Month: September 2024

आज वामनद्वादशी र श्रवण नक्षत्र भएकोहुँदा यो दिन श्रीवामन जयन्ति उत्वस हो।हाम्रो हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान विष्णूले स्वर्गका राजा देवराज ईन्द्रको हराएको राज्य फर्काउनको निमित्त र दैत्यराज बलीको उदार गर्नाको निमित्त वामन अवतार लिनुभएको थियो ।भगवान वामनले राजा बली सँग तिन पाउ (तिन पाईला भरको) भुमि दान मागेर आफ्नो रुपलाई बढाएर दुवै पाईलाले स्वर्ग र मर्त्य (पृथ्वी) पूरा गरी तेस्रो पाउ राख्न जमिन मागेर दैत्यराज बलीलाई संकटमा पार्नु भएको थियो।
हिन्दू शास्त्र अनुसार दैत्यराज बली भक्त प्रह्लादका छोरा थिए।भक्त प्रह्लादका बाबु हिरण्यकश्यपु थियो जसलाई मार्नको निमित्त भगवान विष्णूले नृसिँह अवतार लिनुभएको थियो। हिरण्यकश्यपुलाई मारे पछि भक्त प्रह्लादलाई भगवान विष्णूले अब यो कुलमा जन्मेको मानिसको संहार गर्ने छैन भन्ने वाचा दिनु भएको थियो ।हिन्दू शुत्रानुसार राजा बलीलाई महान दानीको रुपमा लिइएको छ। दैत्यराज बलीले २ चोटी स्वर्गमा राज्य गरेको कुरा ग्रन्थहरुमा पाईएको छ।पहिले पटक राजा बलिले स्वर्गको राज्य गरिरहेको बेला भगवान बिष्णुले देवता र दानवहरुलाई समुन्द्र मथन गराउनु भएको थियो।आफुले कूर्म अवतार धारण गरेर मन्दराचल पर्वतलाई पिँठमा राख्नु भएको थियो।समुद्र मन्थनबाट निस्क्यो अमृतको कलश र त्यसपछी भएको यूद्धको समाप्ती पछि राजा बलीले पुन: स्वर्गको राज्य प्राप्तीकालागी दैत्यहरुका गुरु शुक्रचार्यको राय अनुशार भगवान शिवको तपस्या गरेका थिए शिवजीले पनि राजा बलीलाई पुन: स्वर्ग प्राप्तीको वर्दान दिएका थिए। यता इन्द्रलाई राज्य पदच्युतको श्राप दितीले दिएकी थिईन्।किन भने देवराज इन्द्रले दितीको गर्भबाट एक बलियो बालकले जन्म लिदैछ र पछि दैत्यहरुको पक्ष लिनेर सबै देवताको नास गर्ने छ थाह पाएर बालक वायूलाई गर्भमा नै नष्ट गर्न प्रयास गरेका थिए।तर दैव संयोग बालक बलवान भएका कारण इन्द्रले बालकलाई काटेर जतीवटा टुक्रा बनाए उतीवटै बालकहरु गर्भमा निर्माण हुन गए।अन्तमा देवराजको केही नचलेका कारण बालकहरुसँगै आफुपनी त्यसै गर्भबाट निस्केर माफी मागे।बालकहरु सबै ४९ वटा थिए जसलाई देवता हरुको श्रेणी दिएर ४९ वायु भनिन्छ।यसरी माफी मागे पनि दितीले इन्द्रलाई भ्रुण हत्यागर्ने प्रयास गरेकाले श्राप दिएकी थिईन्।
दैत्य बली दोस्रो पटक स्वर्गका राजा भएपछी देवताहरु संकटमा परेको देखेर देवताहरुकी आमा अदितीलाई दु:ख लाग्यो।एक दिन अदितीले आफ्ना पति कश्यप ऋषि सित यो कुरा राखिन्।तब कश्यप ऋषिले उनलाई भगवान विष्णूको तपश्या गर्ने सल्लाह दिए। अदितीले पनि पतिको सल्लाह अनुसार भगवान विष्णूको तपश्या गरिन्।एक दिन भगवान विष्णूले अदितीलाई दर्शन दिएर तपश्या गर्नाको कारण सोधे।अदितीले आफ्ना सन्तानहरुले दु:ख झेली रहेको र सौता दितीका सन्तानहरुले स्वर्गको राजा भएर मौज गरीरहेकोले यसको उपायको लागि तपश्या गरेको बताइन्।यो सुनेर भगवान बिष्णुले अदितीलाई पुत्रको बरदान दिए।अदितीले भगवान विष्णूलाई आफ्नो पुत्रको रुपमा अवतार लिन आग्रह गरिन्।भगवान विष्णुले अदितीको कोखबाट वामन अवतारको रुपमा जन्म भाद्र शुक्ल द्वादशी तिथिमा भएको थियो। भगवान वामन ८ बर्षको भएपछी ब्रह्माजीले व्रतबन्ध गरिदीए।व्रतवन्धको देशान्तरमा जाने क्रममा भगवान वामन बली राजा कहाँ गए।अश्वमेघ यज्ञ  समापन गरिरकेको बेलामा, वामन रूप मा ब्राह्मण वेशधारी विष्णु उपस्थित भए । वामनलाई देखेर राजा बलिले आदर वामनलाई देखेर राजा बलिले आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यो वाचा गर्न आग्रह गरे।तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाई सके पछि वामनले हरि भक्ती गरेर बस्नको लागि मात्र ३ पाउ जमिन चाहिएको कुरा व्यक्त गरे।यो सुनेर राजा बलिले अहंकारका साथ भने “म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्नलागे तब शुक्रचार्यजीले यी वामन सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे। यो सुनेर राजा बलिले अहंकारका गर्न थाले।तैपनि आफ्नो शिष्यको हितगर्ने ठानेर उनी संकल्प गर्ने कलशको मुखमा गएर बसिदिए जसले गर्दा कलशबाट पानी खसेन ।पानी नखसेपछि बलीले कुशको टुक्राले कलशको मुख घोच्दा शुक्राचार्यको आँखा फुट्यो ।तर बलीले मानेनन् संकल्प गरिसके पछि राजा बलिले वामनलाई जमीन नाप्ऩ लगाए।तब वामले आफ्नो सानो रुपलाई बढाएर एक पाईला पृथ्वीमा र अर्को पाइला स्वर्गमा राख्नुभयो। अब अर्को पाईला राख्ने ठाउँ नभएका कारण राजा बली चिन्तित भए।पछि प्रह्लादलाई भगवानको लिला थाहा पाएर प्रार्थना गरे। तब वामनले राजा बलीलाई एक पटक स्वर्गको राजा बनाउने आश्वासन दिएर सुतलमा पठाए। बलि उदार, परोपकारी, दयालु र दानवीर राजा थिए । उनको शासनको समयलाई एक समृद्ध र खुसियालीको युग मानिन्थ्यो । वास्तवमा उनको यहि सफलताले देवताहरु उनी देखि चिन्तित हुन् थाले र वामन अवतारको सहयोगबाट उनको पतन गराए ।  आफ्नो मृत्युको विषयबाट चिन्तित रहेका आफ्ना प्रजाहरूको मन् शान्त पार्न, उनलाई प्रत्येक वर्ष दिपावली पर्व मा एक पटक पृथ्वीमा फर्कने अनुमति दिइएको थियो । आफु पनि राजा बलीसँग छलकपट गरेको पश्चाताप मेटाउन जीवन भर राजा बलिको द्वार पाले भएर बस्ने वाचा दिनु भएको थियो।बलीले दानको संकल्प गरीसकेका कारण वामनको एक पाईला आफ्नो शिरमा राखेर दानको विधी पुरा गरे।त्यस पछि वामनले इन्द्रलाई स्वर्ग दिलाएर राजा
बलिका साथ सुतलमा जानुभयो।
पं-बालमुकुन्द देबकोटा

मेष
आएमा वृद्धि भएर जानेछ छुटेर रहेका साथीहरूसँग भेटघाट हुने योग छ। बोलीको प्रभाव बढेर जानेछ। न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ। सामाजिक उत्तरदायित्व बढेर जानेछ।
बृष
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ कुरा काट्नेहरू सक्रिय रहनेछन् गुप्त रोगले सताउने देखिन्छ स्थायी सम्पत्तिमा विवादको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक कलह बढेर जानेछ।
मिथुन
सुचारु भएका काममा बाद आउने देखिन्छ आफन्तमा बहिरभाव उत्पन्न हुनेछ। स्वास्थ्य सम्बन्धी समस्या आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। अनावश्यक विवाद बढेर जानेछ।
कर्कट
व्यापार व्यवसायमा सुधार भएर जानेछ आकस्मिक धननाप मिल्नेछ। मान्यजनको सरसहयोग मिल्नुका साथै नयाँ कार्यको थालनी हुने योग रहेको छ। न्यायिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ।
सिह
आकस्मिक धनलाभ मिल्नेछ फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। आफन्तबाट सहयोग प्राप्त हुने देखिन्छ पैत्रिक सम्पत्तिबाट लाभ मिल्नुका साथै प्रशासनिक कार्यमा समेत सुधार भएर जानेछ।
कन्या
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ व्यापार व्यवसायमा कठिनता उत्पन्न हुने देखिन्छ। मानसिक कष्टता प्राप्त हुनेछ स्वास्थ्यमा गडबड आउने देखिन्छ।
तुला
आर्थिक क्षेत्रमा सुधार भएर जानेछ दाम्पत्य जीवनमा माधुर्यता छाउनेछ। रोकिएका कामहरू पूरा भएर जानेछन् धार्मिक क्षेत्रमा मन जाने देखिन्छ सामाजिक कार्यमा समय व्यतित हुने योग रहेको छ।
बृश्चिक
अजन अध्यापनमा सफलता मिल्नेछ लामो दुरीको यात्राको अवसर मिल्नेछ। उच्च व्यक्तिबाट मानसम्मान प्राप्त हुनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ।
धन
अधुरा काम पूरा भएर जानेछन्। शैक्षिक क्षेत्रमा उन्नति भएर जानेछ। स्वास्थ्यमा सुधार आउनेछ। माङ्गलिक कार्यमा सहभागी हुने योग रहेको छ। पारिवारिक प्राप्त हुनाले नयाँ कार्यको थालनी हुने देखिन्छ।
मकर
प्रशासनिक कार्यमा विविध समस्या आउने देखिन्छ मनमा अनेक किसिमका पीडा उत्पन्न हुनेछ। स्थान परिवर्तनको योग रहेको छ। मान्यजनको अपहेलनाले मनमा चिन्ता बढेर जानेछ। सजगताका साथ अगाडि बढ्नुहोला।
कुम्भ
न्यायिक कार्यमा सफलता मिल्नेछ अध्ययन अध्यापनमा वृद्धि भएर जानेछ। शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् नयाँ साथीको आगमन हुने देखिन्छ।
मीन
स्वास्थ्यमा सुधार भएर जानेछ आर्थिक क्षेत्रमा वृद्धि भएर जानेछ। पद प्रतिष्ठा मा उन्नति भएर जाने देखिन्छ आकस्मिक धनलाभ मिल्ने योग रहेको छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नाले सबैको प्रशंसानीय भइनेछ।

मेष राशि

साझेदारी कार्यमा बढी वृद्धि भएर जानेछ। अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ। बोलीमा मिठास आउनेछ। आफन्तको सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ।

वृष राशि

अध्ययन अध्यापनमा सफलता मिल्नेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ। मिष्ठान भोजनको अवसर जुट्नेछ। साथीभाइको प्राप्त सरसहयोगले मनमा थप हौसला बढ्ने देखिन्छ। आकस्मिक धन लाभ हुने देखिन्छ

मिथुन राशि

मा व्यर्थैमा झगडा को सामना गर्नुपर्नेछ आँखा सम्बन्धी समस्याले सताउनेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। अध्ययन अध्यापनमा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ। अर्काले गरेको गल्तीको आफू भागीदार बन्नुपर्ने देखिन्छ।

कर्कट राशि

सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ मानसम्मानमा आघत पुग्नेछ झुटा आरोपको सामना गर्नुपर्नेछ। आयआर्जनमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।

सिंह राशि

अधुरा काम पूरा भएर जानेछन् साझेदारी कार्यमा सफलता मिल्नेछ। आयआर्जनमा वृद्धि भएर जानेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। शैक्षिक क्षेत्रमा उन्नति प्रगति भएर जानेछ। बोलीको प्रभाव बढेर जानेछ।

कन्या राशि

साझेदारी कार्यमा विवादको सामना गर्नुपर्ने देखिन्छ झुटा आरोपको सामना गर्नुपर्नेछ शैक्षिक क्षेत्रमा असफलता मिल्ने देखिन्छ। खुट्टा काट्नेहरू सक्रिय भएर जानेछन्।

तुला राशि

पराक्रम बढेर जानेछ। वैदेशिक यात्रामा लाभ मिल्नेछ कृषि चौपायाबाट मनज्ञ आम्दानी प्राप्त गर्न सकिन्छ। स्वास्थ्यमा सुधार आउनेछ। फसेको धन उठ्न सक्नेछ पारिवारिक सहयोग मिल्नाले मनमा सुखी छाउनेछ।

वृश्चिक राशि

थोरै कुरामा विवादको सामना गर्नुपर्नेछ। आएमा कमी भएर जानेछ। विश्वास गरेकाबाट धोका हुनेछ स्वास्थ्यमा गडबड आउने हुँदा ानपिनमा विचार पुर्‍याउनुहोला। विवादको सामना गर्नुपर्नेछ।

धनराशि

धनमाल हराउन सक्न योग रहेको छ। आपसी साझेदारी कार्यमा विवादको सामना गर्नुपर्ने देखिन्छ। आयआर्जनमा कमी आउनाले मनमा मनमा चिन्ता बढेर जानेछ विश्वास गरेकोबाट धोका पाउने सकिनेछ।

मकर राशि

मानसम्मान   मिल्नेछ लेखन शैलीमा तीव्रता आउनेछ रोकिएका कामहरू पूरा भएर जानेछन्। धातु सम्बन्धी व्यवसायमा लाभ मिल्नेछ। सबैको प्यारो बन्नेछ। कुम्भ राशि लेनदेनमा विवाद परेता पनि न्यायिक पक्षमा तपाईंको जित हुने  देखिन्छ। धर्मकर्मतर्फ मन जानेछ। आफूले गरेका कार्यले गर्दा ठूला व्यक्तिको प्रशंसनीय भइनेछ। मानसम्मान प्राप्त हुने योग रहेको छ

मीन राशि

सिर्जनात्मक कार्यमा मन जानेछ। नयाँ कार्यको थालनी हुनेछ माङ्गलिक कार्यमा सरिक भइनेछ। कृषि चौपायाबाट लाभ लिनुका साथै आकस्मिक धन लाभ मिल्ने देखिन्छ।

मेष
पारिवारिक मेलमिलाप बढेर जानेछ बोलीमा माधुर्यता छाउनेछ। साथीभाइबाट सरसहयोग मिल्ने देखिन्छ । पराक्रम बढेर जानेछ। बोलीमा आएको सुधारले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ। धर्मकर्म तर्फ मन जानाले सबैको प्यारो बनिनेछ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। धार्मिक क्षेत्रको भ्रमण गरिनेछ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। लामो दुरीको यात्राको अवसर मिल्नेछ। व्यापार व्यवसायमा सुधार भएर जानेछ।
मिथुन राशि
नोकरीमा पदोन्नतिको सम्भावना बढेर गएको छ ।अनावश्यक विवादको अन्त्य भएर जाने छ।  कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
कर्कट राशि
व्यापार व्यवसायमा सफलता मिल्नेछ। माङ्गलिक कार्यमा सहभागी भइनेछ। मानसम्मान मिल्ने देखिन्छ। जीवनमा नयाँ साथीको आगमनले मनमा खुसी छाउनुका साथै नयाँ कार्यको थालनी समेत गरिने योग रहेको छ।
सिंह राशि
स्थायी सम्पत्ति प्राप्त हुने योग रहेको छ। आयआर्जनमा वृद्धि भएर जानेछ। विलासिताका सामान जोडिने योग रहेको छ। स्वास्थ्यमा सुधार भएर जानेछ।
कन्या राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ।  आयमा कमी आउनेछ। बोलीमा कठोरता हुनाले हातमा परेको धन समेत उम्कन सक्छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ सजग रहनुहोला।
तुला राशि
आयआर्जनमा कमी आउनेछ । विश्वास गरेकाबाट धोका हुने देखिन्छ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। आफन्तमा विवादको सामना गर्नुपर्ने देखिन्छ।
वृश्चिक राशि
मानसिक तथा स्वास्थ्यमा गडबड आउने हुँदा दाम्पत्य जीवनमा कलह छाउनेछ। अनावश्यक विवादको सामना गर्नुपर्नेछ गुप्त समस्या र पेट सम्बन्धी समस्या आउनेछ। सेयर बजारमा रास आउनुका साथै चोटपटकको समेत सम्भावना रहेको छ।
धनु राशि
मानसम्मान प्राप्त हुनेछ । जागिरमा पदोन्नतिको सम्भावना रहेको छ रोकिएका कामहरू पूरा भएर जानेछन्। नयाँ साथीको आगमनले मनमा हर्ष छाउने देखिन्छ।
मकर राशि
कार्यमा बाधा आयआर्जनमा कमी आउनाले मानसिक तनाव बढेर जानेछ। पतिपत्नी बीच कलह छाउनेछ अनेक प्रकारका समस्याहरू उत्पन्न हुनुका साथै आफन्तजनको समेत कार्यमा बाधा आउने देखिन्छ।
कुम्भ राशि
न्याय क्षेत्रमा तपाईँको जित हुने देखिन्छ बोलीमा माधुर्यता छाउने छ। वैदेशिक कार्यमा अवरोध आउनेछ। आकस्मिक पारिवारिक स्वास्थ्यमा समस्या आउनाले मनमा चिन्ता बढेर जानेछ। कुरा काट्नेहरु सक्रिय रहनेछन्
मिन राशि
स्वास्थ्यमा बाधा आउने देखिन्छ। अनावश्यक विवाद उत्पन्न हुनेछ खर्चको मात्रा बढेर जानेछ । पारिवारिक कलह बढ्नुका साथै दिनको उत्तरार्धमा कार्यमा केही सुधार आउनाले मनमा सन्तुष्टि नै प्राप्त हुने देखिन्छ

?मिती २०८१ साल भाद्र २६ गते बुधबार
भाद्र शुक्ल अष्टमी तिथी वेलुका ६ / १९ बजेसम्म त्यस उप्रान्त नवमी तिथी भएको हुनाले यो दिन राधाष्टमी, राधा महारानीको जन्मदिन भएकोले राधा भगवान कृष्णको विख्यात प्राणसखी, ब्रज धामको रानी र वृषभानुको पुत्री हुन ।उहाँको प्राकाट्य दिवस ,गौरा पर्व र कागेश्वरी मेलाको शुभकामना व्यक्त गर्दछु।
हरेक भाद्र शुक्ल अष्टमीका दिन (महा अष्टमी भन्दा तिथि अनुसार ठिक एक महिना अगाडी) कागे अष्टमी मेला लाग्ने गर्दछ ।
कागे अष्टमीका दिन देशका बिभिन्न ठाउंबाट हजारौं तिर्थालुहरु राजधानी काठमाडौंको उत्तर पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वर महादेव मन्दिरमा दर्शनका लागि पुग्ने गर्दछन् ।कागेश्वर मेलामा हिन्दु तथा बौद्ध धर्माबलम्बीहरु त्यत्तिकै ठुलो संख्यामा जाने गर्दछन् ।कागेश्वरमेलामा ढ्याङ्गग्रे र विविध भेषभुषामा प्रस्तुत हुने झाँकी थप आकर्षणका रुपमा रहन्छन् ।यसै दिन नेवार समुदायले लाखे नाच निकालिन्छ ।जनै पुर्णिमामा रसुवाको गोसाईकुण्ड जाने भक्तजनहरुले त्यहांबाट जल ल्याउने र कागे अष्टमीका दिन कागश्वर महादेवलाई सो जल चढाएर ब्रत बिर्सजन गर्ने प्रचलन रहि आएको छ । कागको रूपमा रहेका कागेश्वर महादेवको स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश हुने र सुख, शान्ति प्राप्त गरी मरणोपरान्त सुखभोगको फल मिल्ने मान्यता छ।धार्मिक मान्यताअनुसार कागले मानिसलाई छुँदा अशुभ मानिन्छ, कागको बिष्टा शरीरमा परेमा अनिष्ट हुनसक्छ र कागको मैथुन देखेमा अपशकुन लाग्छ भन्ने उक्ति विद्यमान रहेकाले सो प्रकारका दोषलाई कागदोष मानिन्छ र यस्तो कागदोषबाट मुक्ति पाउन वर्ष दिनभर कागदोष लागेका मानिस यहाँ आई स्नान गरेर कागेश्वर महादेवलाई जल चढाई पूजाआजा गरी अनिष्टता निवारण गराउँछन् ।यस महादेवस्थानमा रहेको सेन पर्वत अर्थात् कागेश्वर पहाड चढ्नाले मात्रै १० गाई दान गरे बापतको फल मिल्ने पुराणमा उल्लेख भएकाले यहाँको धार्मिक आस्थाको गरिमा अझ अटल रहन्छ ।किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको बताइन्छ ।श्रीस्वस्थानी व्रतकथामा कागेश्वर महादेवको आराधनाको महत्वको व्याख्या गरिएको छ ।सत्ययुगमा सतीदेवीको अङ्ग मुटु पतन भएर सेनपिठ उमादेवी अष्टबक्रायोगिनी कागेश्वर महादेव उत्पत्ति भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ ।
उक्त स्थानमा नवग्रह आएर अनेक तरहले पूजाआजा गर्दा महादेव प्रसन्न रही वरदान माग भन्नुभयो ।तब नवग्रहले हामी मानवका जीवनमा आउने हरप्रकारका घटनाका उत्तरदायी बन्न सकौं र तिनका जीवनमा लाभ तथा हानि हाम्रो कारणले नै होस् भनी मागे र सो वरदान प्राप्त गरेकाले यहाँको महादेवको दर्शनले नवग्रह दशा शान्ति रही शुभफल मिल्ने मान्यता छ ।
यसैगरि अको कथनअनुसार सत्ययुगमा महादेब र पार्वती वनबिहार गर्न निक्लनुभयो ।वनबिहार गर्दागर्दै महादेवले पार्वतीलाई छल गरि सेन पर्बत अर्थात यहि कागेश्वर पहाडको गुफामा आई तपस्या गर्न थाल्नुभयो ।एकाएक शिवजी अन्तरध्यान भएपछि चिन्तित पार्वतीले ध्यानदृष्ट्रिले पत्ता लगाए ।पार्वतीले सेतो कागको रुप धारण गरि जल चुच्चाले च्यापि महादेवलाई चढाएपछि शिव भगवान खुशि भएर कागेश्वर भगवानको नाममा त्यस क्षेत्रमा विराजमान भएको हो ।
मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो ।
यस पर्वका अवसरमा कागेश्वरी-मनाेहरा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ।
कागे अष्टमीका अवसरमा कागेश्वर महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोकामा रहेको कागेश्वर मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेको पाईन्छ।
कागेश्वर मेलासम्बन्धी विभिन्न धार्मिक मान्यता रहिआएका छन्।यमराजको दूत कागले मान्छेलाई छुँदा अशुभ हुने र त्यसबाट मुक्त हुन कागेश्वर मन्दिरको पोखरीमा नुहाउनु पर्ने धार्मिक मान्यता रहेको छ।महादेवका ६४ लिंगमध्ये कागेश्वरी महादेव पनि एक भएकाले यसको दर्शन गर्दा मनोकामना पूर्ण हुने आस्थाका साथ यहाँ भक्तजनको भीड लाग्ने गर्दछ।कागको रूपमा रहेका कागेश्वर महादेवको स्नान गरी जल चढाई पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ।त्यस्तै गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल लिएर राजधानीको उत्तरपूर्वी कागेश्वरीमा अवस्थित कागेश्वर महादेवलाई स्नान गराएपछि आफ्नो धार्मिक यात्रा तथा मनोकामना पूर्ण हुने विश्वास रहिआएको छ।
कागेश्वर महादेव उत्पत्तिका सम्बन्धमा पनि विभिन्न किम्बदन्ती छन्। प्राचीनकालको एक किम्बदन्तीअनुसार महादेव कैलाशबाट हराएपछि ब्रह्मा, विष्णु, इन्द्र र पार्वती महादेवलाई खोज्न विभिन्न स्थानमा गएका थिए।तर, कहि भेटाउन सकेनन्।पछि कागले सूचना दिएपछि महादेव यही स्थानमा भेटिएका थिए।कागको सूचनाका आधारमा महादेव फेला परेपछि यो स्थानलाई कागेश्वर महादेवका रुपमा स्थापित गरिएको हो।त्यसैले भदौ शुक्ल अष्टमीका दिन मन्दिरपरिसरमा सुनको कागको प्रतिमूर्ति राखिने र त्यसको विधिवत तरिकाले पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार कागलाई यमराजको दूत पनि मानिन्छ। त्यसैले तिहारमा कागको विशेष पूजा गरिँदै आएको छ।त्यस्तै काग संवाहकको सूचक पनि मानिन्छ।मुखमा खानेकुरा बोकेको काग देखिएमा शुभ मानिन्छ।बिहानपख घरको छतमा आएर काग कराएमा पाहुना आउने संकेत मानिन्छ।यो दिन मन्दिरमा पूजाआजा गर्दा सम्पूर्ण पाप नास हुने र सुख, शान्ति प्राप्त गरी मरणोपरान्त सुखभोगको फल मिल्ने मान्यता रहिआएको छ।
पं-बालमुकुन्द देबकोटा

मेष
अधुरा काम पुरा भएर जानेछन् आय आर्जनमा वृद्धि भएर जनेछ साथिभाईका साथ रमाईलो गरिने छ मानसम्मान प्राप्त हुने योग रहेको छ शिक्षा क्ष्ँेत्रमा आएको सफलताले सबैको प्यारो बनिनेछ ।
वृष
आर्थिक लेनदेनमा विवादको सामाना गर्नु पर्ने छ काममा बाधा आउने देखिन्छ झुटटा आरोपको सामना गर्नु पर्ने देखिन्छ शिक्षा क्षेत्रमा आएको बाधाले मनमा चिन्ता बढेर जाने छ आफन्तमा बैरभाब उत्पन्न हुने देखिन्छ पारिवारीक कलह बढेर जानाले मनमा चिन्ता बढ्ने देखिन्छ स्वास्थ्यमा गडबड आउने हदा खानपानमा बिचार पु¥याउनु होला ।
मिथुन
रिसको मात्रा बढेर जानेछ व्यपार व्यवसायमा हानि भएर जाने छ विस्वास गरेकाबाट धोका हुने छ गरिरहेको काममा बाधा आउनाले मनमा चिन्ता बढेर जाने छ । अनावश्यक खर्चको मात्रा बढेर जानेछ शेयर बजारमा हानि हुने देखिन्छ कृषक बर्गका लागि आजको दिनमा सामान्य फल प्राप्त हुने देखिन्छ बेदेशिक कार्यमा भने राम्रै सफलता मिल्ने देखिन्छ ।
कर्कट
व्र्यथैमा झैझगडाको सामना गर्नुपर्नै छ आयमा कमि आउने छ बिद्या क्षेत्रमा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ पारिवारीक समस्याले सताउने छ अनाबश्यक रुपमा आएको खर्चले मानसिक पिडा बढेर जानेछ स्वास्थ्यमा गडबड आउने हुदँ खानपानमा बिचार पु¥याउनु होला बोल्दा बिचार पु¥याउनु होला मान्यजनमा बिवाद आउने देखिन्छ ।
सिंह
बोलिको प्रभाब बढेर जानेछ व्यपार व्यवसायमा सुधार भएर जानेछ स्थायि सम्पत्तिमा लाभ रहनेछ कृषि चौपायबाट राम्रै आम्दानि गर्न सकिने छ मान सम्मान प्राप्त हुनाले मनमा उत्साह बढेर जानेछ लामो समयबाट चलदै आएको विवादको अन्त्य भएर जानाले सबैको प्यारो बनिनेछ बेदेशिक कार्यमा लाभ मिल्ने देखिन्छ
कन्या
आय आर्जनमा वृद्धि भएर जाने छ बोलिमा आएको सुधारले सबैको प्यारो बनिनेछ भौतिक साधनमा वृद्धि भएर जाने छ पराक्रम बढेर जानेछ धार्मिक कार्यमा सहभागि हुने योग रहेको छ मान्यजनबाट प्राप्त सरसहयोगले मनमा उत्साह बढ्नका साथै नया कार्यको थालनि समेत गरिने योग रहेको देखिन्छ प्रेम गर्ने अवसर जुट्ने देखिन्छ
तुला
आय आर्जनमा कमि आउने देखिन्छ अध्यान अध्यापनमा कमि आउने ने दखिन्छ सन्तान मा कलह बढेर जाने छ सवारी साधनबाट जोगिनु पर्ने देखिन्छ स्थायि सम्पत्तिमा विवादको सामना गर्नु पर्नेछ गुप्त समस्याले सताउनेछ न्यायिक पक्षमा सजग रहनु पर्ने देखिन्छ प्रशासनिक कार्यमा बाधा अउनका साथै झुट्टा आरोपको सामना गर्नु पर्ने देखिन्छ ।
वृश्चिक
धार्मिक कार्यमा सहभागि भईनेछ व्यवसायमा सुधार भएर जानेछ आफन्तमा रहेको विवादको अन्त्य भएर जानेछ स्थायि सम्पत्तिमा वृद्धि भएर जानेछ सन्तान सुख पाईने योग रहेको छ नया कार्यको थालनि हुने योग रहेको छ न्यायिक क्षेत्रमा तपाईकै जित हुने देखिन्छ मान्यजनबाट सहयोग मिल्नाले मनमा उत्साह बढेर जाने देखिन्छ ।
धन
सन्तान सुख पाईने योग रहेको छ शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ बैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ कुरा काट्नेहरु सक्रिय रहनेछन् धार्मिक कार्यमा सहभागि भईनुले सबैको प्यारो बनिनेछ आफन्तको सहयोग मिल्ने छ मातृ सुखमा वृद्धि भएर जानेछ दाम्पत्य जिवनमा सुधार भएर जानेछ मान सम्मान पाईने योग रहेको छ कृषि क्षेत्रमा सुधार हुने देखिन्छ ।
मकर
न्यायिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ विद्या क्षेत्रमा सफलता मिल्ने छ धर्मकर्म तर्फ मन जानाले मनमा उत्साह बढेर जाने देखिन्छ बोलिमा सुधार भएर जाने देखिन्छ साथिभाईबाट सरसहयोग मिल्ने छ कृषि क्षेत्रमा लाभ मिल्ने देखिन्छ व्यपारमा सुधार भएर जानेछ आकश्मिक धन लाभ मिल्ने देखिन्छ
विद्या क्षेत्रमा सफलता पाईने योग रहेको छ ।
कुम्भ
पारिवारीक कार्यमा सफलता मिल्ने छ बैदेशिक कार्यमा सुधार भएर जानेछ पति पत्नी बिच मधुर्यता छाउनेछ धार्मिक यात्राका अवसर प्राप्त हुने योग रहेको छ मान सम्मान पाईने योग रहेको छ राजनिति तर्फ सफलता मिल्नुका साथै शेयर बजारबाट लाभ मिल्नाले मनमा खुशि छाउनेछ व्यवसायमा सुधार भएर जानेछ आकश्मिक धन लाभ हुनेछ ।
मिन
व्यपार व्यवसायमा सुधार भएर जाने छ आफन्तको सहयोग मिल्नेछ बिलासिताका सामानमा खर्च गरिने योग रहेको छ न्यायिक कार्यमा सफलता मिल्नाले मनमा खुशि छाउनेछदाम्पत्य जिवनमा सुख प्राप्त हुनेछ स्वस्थ्यमा सुधार हुने देखिन्छ प्रेम गर्ने अवसर जुट्नेछ मा¨लिक कार्यमा सहभागि भईने योग रहेको छ पैतिृक सम्पति पाईने योग रहेको छ ।


आज २०८१  साल भाद्रशुक्लपक्ष २५ गते मंगलबार सप्तमी तिथी वेलुका ५ / ५८ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथी भएको हुनाले यो दिन देखी आश्विनकृष्ण अष्टमी तिथी आश्विन ८ गते मंगलबार १६ दिन माता महालक्ष्मीको व्रत ,पूजा, अर्चनागर्ने दिन भएकोले कलिकालमा मनुस्यले महालक्ष्मी बारे बुझेर व्रत बस्नाले के प्राप्त हुन्छ बुझ्न जरूरी छ !
सर्वप्रथम देवताहरु र दानवहरु मिलेर देवासुरसंग्राम {समुन्द्रमन्थन }को प्रयोजन भएको थोयो। जसमा विभिन्न चिज – बिज निस्किएर विभिन्न देवताहरुले आफुले ग्रहण गर्नुभएको थियो। अनि अप्शराहरु निस्किए तिनीहरु देवताहरुको सुखकोलागि निस्किए। त्यसपछि “ततस्चाविरभूत् साक्षाच्छ्री रमा भगवत्परा। रञ्जयन्ती दिश :कान्त्या विद्दुत् सौदामनी यथा “//शोभाकी मूर्ति स्वयं लोककी अधिश्वरी कल्याणमयी भगवती लक्ष्मीदेवी द्वादशीको प्रात :काल सूर्योदय हुनलाग्दा प्रकट हुनुभयो। वहाँ भगवान श्रीनारायणको नित्यशक्ति हुनुहुन्छ र वहाँको बिजुलीको समान चमकीलो मुहार देखेर दिशाहरू जगमगाएर उठ्दछन्। माताको सौन्दर्य ,यौवन ,रुप -रंग र महिमाले गर्दा स्वयं इन्द्रले बस्नकोलागी आसन ,नदीले अभिषेकको लागि सुनको कलशमा जल ,पृथ्वीले औषधि , गाइले पञ्चगव्य ,वसन्तऋतुले फल – फुल उपहार दिए ,ऋषिहरूले अभिषेक ,गन्धर्वहरुले सुमधुर गान ,नर्तकिहरुले नाच ,बादलले डमरु ,ढोल ,वेणु ,शङ्ख आदि बजाए,समुन्द्रले पहेंलो रेशमी वस्त्र ,बरुणले वैजयन्ति माला ,विश्वकर्माले गहना सरस्वतीले मोतीको हार ,ब्रह्माजीले कमल र नागले दुईवटा कुण्डल उपहार महालक्ष्मीलाई दिनुभयो। त्यसपछि ब्राह्मणहरुले{ श्रीशुक्त }वेदपाठगर्दै पूजन गर्नुभयो।
करिष्यकहं महालक्ष्मि व्रतमें त्वत्परायणा ।
तदविघ्नेन में यातु समप्तिं स्वत्प्रसादतस् ।।
अर्थात हे देवी म यहाँको सेवामा तत्पर भएर यहाँको यस महाव्रतको निष्ठापूर्वक पालना गर्नेछु।मेरो यस व्रत निर्विघ्न पूर्ण रहोस् । सर्वप्रथम दिप ,कलश ,{विश्वक्शेन}गणेशको पूजनगर्दै चौकीमाथि अष्टदल लेखि कलश थापी तामाको थालीमा कमलको आशन राखी १६ कलाको लक्ष्मीको बिग्रह , फोटो ,प्रतिमा आदिमा षोडषोपचारले पूजागरि श्रीखण्ड ,तिल ,तुलशी ,माला ,कमलको गट्टा,काँचो धागोले १६ वटा पवित्र ग्रन्थि बनाएर महालक्ष्मीलाई धारण गरेर १६ प्रकारको फूल ,१६ प्रकारको फल,पक्वान्न आदि अर्पण गरि महालक्ष्मीको मन्त्र नाम पढ्दै तिल ,तुलशीले ॐ १.श्रियै नम :२.अमृतोभवायै नम :३.कमलायै नम :४.चन्द्रसोदर्यै नम :५.विष्णुपत्न्यै नम :६.वैष्णव्यै नम :७.वरारोहायै नम :८.हरिवल्लभायै नम :९.शारङ्गीण्यै नम :१०.देवदेवीकायै नम :११.लोकसुन्दर्यै नम :१२.महालक्ष्म्यै नम :भनि यी बाह्र नामले अर्चना गर्नुभयो। त्यसपछि अष्टसुगन्ध र कपुर आरती {पाउमा चार पटक ,नाभीमा दुइपटक,मुखकोमलमा एक पटक }अनि सातपटक सवै बिग्रह वरिपरि घुमाउनु भयो। यता पकवान्न ,फलफूल ,पान – मसला ,नरिवेल ,मिष्ठान्नमा तुलसी छोड्दै शुगन्धिद्रव्य र सौभाग्य अर्पणगर्दै चमर – पंखाले हम्किनु भयो। त्यसपछि महालक्ष्मीको मन्त्र जप्दै हातमा तुलशीलिँदै “महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धिमही तन्नो लक्ष्मी :प्रचोदयात्”भनि लक्ष्मीजिमा अर्पण गर्नु भयो। त्यसपछि पूजा सवै बिसर्जन गरि मातालाई भोग {खानेकुरा }लगाएर {चढाएर }आफुहरुले पनि प्रशाद भोजन गर्नुभएको थियो। त्यसैगरी हामी कलिकालका मनुष्यहरुले पनि आजको दिन लक्ष्मीको दिन भएकोले आफुले श्रद्धा ,भक्ति ,तन ,मन ,धन लगाएर महालक्ष्मीको व्रत र पूजा गर्नाले हामीहरुलाई धर्म ,अर्थ ,काम ,मोक्ष चारै पुरुषार्थ प्राप्त भएर अन्त्यमा कहिल्यै ननासिने रमावैकुण्ठमा लैजानुहुन्छ। हरि ॐ तत्सत् !
मलक्ष्मीजिको आरती सवैले पढेर आफुलाई धन्य र पुलङ्कित पार्नुहोस !
नमस्तेस्तु महामाये श्री पीठे सुर पूजिते !
शंख चक्र गदा हस्ते महालक्ष्मी नमोस्तुते !!
नमस्तेतु गरुदारुढै कोलासुर भयंकरी !
सर्वपाप हरे देवी महालक्ष्मी नमोस्तुते !!
सर्वज्ञे सर्व वरदे सर्व दुष्ट भयंकरी !
सर्वदुख हरे देवी महालक्ष्मी नमोस्तुते !!
सिद्धि बुद्धि प्रदे देवी भक्ति मुक्ति प्रदायनी !
मंत्र मुर्ते सदा देवी महालक्ष्मी नमोस्तुते !!
आध्यंतरहीते देवी आद्य शक्ति महेश्वरी !
योगजे योग सम्भुते महालक्ष्मी नमोस्तुते !!
स्थूल सुक्ष्मे महारोद्रे महाशक्ति महोदरे !
महापाप हरे देवी महालक्ष्मी नमोस्तुते !!
पद्मासन स्थिते देवी परब्रह्म स्वरूपिणी !
परमेशी जगत माता महालक्ष्मी नमोस्तुते !!
श्वेताम्भर धरे देवी नानालन्कार भुषिते !
जगत स्थिते जगंमाते महालक्ष्मी नमोस्तुते!!
महालक्ष्मी अष्टक स्तोत्रं य: पठेत भक्तिमान्नर:!
सर्वसिद्धि मवाप्नोती राज्यम् प्राप्नोति सर्वदा !!
एक कालम पठेनित्यम महापापविनाशनम !
द्विकालम य: पठेनित्यम धनधान्यम समन्वित: !!
त्रिकालम य: पठेनित्यम महाशत्रुविनाषम !
महालक्ष्मी भवेनित्यम प्रसंनाम वरदाम शुभाम !!
पं-बालमुकुन्द देबकोटा


आज २०८१  साल भाद्रशुक्लपक्ष २५ गते मंगलबार सप्तमी तिथी वेलुका ५ / ५८ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथी भएको हुनाले यो दिन देखी आश्विनकृष्ण अष्टमी तिथी आश्विन ८ गते मंगलबार १६ दिन माता महालक्ष्मीको व्रत ,पूजा, अर्चनागर्ने दिन भएकोले कलिकालमा मनुस्यले महालक्ष्मी बारे बुझेर व्रत बस्नाले के प्राप्त हुन्छ बुझ्न जरूरी छ !
सर्वप्रथम देवताहरु र दानवहरु मिलेर देवासुरसंग्राम {समुन्द्रमन्थन }को प्रयोजन भएको थोयो। जसमा विभिन्न चिज – बिज निस्किएर विभिन्न देवताहरुले आफुले ग्रहण गर्नुभएको थियो। अनि अप्शराहरु निस्किए तिनीहरु देवताहरुको सुखकोलागि निस्किए। त्यसपछि “ततस्चाविरभूत् साक्षाच्छ्री रमा भगवत्परा। रञ्जयन्ती दिश :कान्त्या विद्दुत् सौदामनी यथा “//शोभाकी मूर्ति स्वयं लोककी अधिश्वरी कल्याणमयी भगवती लक्ष्मीदेवी द्वादशीको प्रात :काल सूर्योदय हुनलाग्दा प्रकट हुनुभयो। वहाँ भगवान श्रीनारायणको नित्यशक्ति हुनुहुन्छ र वहाँको बिजुलीको समान चमकीलो मुहार देखेर दिशाहरू जगमगाएर उठ्दछन्। माताको सौन्दर्य ,यौवन ,रुप -रंग र महिमाले गर्दा स्वयं इन्द्रले बस्नकोलागी आसन ,नदीले अभिषेकको लागि सुनको कलशमा जल ,पृथ्वीले औषधि , गाइले पञ्चगव्य ,वसन्तऋतुले फल – फुल उपहार दिए ,ऋषिहरूले अभिषेक ,गन्धर्वहरुले सुमधुर गान ,नर्तकिहरुले नाच ,बादलले डमरु ,ढोल ,वेणु ,शङ्ख आदि बजाए,समुन्द्रले पहेंलो रेशमी वस्त्र ,बरुणले वैजयन्ति माला ,विश्वकर्माले गहना सरस्वतीले मोतीको हार ,ब्रह्माजीले कमल र नागले दुईवटा कुण्डल उपहार महालक्ष्मीलाई दिनुभयो। त्यसपछि ब्राह्मणहरुले{ श्रीशुक्त }वेदपाठगर्दै पूजन गर्नुभयो।
करिष्यकहं महालक्ष्मि व्रतमें त्वत्परायणा ।
तदविघ्नेन में यातु समप्तिं स्वत्प्रसादतस् ।।
अर्थात हे देवी म यहाँको सेवामा तत्पर भएर यहाँको यस महाव्रतको निष्ठापूर्वक पालना गर्नेछु।मेरो यस व्रत निर्विघ्न पूर्ण रहोस् । सर्वप्रथम दिप ,कलश ,{विश्वक्शेन}गणेशको पूजनगर्दै चौकीमाथि अष्टदल लेखि कलश थापी तामाको थालीमा कमलको आशन राखी १६ कलाको लक्ष्मीको बिग्रह , फोटो ,प्रतिमा आदिमा षोडषोपचारले पूजागरि श्रीखण्ड ,तिल ,तुलशी ,माला ,कमलको गट्टा,काँचो धागोले १६ वटा पवित्र ग्रन्थि बनाएर महालक्ष्मीलाई धारण गरेर १६ प्रकारको फूल ,१६ प्रकारको फल,पक्वान्न आदि अर्पण गरि महालक्ष्मीको मन्त्र नाम पढ्दै तिल ,तुलशीले ॐ १.श्रियै नम :२.अमृतोभवायै नम :३.कमलायै नम :४.चन्द्रसोदर्यै नम :५.विष्णुपत्न्यै नम :६.वैष्णव्यै नम :७.वरारोहायै नम :८.हरिवल्लभायै नम :९.शारङ्गीण्यै नम :१०.देवदेवीकायै नम :११.लोकसुन्दर्यै नम :१२.महालक्ष्म्यै नम :भनि यी बाह्र नामले अर्चना गर्नुभयो। त्यसपछि अष्टसुगन्ध र कपुर आरती {पाउमा चार पटक ,नाभीमा दुइपटक,मुखकोमलमा एक पटक }अनि सातपटक सवै बिग्रह वरिपरि घुमाउनु भयो। यता पकवान्न ,फलफूल ,पान – मसला ,नरिवेल ,मिष्ठान्नमा तुलसी छोड्दै शुगन्धिद्रव्य र सौभाग्य अर्पणगर्दै चमर – पंखाले हम्किनु भयो। त्यसपछि महालक्ष्मीको मन्त्र जप्दै हातमा तुलशीलिँदै “महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धिमही तन्नो लक्ष्मी :प्रचोदयात्”भनि लक्ष्मीजिमा अर्पण गर्नु भयो। त्यसपछि पूजा सवै बिसर्जन गरि मातालाई भोग {खानेकुरा }लगाएर {चढाएर }आफुहरुले पनि प्रशाद भोजन गर्नुभएको थियो। त्यसैगरी हामी कलिकालका मनुष्यहरुले पनि आजको दिन लक्ष्मीको दिन भएकोले आफुले श्रद्धा ,भक्ति ,तन ,मन ,धन लगाएर महालक्ष्मीको व्रत र पूजा गर्नाले हामीहरुलाई धर्म ,अर्थ ,काम ,मोक्ष चारै पुरुषार्थ प्राप्त भएर अन्त्यमा कहिल्यै ननासिने रमावैकुण्ठमा लैजानुहुन्छ। हरि ॐ तत्सत् !
मलक्ष्मीजिको आरती सवैले पढेर आफुलाई धन्य र पुलङ्कित पार्नुहोस !
नमस्तेस्तु महामाये श्री पीठे सुर पूजिते !
शंख चक्र गदा हस्ते महालक्ष्मी नमोस्तुते !!
नमस्तेतु गरुदारुढै कोलासुर भयंकरी !
सर्वपाप हरे देवी महालक्ष्मी नमोस्तुते !!
सर्वज्ञे सर्व वरदे सर्व दुष्ट भयंकरी !
सर्वदुख हरे देवी महालक्ष्मी नमोस्तुते !!
सिद्धि बुद्धि प्रदे देवी भक्ति मुक्ति प्रदायनी !
मंत्र मुर्ते सदा देवी महालक्ष्मी नमोस्तुते !!
आध्यंतरहीते देवी आद्य शक्ति महेश्वरी !
योगजे योग सम्भुते महालक्ष्मी नमोस्तुते !!
स्थूल सुक्ष्मे महारोद्रे महाशक्ति महोदरे !
महापाप हरे देवी महालक्ष्मी नमोस्तुते !!
पद्मासन स्थिते देवी परब्रह्म स्वरूपिणी !
परमेशी जगत माता महालक्ष्मी नमोस्तुते !!
श्वेताम्भर धरे देवी नानालन्कार भुषिते !
जगत स्थिते जगंमाते महालक्ष्मी नमोस्तुते!!
महालक्ष्मी अष्टक स्तोत्रं य: पठेत भक्तिमान्नर:!
सर्वसिद्धि मवाप्नोती राज्यम् प्राप्नोति सर्वदा !!
एक कालम पठेनित्यम महापापविनाशनम !
द्विकालम य: पठेनित्यम धनधान्यम समन्वित: !!
त्रिकालम य: पठेनित्यम महाशत्रुविनाषम !
महालक्ष्मी भवेनित्यम प्रसंनाम वरदाम शुभाम !!
पं-बालमुकुन्द देबकोटा

मेष
आय आर्जनमा वृद्धि भएर जानेछ बोलिको प्रभाव बढेर जानेछ आफन्तको सरसहयोग मिल्नेछ विद्या क्षेत्रमा सुधार भएर जानाले मनमा उत्साह बढेर जानेछ नया कार्यको थालनी हुने देखिन्छ ।
बृष
अध्यान अध्यापनमा सफलता मिल्नेछ कृपि चौपायवाट मनग्य आम्दानि गर्न सकिनेछ बौद्धिक कार्यमा वृद्धि भएर जानेछ प्रतियोगितामा तपाइकै जित हुने देखिन्छ पराक्रर्म वढेर जानेछ मान्यजनवाट सरसहयोग मिल्नाले मनमा खुशि छाउनेछ स्थान परिवर्तनको योग रहेको छ ।
मिथुन
नोकरीमा पदोन्नतिको योग रहेको छ धार्मिक कार्यमा सहभागि हुने योग रहेको छ प्रशानिक कार्यमा पदोन्नतिको योग रहेको छ अनावश्यक विवादको अन्त्य भएर जाने छ वैदेशिक कार्यमा सफल भईनेछ आर्थिक पक्ष बलियो रहने छ नया साथिको आगमनले कार्यमा थप हौसला बढेर जाने देखिन्छ ।
कर्कट
पारिवारीक मेलमिलाप बढेर जानेछ अनावश्यक विवादको अन्त्य भएर जानेछ स्थायी सम्पत्ति प्राप्त गर्न सकिनेछ रोकिएका कामहरु पुरा भएर जानेछन् व्यवसायमा सफलता मिल्नेछ नोकरीमा पदोन्नपतिको सम्भावना बटेर जाने देखिन्छ स्वास्थ्यमा सुधार भएर जानेछ भौतिक साधनको खरिद गरिने योग रहेको छ।
सिंह
आखा सम्बन्धि समस्याले सताउने छ आयमा कमि भएर जाने देखिन्छ माथिभाइबाट आलोचित हुनु पर्ने योग रहेको छ पति पत्नीविच मनमुटावकोसृजना हुनेछ न्यायिक कार्यमा बाधा आउनेछ पेट सम्बन्धि समस्याले सताउने छ मान सम्मान मिलने देखिन्छ गुप्त समस्याले सताउने देखिन्छ ।
कन्या
अध्यान अध्यापनमा सफलता मिल्नेछ पारिवारीक सहयोगले नया कार्यको थालनि हुने देखिन्छ मिष्ठान भोजको अवशर जुट्‌नेछ जग्गा जमिनबाट मनग्य आम्दानि गर्न सकिने छ आय आर्जनमा वृद्धि भएर जानेछ धर्मकर्म तर्फ मन जाने देखिन्छ नोकरीमा पदोन्नतिको सम्भावना बढेर जाने देखिन्छ ।
तुला
आयमा कमि आउने छ वादविवादको सामना गर्नु पर्ने देखिन्छ झैझगडाको सामना गर्नु पर्ने छ विश्वास गरेका बाट धोका हुने देखिन्छ खर्चको मात्रा बटेर जानेछ स्वास्थ्यमा गडबड आउने हुदा खानपानमा विचार पुर्याउनु होला आफन्तमा वैरभावको मृजना हुने देखिन्छ शत्रु पक्षवाट जोगिनु पर्ने देखिन्छ ।
वृश्चिक
लामो समय देखि चलिरहेको विबाको अन्त्य भएर जाने छ सामाजिक कार्यमासमय व्यतित् हुनेछ ठुला व्यक्तिको प्रशंशनिय भईने छ माङ्गलिक कार्यमा सहभागि भईने छ शैक्षिक कार्यमा सफलता मिल्नाले सबैको प्यारो बनिनेछ मित्र जनबाट सहयोग मिल्नाले मनमा उत्साह बढेर जाने देखिन्छ ।
धन
न्यायिक कार्यमा सफलता मिल्नेछ आर्थिक क्षेत्रमा सुधार भएर जानेछ अनावश्यक विवादको अन्त्य भएर जानेछ सामाजिक कार्यमा सफलता मिल्नेछ मान्यजनको सहयोगले नया कार्यको थालनि हुने देखिन्छ स्वास्थ्यमा सुधार भएर जानेछ नोकरीमा पदोन्नतिको समय रहेको छ सन्तान सुख पाईने योग रहेको छ ।
मकर
प्रशासनिक कार्यमा विविध समस्याको समाधान गर्नु पर्ने देखिन्छ झुद्ध आरोपको सामना गर्नु पर्ने छ शत्रु पक्षबाट जोगिनु पर्ने छ चोटपटकको संभावना रहेकोले सबारी साधनबाट जोगिनु पर्ने देखिन्छ बोलिमा आएको कठोरताले हातमा परेको धन समेत उम्कन सक्छ सजकता साथ अगाडि बढ्नु होला ।
कुम्भ
कार्यमा सफलता मिल्ने छ अल्झिएका समस्याको समाधान भएर जाने छ व्यापारबाट राम्रै आम्दानि गर्न सकिने छ पारिवारीक सरसहयोग मिल्ने छ उच्च व्यक्तिबाट मान सम्मान मिल्ने देखिन्छ स्थायि सम्पति प्राप्त हुने योग रहेको छ साथिभाईबाट सहयोग मिल्ने देखिन्छ।
मिन
कुरा काट्‌नेहरु सक्रिय रहनेछन् अनेक किसिमका आपत्ति आउने देखिन्छ विश्वास गरेकाबाट धोका हुने देखिन्छ खर्चको मात्रा बढेर जानेछ बोलिमा आएको कठोरताले गर्दा हातमा परेको धन समेत उम्कन सक्छ राज्य पक्षबाट समेत कप्ट पाईने हदा सजकता साथ अगाडि बढन होला ।

मेष राशि

आयमा वृद्धि भएर जानेछ । मानसम्मान प्राप्त हुनेछ। आफन्तको सरसहयोग मिल्नाले नयाँ कार्यको थालनी हुने देखिन्छ। लामो समयदेखि चलिरहेको विवादको अन्त्य भएर जानेछ।

वृष राशि

पराक्रम बढेर जानेछ । नयाँ कार्यको थालनीले मनमा उत्साह बढेर जानेछ। धार्मिक कार्यमा सहभागी भइनेछ सामाजिक कार्यमा समय व्यतीत हुने देखिन्छ। बोलीमा माधुर्यता छाउनेछ।

मिथुन राशि

शरीरमा आलस्यता बढेर जानेछ आँखा सम्बन्धी समस्याले सताउनेछ। परिवारमा कलह बढेर जानाले मनमा चिन्ता बढेर जानेछ शैक्षिक क्षेत्रमा रास आउने देखिन्छ।

कर्कट राशि

झुट्टा आरोपको सामना गर्नुपर्ने छ । थोरै कुरामा विवादको स्थिति आउनेछ। टाउको दुख्ने समस्याले सताउनेछ । शरीरमा शिथिलता आउने देखिन्छ। सवारीसाधनबाट जोगिनु पर्ने देखिन्छ।

सिंह राशि

पितासँग वैचारिक मतभेद आउनेछ । थोरैथोरै कुरामा रिसको मात्रा बढेर जानेछ। लेखन शैलीमा कमी आउने देखिन्छ। स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्‍याउनुहोला।

कन्या राशि

अधुरा काम पुरा भएर जानेछ। चिकित्सा शास्त्रमा मन जानेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। साझेदारी कार्यमा उत्साह बढ्नुका साथै आयमा वृद्धि भएर जानेछ।

तुला राशि

व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। वैदेशिक कार्यमा बाधा आउने देखिन्छ। पारिवारिक कलह बढेर जाने देखिन्छ। कृषि कार्यमा बाधा आउनुका साथै बोलीमा कठोरता आउने देखिन्छ।

वृश्चिक राशि

लामो समयदेखि चलिरहेको विवादको अन्त्य भएर जानेछ। माङ्गलिक कार्यमा सरिक भइनेछ। आकस्मिक धन लाभ हुने देखिन्छ। लेखन शैलीमा तिव्रता आउने देखिन्छ।

धनु राशि

व्यापार व्यवसायमा सफलता मिल्नेछ। साथीभाइबाट सरसहयोग मिल्नेछ परोपकारमा मन लाग्नेछ। न्याय क्षेत्रमा तपाईंकै जित हुने देखिन्छ। कृषि कार्यमा समय व्यतीत हुनेछ।

मकर राशि

स्थायी सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ। सामाजिक क्षेत्रमा समय व्यतीत हुने देखिन्छ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।

कुम्भ राशि

मानसिक नैरासेता प्राप्त हुनेछ। पारिवारिक कलह बढेर जानेछ यात्रामा बाधा आउनेछ। बोलीमा कट्टुता आउनेछ। शैक्षिक क्षेत्रमा असफलता प्राप्त हुने देखिन्छ।

मीन राशि

पतिपत्नीबीच मनमुटावP

को सिर्जना हुनेछ राजनीतिमा असफलता प्राप्त हुनेछ विश्वास गरेर धोका हुनेछ लेनदेनमा विवादको सामना गर्नुपर्ने देखिन्छ।