सुचारु भएर जानेछ। सामाजिक क्षेत्रमा लाभ मिल्नेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।

मेष राशि

पराक्रम बढेर जानेछ बोलीको प्रभाव बढेर जानेछ मानसम्मान बढ्ने देखिन्छ आएमा वृद्धि हुनुका साथै पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनुका साथै विद्या क्षेत्रमा सफलता मिल्ने देखिन्छ।

वृष राशि

आएमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ । साथीभाइबाट आलोचित हुनुपर्नेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ। कृषि क्षेत्रमा रास आउने देखिन्छ।

मिथुन राशि

कृषि क्षेत्रबाट मनज्ञ आम्दानी गर्न सकिनेछ। सामाजिक कार्यमा समय व्यतीत हुने देखिन्छ जागिरमा पदोन्नतिको सम्भावना रहेको छ मान सम्मान प्राप्त हुनाले मनमा खुसी छाउनेछ।

कर्कट राशि

आर्थिक क्षेत्रमा रास आउनेछ। धनमाल हराउन सक्छ काममा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ। विश्वास गरेकाबाट धोका हुने देखिन्छ प्रेमी प्रेमिका बीच मनमुटावको स्थिति सिर्जना हुनेछ।

सिंह राशि

बोलीको प्रभाव बढेर जानेछ। मातापिताको सरसहयोगले मनमा उत्साह बढ्नुका साथै नयाँ कार्यको समेत थालनी हुने देखिन्छ। लेखन शैलीमा तीव्रता आउने देखिन्छ प्रेम गर्ने अवसर जुट्नेछ।

कन्या राशि

परिश्रमबाट मात्र कार्यमा सफलता प्राप्त हुनेछ। जग्गा जमिनबाट लाभ लिन सकिनेछ व्यापार व्यवसायमा सफलता प्राप्त हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ। विद्या क्षेत्रमा उन्नति भएर जानेछ।

तुला राशि

आर्थिक लाभ लिन गाह्रो पर्नेछ। गरिरहेको काममा अवरोध आउने देखिन्छ। स्थानान्तरणको योग रहेको छ। दाम्पत्य जीवनमा उतारचढाव आउने देखिन्छ किनबेचमा बाधा आउनेछ।

वृश्चिक राशि

स्थायी सम्पत्ति प्राप्त हुने योग छ मान्यजनबाट सरसहयोग प्राप्त हुने योग छ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। अध्ययन अध्यापनमा सफल हुनाले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।

धनु राशि

अधुरा काम पूरा भएर जानेछ विपरीत लिङ्गीमा आकर्षित भइनेछ। अध्ययन अध्यापन क्षेत्रमा सफल भइनेछ। बोलीको प्रभाव बढेर जानेछ। सेयर बजारबाट मनज्ञ आम्दानी गर्न सकिनेछ।

मकर राशि

बोलीको प्रभाव बढेर जानेछ स्थायी सम्पत्ति प्राप्त हुने योग रहेको छ। आफन्तबाट सरसहयोग मिल्नाले मनज्ञ आम्दानी गर्न सकिनेछ।

कुम्भ राशि

व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। बोलीमा कठोरता आउनेछ। पारिवारिक कलह बढेर जानाले मनमा चिन्ता बढ्ने योग रहेको छ। कृषि चौपायबाट घाटा बेहोर्नुपर्ने देखिन्छ।

मीन राशि

आफन्तको सहयोग मिल्नेछ आयमा वृद्धि कार्यमा प्रगति हुनुका साथै बोलीको प्रभाव बढेर जानेछ। शैक्षिक क्षेत्रमा प्रगति भएर जानेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।

मेष राशि

झुट्टा आरोपको सामना गर्नुपर्नेछ ।आयमा कमी आउनेछ। बोलीमा कठोरता आउनेछ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ। आकस्मिक पारिवारिक समस्याले सताउनेछ। आफन्तबाट धोका हुने देखिन्छ।

वृष राशि

मान सम्मान प्राप्त हुनेछ लामो समयदेखि चल्दै आइरहेको विवादको अन्त्य हुनेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ। माङ्गलिक कार्यमा सहभागी भइनेछ। विद्या क्षेत्रमा सफल हुने योग रहेको छ।

मिथुन राशि

कार्यमा बाधा आउने देखिन्छ। लेनदेनमा विवादको सृजना हुनेछ। पारिवारिक कलह बढेर जानाले मनमा चिन्ता बढ्नेछ। पैत्रिक सम्पत्तिमा विवादको सामना गर्नुपर्ने देखिन्छ। सजगताका साथ अगाडि बढ्नुहोला।

कर्कट राशि

आकस्मिक धनलाभ हुने देखिन्छ आयमा वृद्धि कार्यमा प्रगतिको योग रहेको छ व्यवसायमा सफलता प्राप्त हुनेछ। पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ।

सिंह राशि

स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्‍याउनुहोला शारीरिक आलस्यता प्राप्त हुनेछ कुरा काट्नेहरू सक्रिय रहनेछन् आफन्तमा बहिरभाव आउनाले कार्यमा बाधा आउने देखिन्छ।

कन्या  राशि

व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ ।
अर्काले गरेका गल्तीको आफूले सजाय भोग्नुपर्ने देखिन्छ। सरकारी पक्षबाट जोगिनुपर्नेछ। बोलीमा कठोरता आउने
देखिन्छ।

तुला राशि

आए आर्जनमा वृद्धि भएर जानेछ । व्यापारिक क्षेत्रबाट मनज्ञ लाभ लिन सकिनेछ। कृषि क्षेत्रमा सोचेभन्दा बढी आयात गर्न सकिनेछ भने बोलीमा मिठास आउनेछ।

वृश्चिक राशि

स्थायी सम्पत्तिबाट लाभ लिन सकिनेछ वैदेशिक कार्यमा सफलता मिल्नेछ। कृषि चौपायबाट  मनग्य लाभ मिल्नुका साथै वाद विवादको अन्त्य भएर जाने देखिन्छ। आफन्तको सहयोग मिल्नेछ।

धनु राशी

पारिवारिक कलह बढेर जानेछ। आकस्मिक खर्चको मात्रा बढ्ने देखिन्छ। कार्यमा अनेक किसिमका वाधा आउने छ। शत्रुपक्षबाट जोगिनु पर्ने देखिन्छ। अनावश्यक यात्राको योग रहेको छ।

मकर राशी

न्यायीक कार्यमा हानी हुने देखिन्छ । शरिरमा आलश्यता उत्पन्न हुनेछ। कृषि चौपायबाट हानी हुनुका साथै झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ । मान सम्मानमा आघात पुग्ने देखिन्छ।

कुम्भ राशी

अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाईने योग छ । लेखन शैलीमा तिब्रता आउनेछ। हराएका धनमाल भेटिनेछ। बोलिमा सुधार भएर जाने देखिन्छ । कृषक वर्गका लागि आजको दिन राम्रो मान्न सकिने छ।

मीन राशी

स्थायी सम्पत्तिमा सफलता मिल्नेछ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। मान्यजनबाट हौसला प्राप्त हुने देखिन्छ। शैक्षिक कार्यमा सफलता मिल्नाले सबैको प्यारो बनिनेछ।

मेष
व्यर्थैमा झगडाको सामना गर्नुपर्नेछ आएमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। कुरा काट्नेहरु सक्रिय रहनेछन् साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ ।
बृष
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आयआर्जनमा वृद्धि भएर जानेछ। व्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ। रोकिएका कामहरू पूरा भएर जानेछन्। आकस्मिक धनलाभ मिल्ने देखिन्छ ।
मिथुन
झुटा आरोपको सामना गर्नुपर्नेछ काममा बाधा आउनेछ। आयआर्जनमा कमी हुनुका साथै लेनदेनमा विवादको सामना गर्नुपर्ला मानसिक तनाव बढेर जाने देखिन्छ सजगताका साथ अगाडि बढ्नुहोला।

कर्कट
अधुरा काम पुर्‍याउनुका साथै आफन्तको सरसहयोग मिल्नाले मनमा खुसी छाउनेछ। ठूला व्यक्तिको प्रशंसनीय भइनेछ। धर्म कर्मतर्फ मन जाने देखिन्छ दाम्पत्य जीवनमा माधुर्यता छाउनेछ।
सिह
कार्यमा बाधा आउनेछ साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। सञ्चित धनको नाश हुनेछ। बोलीमा कठोरता आउनाले हातमा परेको धन समेत उम्कन सक्छ।
कन्या
वादविवादको सामना गर्नुपर्नेछ यात्रामा बाधा आउने देखिन्छ शत्रु पक्षबाट जोगिनुपर्नेछ। लेनदेनमा विवादको सामना गर्नुपर्नेछ व्यापार व्यवसायमा कमी आउनेछ।
तुला
आयआर्जनमा वृद्धि भएर जानेछ बोलीमा माधुर्यता छाउनेछ। रोकिएका कामहरू पूरा भएर जानेछन् सामाजिक कार्यमा समय व्यतित हुने देखिन्छ। न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ ।
वृश्चिक
पराक्रम बढेर जानेछ स्वास्थ्यमा सुधार हुनेछ वैदेशिक कार्यमा सफलता मिल्नेछ। अध्ययन अध्यापनमा लाभ मिल्नुका साथै पारिवारिक सरसयोगले नयाँ कार्यको थालेन हुने देखिन्छ।
धन
अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ। बोलीमा आएको माधुर्यताले ठुला व्यक्तिको पनि प्रशंसानीय भइनेछ।
मकर
व्यापार व्यवसायमा सफलता मिल्नेछ। मान्यजनको सरसहयोगले नयाँ कार्यको थालेन हुने देखिन्छ। विद्या क्षेत्रमा मन जानेछ। यात्राको अवसर मिल्नाले मनमा उत्साह बढेर जाने देखिन्छ।
कुम्भ
मातृ स्वास्थ्यमा सुधार भएर जानेछ वैदेशिक यात्राको योग रहेको छ। शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। स्थायी सम्पत्ति पाइने योग रहेको छ।
मिन
झुटा आरोपको सामना गर्नुपर्नेछ आएमा कमी आउनेछ। स्वास्थ्यमा गडबड आउनेछ। सामाजिक कार्यमा अगाडि बढिनेछ। चोटपटक लाग्ने सम्भावना रहेको हुनाले सजगताका साथ अगाडि बढ्नुहोला।

श्रीकृष्णजन्माष्टमीको महत्व
मिति २०८१ साल भाद्र १० गते सोमबार भाद्रकृष्ण कृष्णजन्माष्टमी हो र यो दिन अष्टमी तिथी प्रात: ८ / २८ बजेदेखी अष्टमी तिथी ११ गते प्रात : ६ / ४० बजेसम्म त्यस उप्रान्त नवमी तिथी आरम्भ श्रीकृष्णजन्माष्टमी उत्सव १० गते र ११ गते श्रीकृष्ण जयन्ती नक्षत्र उत्सव भएकोले हामीहरुले कृष्णजन्माष्टमीलाई गोकुलष्टमी, अष्टमी रोहिणी , श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो।कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्‍भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो। जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ। यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक संघ/संस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ। भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।
मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो । देवकीको दाइ राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेल गरी आफु राज्य सत्ता कब्जा गरेका थिए । एउटा भविष्यवानीबाट डाराएर उसले दुवै जनालाई जेल भित्र कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौ सन्तानको हातबाट हुने थियो । कंशले सुरूका छ वटा बच्चालाई मारेपछी देवकीले सातौ बच्चालाई गायब गरेकी थिइन् । (असलमा देवकीले गोप्य रूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थियो ।) आठौ सन्तानको रूपमा कृष्णको जन्म भयो ।
जन्म भए सँगै विष्णुले वासुदेव कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुह्राउन लगाए, देवकी तथा वासुदेवका आठौ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी, १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र वहाँ १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्ती लोकमा रहेका थिए ।कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो । देवकीको भाई राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेल गरी आफु राज्य सत्ता कब्जा गरेका थिए । एउटा भविष्यवानीबाट डाराएर
उसले दुवै जनालाई जेल भित्र कैद गरेर राखेका थिए ।कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिएको छ । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मीएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाल उनलाई गोपाल तथा नंदलाल नामले पनि जानिन्छ।श्रीकृष्णका एक दाजु बलराम नन्द गोपका छोरा थिए।
हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापरांतमा भएको पाईएको छ। यो हिसाबले श्रीकृष्णको जन्म कलीयुगको आगमन भन्दा ५०० देखि १ हजार बर्षको बीचमा भएको अनुमान गर्न सकिन्छ। हिन्दू पञ्चाङ्गका अनुशार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५१०० वर्ष तोकिएको छ। भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरावासी वसुदेवकी धर्म पत्नी देवकीको गर्भबाट राजा कंशको जेल भित्र भएको थियो। देवकी राजा कंशकी बहिनी थिईन्। उनीहरू दुवै भाइ बहिनीहरू तत्कालीन मथुराका राजा उग्रसेनका सन्तान थिए। राजा कंश देवकीको विवाहमा वशुदेव र देवकीलाई रथमा राखेर आफुले रथ हाँक्दै उनको घरमा पुगाउन जाँदै थियो। त्यसैबेला नारदमुनी आएर कंशलाई भने- “जसलाई तिमी आफ्नो बहिनी ज्वाँई भनेर पुगाउ जाँदै छौ उनको आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ।” नारदको यो कुरा सुनेर कंश रिसले आगो भयो उसले देवकीको हत्या गर्ने मनसायले आफ्नो तरवार निकाल्यो तब वशुदेवले कंशको अघाडी हात जोडेर देवकीको गर्भबाट जती बालकहरू पैदा हुन्छन् ती सबैलाई जन्मेकै घडी कंशलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गरे। यो सुनेर कंशले वशुदेवको प्रतिज्ञा स्विकार गरेर आफ्नो घर गयो। केही दिन पछि देवकीको गर्भबाट पहिलो बालक पैदा भयो। वशुदेवले आफ्नो प्रतिज्ञा बमोजिम बालक कंशको घर पुराए। यो देखेर कंशले देवकीको आठौँ गर्भको बच्चामात्र मलाई दिनु बाँकीका बालकहरू दिनु पर्दैन भनि फर्कायो तर नारदमुनी आएर जो गर्नु छ यी बालकलाई गर आठौँ गर्भको बालकलाई त तिमी केही पनि गर्न सक्दैनौ भने। यो सुनेर राजा कंशले वसुदेवसँग बालक मागेर बालकलाई जमीनमा पछारी हत्या गरिदियो। यसै गरी देवकीका सातवटा बालकहरूको कंशले हत्या गरिदियो। त्यस पछि देवकीलाई आठौँ गर्भ रह्यो। राजा कंशले देवकीको यो गर्भबाट आफ्नो कालको जन्म हुने सोचेर गर्भ रहेको दशौँ महिनामा देवकी र वसुदेवलाई जेलमा बन्द गरेर राख्यो। जेलको बाहिर आफ्ना पहरेदारहरूलाई कडा पहरा दिने आज्ञा गरेको थियो। तर भगवानको लिला अपरम्पार छ। जब श्रीकृष्णको जन्म भयो त्यसबेला पहरेदारहरूलाई मोह निद्राले ढाक्यो। भगवान श्रीकृष्णको जन्मको भन्को सम्म पनि पहरेदारहरू थाह पाएनन्। भगवान विष्णुले पहिले त वसुदेव देवकीलाई आफ्नो चतुर्भुज अवतारको दर्शन गराए। त्यसपछी वसुदेवलाई “गोकुलमा नंदगोपका घरमा भरखरै मात्र एक कन्याको जन्म भएको छ। तिमी मलाई गोकुल लैजाउ त्यहाँ मलाई यशोदाको काखमा सुताएर उनको छोरीलाई ल्याएर यहाँ आउनु।” भनि सम्झाएर अन्तर्ध्यान भए। केही छिन पछि देवकीको गर्भबाट भगवान श्रीकृष्णको जन्म भयो। भगवानको लिलानुशार वशुदेव र देवकीका सबै नेलहरू खुल्ला भए भगवान बिष्णुले बताए बमोजीम वसुदेवले बालक कृष्णलाई टोकरीमा राखेर गोकुल जान हिँडे। बाटोमा यमुनाजी पर्छन्। यमुनाले पनि भगवान श्रीकृष्णको दर्शन गर्नाको साथै वसुदेवको लागि बाटो छोडी दिईन्। केही छिनमै वसुदेव यशोदाको काखमा खेलीरहेकी कन्यालाई उठाई बालक कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के। तर यो कुरा यशोदालाई थाहा भएन। यशोदालाई प्रसव पिडाका कारण कन्याको जन्म भएको पनि थाहा थिएन। यता वसुदेवले मथुरा आएर कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत बन्दी भएर बसे। केही छिन पछि बालीका जोर जोरले रुन थालिन्। यो सुनेर पहरेदारहरूको मोह निँद्रा खुल्यो कसैले बालक जन्मेको कुरा कंशलाई भन्यो। बालक जन्मेको कुरा थाहा पाएर कंश जेलघरमा आएर बालीकालाई देवकीको हातबाट खोसेर बाहिर गयो बालीकालाई पहिलेका बालकहरू जस्तै गरी जमीनमा पछार्दा बालीकाले आकाशमा उड्दै “पापी मलाई जती कोशीस गरे पनि मार्न सक्दैनस् तँलाई मार्ने तेरो शत्रु गोकुलमा छ” भनिन्। यी बालीका महा शक्ति योगमाया दुर्गा भगवतीको अवतार थिईन् कृष्णको जन्म जेलमा भएको हो । भाद्र कृष्ण अष्टमीको आधा रातमा जेलमा आठौं गर्भ जन्माउनका लागि थुनिएकी देवकीबाट उनको जन्म भएको हो । तर उनको गर्भलाई सामान्य गर्भ मानिंदैन । श्रीकृष्णको जन्म हुनु धेरै अघि आठौं गर्भको रुपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ । आठौं गर्भ ज्यादै विशेष भएकोले सातौं गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर पछि त्यस गर्भलाई ईश्वरीय विधिले रोहिणीको गर्भमा बलरामको रुपमा स्थानान्तरण गरिएको थियो । कृष्णलाई यशोदाको गर्भको बालिकासंग साटिएको थियो । वास्तविक जन्मको रुपमा कृष्णलाई आठौं गर्भ भन्न मिल्दैन तर एउटी बालिकाको बलिदान समेतलाई हिसाब गर्दा उनी आठौं नै हुन्छन् । यसरी भगवान कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए । उनले जन्मलिनु अघि देवकी र वसुदेवलाई चतुर्भुज स्वरुपम दर्शन दिएको कथा भागवतमा उल्लेख छ । जन्म हुना साथ आमाको दूध मुखमा राख्न नपाइ छुट्टिनु परेको घटनालाई ध्यान दिने हो भने कुनै पनि दूध खाने बालकलाई यो भन्दा दुर्भाग्यको घटना अर्को हुन सक्दैन । जुन बालक जन्मनु अघि असुरक्षित छ र जन्मि सकेपछि पनि निरन्तर असुरक्षित छ उसको जीवनको संघर्षको जटिलतालाई शब्दमा बयान गर्न सकिंदैन । जीवनका भयंकर असुरक्षित क्षणहरुलाई नाचेर, गाएर, अत्यन्त हलुका रुपमा लिएर, अर्काको घरमा आफ्नो घरमा भन्दा प्रिय वातावरण बनाएर हुर्कने बच्चाको असाधारण क्षमतालाई सामान्य मानवको आंखाले हेर्न सकिंदैन ।पाकिस्तान सिन्ध प्रान्तको लरकाना जिल्लामा रहेको मोहन जो दारोको उत्खननमा एक बालकले दुइ वृक्षहरु उखेलेको र त्यसबाट दुइ व्यक्तिहरु उत्पत्ति भएको चित्र अंकित छ । यो चित्र भागवत कथाको यमलार्जुन उद्धारको हो भनी मानिएको छ ।
ईश्वरीय शक्तिको रुपमा भगवान श्रीकृष्णको पूजा आर्यावर्तमा लगभग ५०० वि.पू. प्रारम्भ भइसकेका प्रमाणहरु भेटिन्छन । ऋग्वेदमा लेखिएको छ– एक यस्तो गोठालो जो कहिल्यै च्युत हु“दैन, मित्रवत् छ, सुन्दर वस्त्रले सजिएको छ । र यो समय समयमा पृथ्वीमा अवतरित भइरहन्छ । (ऋग्वेद १.२२.१६४) निश्चित रुपमा यो वर्णन भगवान श्रीकृष्णसंग नै सम्बन्धित छ । भगवान श्रीकृष्णको रुप मुरलीधर र गाईगोठालोको रुपमा नै सुन्दरतम रुपमा अभिव्यक्त हुन्छ । संभवतः उनको नाम गोपाल राख्नुको पछाडि यही दर्शनले काम गरेको छ । गोपालको अर्थ हुन्छ गाईको रेखदेख गर्ने र गोविन्दको अर्थ हुन्छ गाईको खोजी गर्ने । यी सबै घटनाले श्रीकृष्णको गाई प्रेम व्यक्त गर्छ । छान्दोग्य उपानिषद (९०० वि.सं. पूर्व) मा देवकीपुत्रको ससम्मान उल्लेख छ । पाणिनी अष्टाध्यायी (वि.सं. ५०० शताब्दी पूर्व), अर्जुन, र वासुदेवको सम्मानपूर्ण अभिलेख छ । कौटिलीय अर्थशास्त्र (३०० वि.सं. पू.) श्रीकृष्ण र द्वैपायनको उल्लेख हुनुका साथै दुर्योधनले गरेका गलतीहरुको उल्लेख छ ।कृष्णलाई विशेष पूजित व्यक्तितवको रुपमा संकेत गरिएको छ । पातञ्जली महाभाष्य (१५० वि.सं. पूं) मा कृष्ण र अर्जुन दुवै पूजाका विशेष अधिकारी पात्र छन् भनिएको छ ।महाभारत र भागवतको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरुपमा पहिचान गर्ने एक दृष्टिविहीन गोठालो साथी थियो । यशोदालाई पटक पटक त्यो रुप देखाउंदा पनि उनले बुझ्नै सकिनन् । गोपिनीहरुले उनको प्रेमी रुपलाई नै प्रधान मानेका थिए । उद्धव, भीष्म, विदुरले उनको अवतार रुपम जानेका थिए । भीष्मले यसैका लागि विष्णुसहस्रनाम रचना गरे । दुर्योधन र अर्जुन दुवैले श्रीकृष्णको विराट रुप वा विश्वरुप देखेका थिए तर दुर्योधनले त्यसलाई नौटंकी ठान्यो भने अर्जुनले त्यस रुपको दर्शन पछि ईश्वर भन्ने कुरा थाहा पाइ श्रीकृष्णको आज्ञा पालन गरे ।
भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयौं बाललिला रचाएका थिए। कहिले कसैका घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए। कहिले राधादी गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए। कहिल्यै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गरेका थिए त कहिल्यै गोबर्धन पर्वत धारण जस्ता अनेक्यौँ बाल लिला देखाएका थिए। यहाँ भगवान श्रीकृष्णले गरेका केही बाल लिलाको छोटकरीमा वर्णन गरिदैछ।
मथुराको राजा कंशले श्रीकृष्ण गोकुलमा भएको थाहा पाएर आफ्नी एक स्त्री योद्धा पुतना (होलीका)लाई गोकुलका भएका बालकहरू सबैलाई मार्ने आज्ञा दियो। राजा कंशको आज्ञानुसार पुतना पनि गोकुलमा गएर आफ्नो स्तनमा बिष लगाएर बालकहरू चोर्दै स्तनपान गराउन लागी। यसै क्रममा पुतना यशोधाको घरमा पुगी। यशोधा श्रीकृष्णलाई घरमा सुताएर आफु घरको काममा लागेकी थिईन्। यसै बेला राम्रो अवसर पाईयो भन्ने ठानी पुतनाले बालक कृष्णलाई चोरेर लगी केही पर गएर कृष्णलाई स्तनपान गराउन लागि तर भगवान श्रीकृष्णले स्तनपान गर्दा गर्दै पुतनाको प्राण समेत चुसीदिए। तब पुतना निष्प्राण भएर जमीनमा ढली। पुतना जमीनमा ढल्दा भयंकर आवाज आयो सबै ब्रजवासीहरू के भयो,? यत्रो आवाज कसरी कहाँबाट आयो,? भन्ने संका गर्दै आवाज आएको तर्फ दौडे। त्यहाँ सबैले पुतनाको मृत शरीरमा बालगोपाल खेलीरहेको देखे। यशोदा लगाएत सबै गोपहरूले पुतनाको मृत शरीरबाट श्रीकृष्णलाई उठाएर माया गरे। पछि गोपहरूले पुतनाको विशाल मृत शरीरलाई काटेर जलाए। भगवान श्रीकृष्णको हातबाट मारीएकी हुनाले पुतनाको मृत शरीर आगोमा जल्दा धुपको जस्तै वासना फैलिएको थियो। त्यसै दिनलाई आधार मानेर आज पनि हिन्दू समाजमा होली मनाएर होलीका जलाउने चलन यथावत छ।
एक दिन यशोदाले दही मथ्दै गरेको बेलामा बालगोपाल श्रीकृष्णले माता यशोदालाई स्तनपानको ढिपी गर्न थाले तर यशोदा आफ्नो काममा व्यस्त भएका कारण कृष्णको माग प्रती वास्ता गरिनन्। भगवान श्रीकृष्णले रिसाएर त्यसैबेला लातीले हानेर दही मथ्ने भाँडो फुटाए। तब यशोदाले रिसाएर कृष्णलाई चेताउनका निमित्त ओखलमा बाँधेर राख्न खोजिन् तर प्रभुको लिला अपरम्पार थियो यशोदाको घरमा भएका सबै डोरीहरू कृष्णलाई बाँध्नकोलागी छोटा पर्न गए। यसरी सबै डोरीहरू छोटा पर्न गए पछि यशोदा दु:खी भएर अब के गरुँ भनेर बिचार गर्न लागिन्। त्यो देखेर आमालाई दु:ख भयो भन्ने ठानी कृष्णले सानो डोरीलाई पनि बाँध्न पुग्ने बनाए। तब योशोदा कृष्णलाई ओखलमा बाँधेर आफुले दही मथ्ने काम गर्न थालिन्। त्यस पछि भगवान श्रीकृष्णले ओखललाई घिसार्दै जंगल तिर लगे जंगलमा दुईवटा ठूला जमुलार्जुनका रुखहरू विचमा ओखल अड्किएर रुखहरू भाँचिए। रुख भाँचिएको आवाज पुरै गाउँमा फैलियो सबैजना आवाज आएको दिशा तर्फ दौडे। रुखहरू भाँचिएको ठाउँबाट दुईजना सुन्दर पुरुषहरू निस्केर भगवान श्रीकृष्णको प्रार्थना गर्न थाले। तब कृष्णले उनीहरू पूर्व जन्ममा नल र कुबेर दुई भाइ रहेका र देवराज इन्द्रको श्रापले गर्दा यहाँ रुख भएर जन्मिएका आज उदार गर्न निमित्त आफुले यो सबै काम गरेको बताए। त्यस पछि ती दुवै जना दिव्य विमानमा बसेर स्वर्ग तिर प्रस्थान गरे भने कृष्णलाई गाउँले तथा यशोदाले घरमा ल्याए।भगवान श्रीकृष्णले बाल्यकालमा अन्य गोप बालकहरूसँग मिलेर गोपीनीहरूका घरमा गएर मखन (नौनी) चोरेर खान्थे। यसैले भगवान श्रीकृष्णलाई मखन चोर पनि भनेको सुनिन्छ। यसरी दिन दिनै मखन चोरेर सताएकाले एकदिन गोपिनीहरू सबै यशोदाको घरम जम्मा भएर यशोदासँग कृष्णको चुकली गरे। तब यशोदाले कृष्णलाई सोधिन्। भगवान श्रीकृष्ण रुँदै भनेकी गोपिनीहरू मलाई चोरीको झुठो आरोप लगाउदै छन्। यो सुनेर यशोदाले गोपीहरूलाई गाली दिएर त्यहाँबाट भगाइन्। तब गोपीहरू कृष्णलाई नौनीसँगै समात्ने योजना बनाए। भोलिपल्ट सबै गोपीहरू आफ्नो आफ्नो घरमा चियो बसेर मखन चोरको बाटो हेर्न लागे। यत्तिकैमा मखन चोर केही साथीहरूलाई लिएर एक घरमा गए। सबै गोपीहरू मखन चोरलाई पक्राउ गर्न त्यसै घरमा गए जहाँ मखनको चोरी हुँदै थियो। मखन चोरको समुह त्यो घरमा भएको मखन चोरेर अर्को घरमा जाने तयारीमा बाहिर निस्कने बित्तिकै मखन चोर पक्राउ परे। त्यस पछि सबै गोपीहरू श्रीकृष्णलाई यशोदाको घरमा लिएर गए। तर कृष्णको लिला अपरम्पार थियो। कृष्णलाई जुन गोपीले समातेर ल्याएकी थिईन् कृष्ण उनैको छोराको रूपमा थिए। यशोदाको घरमा गएर गोपीहरूले भगवान श्रीकृष्णले मखन चोरे सबुत सहित पक्रेर ल्याएको कुरा बताए। यशोदाले बालकको मुखमा हेरेर हाँस्दै भनिन्- “तिमीहरू सबै पागल त भएनौ बालकलाई हेर कसको छोरा हो? मेरो कान्हैया त आज बिहानै देखि घर मै छ।” यो सुनेर सबै गोपीहरूले पक्रेर ल्याएको मखन चोरलाई हेरे यो त आफ्नै पुत्र पो हो। सबै गोपीहरू लाजले केही पनि भन्न नसकेर आफ्नो आफ्नो घर गए।
राधा जसलाई राधीका, राधे, अदी नामले पनि चिनिन्छ भगवान श्री कृष्णकी बाल्यकालकी सखा थिईन् भगवान श्रीकृष्णले राधाजीको सँग निकुञ्ज वन र वृन्दावन हजारौ लिला रचाएका थिए। राधा ब्रज निवासी भृषभानु नामका गोपकी छोरी थिईन् उनकी आमाको नाम कृती थियो। राधाको जन्म पनि कृष्ण जन्मेकै वर्ष राधा अष्टमीका दिन भएको थियो। राधालाई लक्ष्मीको अवतार मानिएको छ। कृष्णको मुरलीको धुन सुन्ने बित्तीकै राधाजी घरका सबै कामहरू छोडेर त्यतै जाने गर्थीन्। राधा कृष्णमा मोहीत थिईन् भने कृष्ण राधामा मोहीत थिए। राधा जी सँधै गोठमा गाई दुहनजाँदा कृष्णलाई बोलाउने गर्थिन्। एक दिन श्रीकृष्णलाई राधाको गोठबाट जान लाग्दा राधीकाकी सखिहरूले देखिन्। तब राधीकालाई जिस्काउ लागिन् यो देखेर राधीका आफुलाई सर्पले टोकेको बहाना गरेर बेहोस भइन्। राधीकाका सखीहरूले उनलाई कृती भए ठाउँ पुह्राए। यसरी राधीका बेहोस भएकी देखेर कृतीले आतिदै राधाका सखीहरूसँग राधा कसरी बेहोस भईन् भनेर सोधिन्। सखीहरूले राधा बेहोस हुँदा सर्पले टोकेको कुरा गर्थिन् भने तब कृतीले गाउँका सबै वैद्यहरूलाई बोलाईन् सबैले झारफुक इत्यादी गरे तर राधाको होस आएन। त्यस पछि एक राधीकाकी एक सखीले अंदाज लगाएर श्रीकृष्णले सर्पको टोकाई निको पार्छन् भनिन् यो सुनेर कृती आफै कृष्ण भए ठाउँ गएर कृष्णलाई बोलाएर ल्याइन्। कृष्णले अलिकती पानी हातमा लगेर मन्त्र पढे झैँ गरी राधाको मुखमा छिँटा मारेर आफु मुरली बजाउन लागे।मुरलीको धुन सुन्दै राधालाई होस् आयो। मिलको लागि आमाहरूलाई ठगेर यस्तै खाले लिलाहरू राधा र कृष्ण गरीरहन्थे।
एक दिन भगवान श्रीकृष्णले नन्दादी गोपहरूलाई केही पूजा सामाग्री लिएर मन्दिर जान लागेका देखे। यो देखेर भगवान श्रीकृष्णले सबैलाई कहाँ र किन जाँदै छौ भनेर सोधे। यो सुनेर नन्दादी गोपहरूले देवराज इन्द्रको पूजा गर्न मन्दिर जान लागेको बताए। तब कृष्णले यसरी इन्द्रको पूजा गर्नु भन्दा हामी जुन ठाउँमा बसेका छौँ त्यो गिरी गोबर्धनको पूजा गर्नु राम्रो भएको बताए। यो सुनेर ब्रजवासीहरूलाई कृष्णको कुरा ठिक लाग्यो। सबै मिलेर गोबर्धन पूजा गरे मन्दिरमा चढाएको प्रसाद इत्यादी सबै कृष्णले गोप्यरूपमा खाए। यो देखेर सोझा गोपहरूले देवता खुसी भएर हामीले चढाएको फल फूल, प्रसाद सबै देवताले खाए भन्ने ठाने। यो देखेर देवराज इन्द्रलाई साह्रै रिस उठ्यो उनले सबै मेघहरूलाई बोलाएर पुरा ब्रजलाई बगाउने आदेश दिए। देवराजको यो आज्ञा पाएर ब्रजमा घनघोर वर्षा हुन लाग्यो पुरा ब्रज जलमग्न भयो। जमीन भन्ने कुनै ठाउँ नै रहेन चारै तिर सागर झैँ पानी नै पानी भयो। यो देखेर ब्रजमा हाहाकार मचियो। बाँच्ने आशा सबैको हरायो। सबैले कृष्णले उल्टो मति सिखाएकोमा इन्द्र रिसाए भन्दै कृष्णलाई दोषी ठहराए। तब भगवान श्रीकृष्णले पनि देवराज इन्द्रको सेखी हरण गर्ने ठाने। कृष्णले सबै ब्रजवासीहरूलाई गोबर्धन गिरीको फेदीमा लिएर गए। आफ्नु कान्छी अङ्गुलीले गोबर्धन पर्वतलाई उठाएर एक गुफा बनाए। सबै ब्रजवासीहरूलाई गुफामा बसालेर आफुले एक हातले पर्वत उठाएर अर्को हातले मुरली बजाउदै सबैलाई मोहीत बनाए। एक हप्ता भरी वर्षा रोकिएन अंतमा इन्द्रले आफ्नो हार स्विकार गरेर भगवान श्रीकृष्णसँग माफी मागेर वर्षा बंद गराए। वर्षा बंद भैसके पछि कृष्णले सबैलाई बाहिर निकालेर पर्वत पूर्वानुसार राखेर बाहिर आए।एक दिन ब्रजका सबै गोपीहरूले भगवान श्रीकृष्णको व्रत गरेर व्रतको समाप्ती स्नान गर्न यमुनाको किनारामा रहेको तलाउमा गए। भगवान श्रीकृष्ण पनि गोपीहरूको आफु प्रतीको प्रेम भक्ति बुझ्नको लागि पछाडी पछाडी लुकेर गए। तलाउमा पुगेर गोपीहरूले कपडा खोलेर किनारामा राखेर सर्वांग नाङगा भएर तलाउमा स्नान गर्न लागे। श्रीकृष्ण सबै गोपीहरूका कपडाहरू लिएर नजीकैको कदमको रुखमा चढेर बसे। गोपीहरू स्नान गरेर तलाउको किनारामा आएर कपडाहरू नभेटाएकाले हैरान भए। उनीहरू आपसमा कपडाहरू कसरी हराए भन्दै छलफल गर्न थाले हावाले उडायो होला भने पनि यहाँ हुरी आएको देखिएन, कसैले चोरे लग्यो भने पनि यहाँ हामी बाहेक अरु कोही पनि आएको छैन भनेर धेरै किसमका तर्क बितर्क गर्न थाले। यो देखेर रुखमाथी बसेका कृष्ण मुरली बजाउन लागे। मुरलीको आवाज सुनेर गोपीहरू झस्किएर फेरी तलाउ भित्र पसे। गोपीहरू भित्री मनमा कृष्ण प्रती प्रेम भए पनि बाहिर मुखले कृष्णलाई गाली दिन थाले। कपडा न दिएमा राजा कंशसँग निसाब माग्ने धम्की दिए। यो सुनेर कृष्णले पनि रिसाएर म कपडा दिन्न तिमीहरू जे गर्न सक्छौ गर भने। गोपीहरूले कृष्ण रिसाए भन्ने थाहा पाएर गल्ती गरेकोमा माफी माग्दै कपडाहरू दिने विन्ती गर्न थाले। तै पनि श्रीकृष्णले गोपीहरूलाई सताइ सताइ कपडा फिर्ता गरे।
एक दिन भगवान श्रीकृष्णले यशोदालाई आफुहरू घरमा बसेर खेल्नु भन्दा गाइहरूका साथ वनमा गएर गाइ चराएर ल्याउने ढिपी गर्न थाले। यशोदाले कृष्णको उमेर सानो भएको कारण वनमा जान हुदैन भनि धेरै सम्झाईन् तर श्रीकृष्णले आफ्नो ढिपी छोडेनन्। यसरी कृष्णले ढिपी गरेका कारण यशोदाले ब्रजका अन्य गोठालाहरूलाई घरमा बोलाएर कृष्ण र बलरामले वनमा जान ढिपी गरीरहेका छन् यसैले यिनलाई आफुसँगै लैजाने , वनमा यी दुवै भाईको राम्रो निगरानी गरेर घर आउदा आफुसँगै ल्याएर आउने आज्ञा गरिन्। तब गोठालाहरूले कृष्णलाई आफ्ना साथ लिएर गए। वनमा गाइहरूलाई चर्न छोडेर आफूहरू खेल्न लागे। त्यसै बेला कंशले पठाएको एक जना वत्सासुर नामको असुर त्यहाँ बाछोको रूपमा देखियो बत्सासुरले कृष्ण र बलरामलाई लाती र सिँगले हान्नलाग्यो यो देखेर सबै गोठालाहरू डराए। तब श्रीकृष्णले बत्सासुरकका साथ लडेर बत्सासुरलाई मारे। आफ्नु भाइ मारिएको देखेर बत्सासुरको भाइ बकासुर रिसाएर आयो। बकासुर बकुल्लोको रूपमा आएर श्रीकृष्णलाई निल्यो। यो देखेर सबै गोठालामा हाहाकार मचियो। सबै रुन कराउन थाले तर कृष्णले बकासुरको घाँटीमा अड्केर आगो जस्तै जलाउन थाले त्यसैले बकासुरले कृष्णलाई निल्ल नसकेर वाक्यो। बकासुरले कृष्णलाई फेरी निल्ने प्रयास गर्न थाल्यो तर कृष्णले उसको मुख च्यातेर मारे। यसरी २ वटा राक्षसहरूको बध गरेर बेलुका पख घर फर्किए। यशोदाले वनमा घटेका घटनाहरू सुनेर भोलिपल्ट घरैमा खेल्नको लागि मुरली दिएर कृष्ण र बलरामलाई वन जानबाट रोकिन्।
भगवान श्रीकृष्णलाई गोकुलमा भएको थाहा पाए पछि कंशले बिच बिचमा आफ्ना योद्धाहरूलाई गोकुल गएर श्रीकृष्णलाई मार्ने आज्ञा दिएर पठायो तर ती सबैलाई भगवान श्रीकृष्णले खेल खेलमै मारेर स्वर्ग पठाए। एक पटक भगवान श्रीकृष्ण र बलराम वनमा गोठालाहरूसँग खेलीरहेका बेला एक प्रलम्बासुर नाम गरेको दैत्य गोठालाकै भेषमा आएर आफु पनि तिनीहरूसँगै खेल्ने आग्रह गर्न थाल्यो। त्यो देखेर कृष्ण र बलरामले सबै थाह पाई सकेका थिए। उनीहरू सबैले प्रलम्बासुरलाई आफुसँगै खेल्न लगाए। सबैले पालै पालो गरेर एकले अर्कोलाई बोकेर केही पर लैजाने खेल खेल्न थाले। यसै क्रममा प्रलम्बासुरको पालो भगवान श्रीकृष्णलाई बोक्नु पर्ने आयो खेलको नियमानुसार भगवान श्रीकृष्ण प्रलम्बासुरको बुई चढे तर प्रलम्बासुरले आफ्नो राक्षसी रूप लिएर आकाशमा उड्यो यो देखेर सबै आत्तिए तर भगवान श्री कृष्णले प्रलम्बासुरको घाँटी चेपेर स्वाँस रोकिदिए केही छिन पछि प्रलम्ब निष्प्राण भएर जमीनमा खस्यो। यसै गरी केशी नामको अर्को दानवलाई पनि कृष्णले खेल खेलमै मारेका थिए।
एक दिन भगवान श्रीकृष्ण लगाएत सम्पूर्ण गोप बालक यमुना नदीको किनारामा भकुण्डो खेलीरहेका थिए अचानक भकुण्डो हुत्तिएर यमुनाको एक तलाउमा खस्यो। त्यो तलाउमा कालियनाग नाम गरेको भयंकर बिषालु सर्प थियो सर्प यती बिषालु थियो कि यदी तलाउमाथी कुनै पंक्षी पनि उडेर गयो भने बिषका प्रभावले तुरुन्तै मरेर जमीनमा खस्थ्यो। भकुण्डो पानीमा गए पछि सबै गोप बालकहरूले प्यास लागेको कुरा भगवान श्रीकृष्ण सँग बिन्ती गरे। यो सुनेर भगवान श्रीकृष्णले भकुण्डो पनि ल्याउने र पानी पनि पिएर आउन तलाउमा जाने सल्लाह दिए गोपबालकहरूले तलाउमा बिषालु नाग भएको र त्यहाँ जान नहुने कुरा व्यक्त गरे। तब कृष्ण नागको शेखी हरण गर्ने चाहनाले तलाउको नजीकैको रुखमा चढेर ठूलो आवाज गर्न थाले।यो देखेर कालियनाग तलाउ बाहिर आएर कृष्णलाई पुरै शरीर बेरेर डस्न थाल्यो। यो देखेर सबै ब्रजवासीहरू आतिए त्यो दिन कृष्ण बलरामलाई छोडेर एक्लै गएका थिए। कृष्णलाई नागले डसेको कुरा थाहा पाएर नन्द बलराम लगायत सबै ब्रजवासीहरू यमुनामा गए। त्यहाँ भगवान श्रीकृष्णलाई नागले बेरेको देखेर सबै रुन थाले। यो देखेर कृष्णले फुर्ती देखाएर नागको टाउकोमा चढेर नाँच्न थाले। नागले अत्यन्त पिडाका कारण मुखबाट रगत छाद्न थाल्यो। नागका पत्नीहरू आएर भगवान श्रीकृष्णसँग नागको ज्यान बचाउनको लागि प्रार्थना गर्न थाले। यो देखेर भगवान श्रीकृष्णले नागलाई स्त्री द्वारा प्राण बचाइएको उपाधी दिदै अब देखि घमण्ड नगर्ने वाचा गराएर तलाउ छोड्न लगाए।
कंशका धेरै जसो योद्धाहरूलाई कृष्णले गोकुलमा नै मारेर सिध्याएका कारण कंशले वसुदेव र देवकीलाई फेरी थुनामा राख्न लगाएर अर्कुर नाम गरेका व्यक्तिलाई ब्रजबाट कृष्ण र बलरामलाई ल्याएर आउने आज्ञा दियो। पुरै कृष्ण चरित्रमा यो कथा निकै मार्मिक छ। यो कथा पढ्दा आँखाबाट आँसु झर्छ। जब श्रीकृष्ण र बलरामलाई गोकुलबाट विधाई गरिन्छ। त्यसबेला ब्रजवासीहरूले गरेको रोधनलाई पढ्दा कठोर हृदय भएको व्याक्तिको पनि आँखाबाट आँशु खस्छ। श्रीकृष्ण मथुरा गएको धेरै दिन सम्म ब्रजका मान्छे त के गाईहरूले पनि घाँस नखाएर आँखाबाट आँशु वर्षाई रहेको कुरा कृष्ण चरित्रमा लेखिएको छ।
कृष्णले कंशलाई मारेर मथुरा कब्जा गरेपछि कंश का अनन्य मित्र मगधराज जरासन्ध ले कंश हत्या को बदला लिन मथुरामाथि अठार पटकसम्म हमला गरे। अन्तिम पटकको हमलाको प्रतिरोध नगरी कृष्णले मथुरा छाडिदिए। त्यसपछि कृष्णको नाम ‘रणछोडदास’ रहन गयो।
महाभारत र भागवतको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरुपमा पहिचान गर्ने एक दृष्टिविहीन गोठालो साथी थियो । यशोदालाई पटक पटक त्यो रुप देखाउंदा पनि उनले बुझ्नै सकिनन् । गोपिनीहरुले उनको प्रेमी रुपलाई नै प्रधान मानेका थिए । उद्धव, भीष्म, विदुरले उनको अवतार रुपम जानेका थिए । भीष्मले यसैका लागि विष्णुसहस्रनाम रचना गरे । दुर्योधन र अर्जुन दुवैले श्रीकृषण्को विराट रुप वा विश्वरुप देखेका थिए तर दुर्योधनले त्यसलाई नौटंकी ठान्यो भने अर्जुनले त्यस रुपको दर्शन पछि ईश्वर भन्ने कुरा थाहा पाइ श्रीकृष्णको आज्ञा पालन गरे ।
मथुरा छोडेर भगवान श्रीकृष्णले सबै यादवहरू साथमा लिएर द्वारकापुरीमा आफ्नो नयाँ जिवनको सुरुवात गरेका थिए । उनले द्वारकापुरीमा नै एक सामान्या मानिस झैं गृहस्थ जिवन बिताएका थिए । द्वारकापुरीमा पनि भगवान कृष्णलाई धेरै शत्रुहरूको सामना गर्नु परेको थियो । उनले आफ्ना दाजु बलरामसँग सान्धीपिनी नामका ऋषीको आश्रममा गएर धनुर्वेद सिकेका थिए । सान्धीपिनीले आफ्ना मरेका छोराको ज्यान गुरु दक्षिणा मागेकाले भगवान कृष्ण र बलरामले यमलोक गएर गुरुका मरेका छोरा फिर्ता ल्याएका थिए ।धनुर्वेद पढेर घर फर्केपछी श्रीकृष्णले विभिन्न सयंवरहरू जितेर रुक्मिणी लगायतका आठवटा रानीलाई विवाह गरेका थिए भने भौमासुरले थुनेर राखेका १६,१०० राजकुमारीहरूलाई भौमासुरलाई मारेर जेलबाट मुक्त गरेका थिए । भौमासुरको जेलमा बन्दी भएका ती राजकुमारीहरूले पनि कृष्णसँग विवाह गर्ने इच्छा जनाएकाले कृष्णले ती राजकुमारीहरूलाई पनि विवाह गरेका थिए । यसरी कृष्णका रानीहरूको संख्या १६,१००८ पुगेको थियो । प्रत्यक रानीहरूकालागी एकएकवटा महल बनाएका थिए भने प्रत्यक रानीहरूबाट ८-८ छोरा जन्मेका थिए । भनिन्छ कृष्णले गृहस्थ जिवनमा जतीवटा रानी थिए त्यतीवटा स्वरुप लगेर प्रत्यक रानीका घरमा बस्ने गर्थे । गृहस्थ रहँदा भगवान कृष्णले भीमसेनद्वारा आफ्नो शत्रु जरासन्धलाई पनि मराएका थिए भने सिसुपाल, शाल्व, दन्तवक्र, विदुरथ जस्ता पापीहरूको बध गरेका थिए भने बाणासुर जस्तो घमण्डीसँग युद्ध गरेर उसको सबै घमण्ड उतारेका थिए । यसै गरी उनले महाभारतको युद्धमा आफू नलड्ने भएर धर्मात्मा र सत्यवादी पाण्डवहरूका भाइ अर्जुनको सारथी बनेर विजय गराएका थिए र पापी कौरवहरूको पराजय गराएका थिए। कृष्णले आफ्नो गृहस्थ जिवनमा पनि पापीहरूको नास गर्ने र धार्मीकहरूको उद्धार गर्ने कामहरू गरेका थिए । उनले आफ्नो एक जना बचपनका साथी सुदामालाई गरिबको जिन्दगीमा बाँचेको देखेर धन धान्यले भरिपूर्ण गराएका थिए ।


पं-बालमुकुन्द देबकोटा

मेष राशि कार्यमा प्रगति भएर जानेछ। भोलिको प्रभाव बढेर जानेछ व्यापार व्यवसायमा सुधार हुनुका साथै साथीभाइबाट प्राप्त प्राप्त सरसहयोगले मनमा उत्साह बढेर जाने देखिन्छ ।
वृष
बोलीको प्रभाव बढेर जानेछ। आएमा वृद्धि भएर जानेछ। अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ पारिवारिक सरसहयोग मिल्नाले ठुला व्यक्तिको प्रशंसनीय भइनेछ।
मिथुन
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। पराक्रम बढेर जानेछ शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ धेरै समयदेखि रोकिएका कामहरू हुने देखिन्छ आकस्मिक धनलाभ लिन सकिनेछ।
कर्कट
आएमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। मुद्दा मामिलामा फस्ने योग रहेको छ। बोलीमा आएको कठोरताले गर्दा हातमा परेको धन समेत उम्कन सक्छ। सजगताका साथ अगाडि बढ्नुहोला ।
सिंह
कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् आएमा वृद्धि भएर जानेछ। पारिवारिक सरसहयोगले कार्यमा थप हौसला पढ्नुका साथै नयाँ साथीको आगमनले कार्यमा जोस जागर बढेर जाने देखिन्छ ।
कन्या
स्वास्थ्यमा समस्या आउने देखिन्छ। कार्यमा बाधा आउनेछ। सेयर बजारमा घाटा हुने देखिन्छ। झुटाहरूको सामना गर्नुपर्ने देखिन्छ स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्‍याउनुहोला।
तुला
मानसम्मान प्राप्त हुनेछ धर्मकर्मतर्फ मन जाने देखिन्छ। नोकरीमा पदोन्नतिको सम्भावना बढेर गएको छ। वैदेशिक कार्यमा सफल भइनका साथै बोलीमा सुधार हुने देखिन्छ।
वृश्चिक
अधुरा काम पूरा भएर जानेछन्। पशुपालनबाट मनज्ञ आम्दानी हात पार्न सकिनेछ। आफन्तको सरसहयोगले लामो दुरीको यात्रा अवसर प्राप्त हुने देखिन्छ आर्थिक क्षेत्रमा सुधार भएर जानेछ।
धनु
खर्चको मात्रा बढेर जानेछ सञ्चित धनको नाश हुनेछ। अध्ययन अध्यापनमा बाधा आउनुका साथै शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ वैदेशिक कार्यमा बाधा आउने देखिन्छ ।
मकर
मिष्ठान्न भोजनको अवसर मिल्नेछ नयाँ कार्यको थालनी हुने देखिन्छ व्यापार व्यवसायमा राम्रै आम्दामी बढाउन सकिनेछ मानसम्मान प्राप्त हुनेछ ठूला व्यक्तिको प्रशंसनीय भइनेछ ।
कुम्भ
पठनपाठनमा अधुरो रहेता पनि वैदेशिक कार्यमा सफ लता मिल्नेछ व्यापारिक क्षेत्रबाट राम्रै आम्दामी गर्न सकिनेछ। शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ श्रृङ्गारमा मन जाने देखिन्छ।
मीन
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ आँखा सम्बन्धी समस्याले सताउनेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। मानसम्मानमा हानि हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ

मेष
आयआर्जनमा वृद्धि भएर जानेछ सामाजिक कार्यमा समय व्यतीत हुनेछ पराक्रम बढेर जानुका साथै आफन्तबाट सरसहयोग प्राप्त हुनाले नयाँ कार्यको थालनी हुने देखिन्छ ।
वृष
अध्ययन अध्यापनमा सफलता मिल्नेछ कार्यमा प्रगति भएर जानेछ। व्यापार व्यवसायमा सुधार हुनुका साथै कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। धार्मिक यात्राको अवसर जुट्नेछ।

मिथुन
आयआर्जनमा कमी हुनका साथै बोलीमा कठोरता आउनेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन् स्वास्थ्यमा गडगडा आउने हुँदा ानपानमा विचार पुर्‍याउनुहोला। अरुले गरेका गल्तीको आफूले सजाय भोग्नुपर्ने देखिन्छ।
कर्कट
पराक्रम बढेर जानेछ मात्रै सुखमा वृद्धि हुनेछ। आकस्मिक धनलाभ हुनाले मनमा खुसी छाउनेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ। दाम्पत्य जीवनमा माधुर्यता छाउनेछ।
सिंह
जग्गा जमिनबाट लाभ लिन सकिनेछ नयाँ कार्यको थालनी हुनेछ। बोलीमा आएको सुधारले सबैको प्यारो बनिनेछ। पारिवारिक मिल्नाले मनमा उत्साह बढ्नुका साथै लेखन शैलीमा तीव्रता आउनेछ।
कन्या
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ आएमा कमी विद्यामा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ। बोलीमा कठोरता हुनाले हातमा परेको धनसमेत उम्कनेछ। लेनदेनमा विवादको सामना गर्नुपर्ला।
तुला
यात्राको अवसर जुट्नेछ व्यापार व्यवसायमा सफलता प्राप्त हुने देखिन्छ। नोकरीमा पदोन्नतिको सम्भावना बढेर गएको छ। विद्या क्षेत्रमा प्राप्त सफलताले सबैको प्यारो बनिनेछ। मानसम्मान प्राप्त हुनेछ।
वृश्चिक
मातृ संस्थामा शिथिलता आउनेछ न्यायिक कार्यमा बाधा हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ पारिवारिक कलह बढ्नेछ। सेयर बजारमा कमी आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ।
धनु
यात्रामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। अपजसको सामना गर्नुपर्नेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। मानसम्मानमा आँँच आउने देखिन्छ। सजग रहनुहोला।
मकर
बोलीको प्रभाव बढेर जानेछ आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। सामाजिक उत्तरदायित्व बढ्नुका साथै पारिवारिक सरसहयोग ले नयाँ कार्यको थालनी देखिन्छ।
कुम्भ
धनमाल हराउने योग रहेको छ मानसिक तनाव बढेर जानेछ। यात्रामा अवरोध आउने देखिन्छ आकस्मिक खर्चको मात्रा बढेर जानाले मनमा चिन्ता बढ्ने देखिन्छ। स्थानान्तरणको योग रहेको छ।
मीन
आर्थिक क्षेत्रमा सुधार भएर जानेछ आध्यात्मिक तथा माङ्गलिक कार्यमा सहभागी भइनेछ। सरकारी जागिरको योग रहेको छ। नयाँ साथीको आगमनले मनमा उत्साह बढ्नुका साथै नयाँ कार्यको समेत थालनी हुने देखिन्छ।

मेष राशि
आयमा वृद्धि भएर जानेछ। धार्मिक क्षेत्रको भ्रमण गरिनेछ। आफन्तबाट प्राप्त सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। अध्ययन अध्यापनमा सफलता मिल्नाले मनमा खुसी छाउनेछ।
वृष
मिष्ठानमा भोजनको अवसर जुट्नेछ। बोलीमा सुधार भएर जानेछ। शैक्षिक क्षेत्रमा प्राप्त सफलताले मनमा उत्साह बढेर जाने देखिन्छ पारिवारिक सरसहयोग मिल्ने देखिन्छ।
मिथुन
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। विद्या क्षेत्रमा बाधा आउनुका साथै पारिवारिक कलह बढेर जाने देखिन्छ। सवारी साधनबाट जोगिनुपर्नेछ। स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला।
कर्कट
आएमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन् विश्वास गरेकाबाट धोका हुने देखिन्छ। आफन्तमा बहिरभाव सिर्जना हुने देखिन्छ।
सिंह
नयाँ कार्यको थालनी हुनेछ पराक्रम बढेर जानेछ। धर्मकर्मतर्फ मन जाने देखिन्छ प्रेमी प्रेमिका बीच माधुर्यता छाउने छ। व्यापार व्यवसायमा सफलता मिल्नाले सबैको प्यारो बनिनेछ।
कन्या
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ खर्चको मात्रा बढेर जानेछ अनावश्यक विवादको सामना गर्नुपर्ने देखिन्छ। आफन्तबाट अपहेलित हुनाले मनमा चिन्ता बढेर जानेछ।
तुला
धार्मिक यात्राको अवसर जुट्नेछ। बोलिको प्रभाव बढेर जानेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ मानसम्मान मिल्नेछ सामाजिक कार्यमा समय व्यतीत हुने देखिन्छ।वृश्चिक
पारिवारिक समस्याले सताउनेछ आएमा कमी विद्यामा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ। यात्राको अवसर जुटेता पनि मानसिक तनाव बढेर जाने देखिन्छ कुरा काट्नेहरु सक्रिय रहनेछन्।
धन
बोलीको प्रभाव बढेर जानेछ धर्म कर्मतर्फ मन जानेछ। शैक्षिक क्षेत्रमा प्रगति भएर जानेछ। यात्रामा लाभ मिल्नेछ। सामाजिक उत्तरदायित्व बढेर जानेछ फर्सीको धान उठ्ने देखिन्छ।
मकर
अनावश्यक खर्चको मात्रा बढेर जानेछ। स्थानान्तरणको योग रहेको छ। आर्थिक क्षेत्रमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ।
कुम्भ
न्यायिक क्षेत्रमा तपाईंकै जित हुने देखिन्छ भने आएमा वृद्धि विद्यामा प्रगति हुनाले मनमाउत्साह बढेर जानेछ। मानसम्मान प्राप्त हुनाले सबैको प्यारो बनिनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ।
मीन
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। आफन्तको सरसहयोग मिल्नाले सबैको प्यारो बनिनेछ। सामाजिक कार्यमा समय व्यतित हुने देखिन्छ प्रेम गर्ने अवसर जुट्नेछ।

मेष-
अधुरा काम बन्न्नुका साथै नयाँ कामको योग छ। कार्यमा प्रगति हुनाले मनमा खुसी छााउनेछ। साथीभासँग प्राप्त सहयोग पाउनाले थप ऊर्जा देखिन्छ पतिपत्नी बीच माधुर्यता छाउनेछ धार्मिक क्षेत्रमा भ्रमण गरिने देखिने छ।
वृष
पराक्रम बढेर जानेछ शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै फसीको धन उठ्ने सम्भावना देखिन्छ लेखनशैलीमा तीव्रता आउनेछ। ठूलो व्यक्तिको प्रशंसनीय भइनेछन मिष्ठान्न भजनको अवसर मिल्नेछ
मिथुन
बोलीको प्रभाव बढेर जानेछ। आय आर्जनमा वृद्धि हुने देखिन्छ। कुरा काट्ने व्यक्तिहरु प्रशंसा गर्न थाल्नेछन्। नयाँ कार्यको थालनी हुनेछ देखिन्छ पतिपत्नीबीच माधुर्यता छाउने छ र स्वास्थ्यमा सुधार भएर जाने छ कर्कट राशि= काममा ढिला हुनेछ। साथीभाइबाट आलोचित हुनुपर्ने हुने देखिन्छ।
कर्कट
काममा ढिला हुनेछ साथीभाइबाट आलोचित हुनुपर्नेछ। आयआर्जनमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला
सिंह
आएमा कमी आउनेछ शैक्षिक क्षेत्रमा बाधा आउने देखिन्छ विश्वास गरेकाबाट धोका हुने देखिन्छ। लेनदेनमा विवादको सामना गर्नुपर्नेछ। पारिवारिक कलह बढेर जानेछ।
कन्या
अधुरा काम पूरा भएर जानेछन् भौतिक साधनको प्रयोग गरिनेछ। विद्यामा सुधार भएर जानेछ। धर्मकर्मतर्फ मन जानाले सबैको प्यारो पनि बनिनेछ मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
तुला
व्यापार व्यवसायमा सफलता मिल्नेछ सामाजिक कार्यमा समय व्यतीत हुने देखिन्छ बोलीमा आएको सुधारताले काममा थप हौसला बढ्नेछ। पारिवारिक सरसहयोग मिल्नेछ।
वृश्चिक
धर्म कर्मतर्फ मन जानेछ। आएमा वृद्धि हुनुका साथै कार्यमा प्रगति भएर जानेछ। पारिवारिक सरसहयोग मिल्नेछ। यात्राको अवसर जुट्नाले सबैको प्यारो भइनेछ। नोकरीमा पदोन्नतिको सम्भावना बढेर जाने देखिन्छ ।
धनु
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ बोलीमा कठोरता आउनेछ। श्रीमान श्रीमतीमा आएको विवाहले मनमा चिन्ता बढेर जानेछ। लेनदेनमा विवादको सामना गर्नुपर्ने देखिन्छ ।
मकर
अध्ययन अध्यापनमा सफलता मिल्नेछ पैत्रिक सम्पत्ति हात पर्ने योग रहेको छ। न्यायिक क्षेत्रमा तपाईंकै जित हुने देखिन्छ लामो समयदेखि चलिरहेको विवादको अन्त्य हुने देखिन्छ।
कुम्भ
लेनदेनमा विवाद अगाडि बढेर जानेछ आफन्तमा बहिरभाव रहनेछ। कार्यमा बाधा आएमा कमी आउनाले चिन्ता बढेर जानेछ। विश्वास गरेकाबाट धोका प्राप्त हुनेछन्। स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला ।
मीन
शैक्षिक कार्यमा सफलता मिल्नेछ आयमा वृद्धि भएर जानेछ। व्यवसायमा सोचेभन्दा बढी सफलता प्राप्त हुनेछ धार्मिक क्षेत्रमा लगानी गर्ने योग रहेको छ। साथीभाइबाट सर सहयोग मिल्नेछ ।