Month: July 2025

काठमाडौँ । बिहीबार पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्सेमा ३१.५० अङ्कको गिरावट आएको हो। योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ९२२.६३ विन्दुमा झरेको छ । बुधबार नेप्से परिसूचक झण्डै ४८ अङ्कले घटेको थियो ।

आज बजारमा कारोबार भएका कुल २५० कम्पनीमध्ये १९८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ५२ कम्पनीको मूल्य मात्र बढेको छ। बजारका १३ समूहका सूचकमध्ये फाइनान्स सूचक मात्रै बढेको छ। बाँकी सबै सूचकमा गिरावट आएको छ ।

समग्र बजार ओरालो लागेपनि आज पाँच वटा कम्पनीको मूल्य भने सकारात्मक सर्किटको नजिक पुगेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्सले १ अर्ब ३३ करोडभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो । त्यसैगरी, नेपाल रिइन्स्योरेन्स कम्पनी र हिमालयन डिस्टिलरी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

Nepse Down

July 31, 2025, Jyotishsanchar press

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ हजा ३१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २ हजार २७० रुपैयाँ कायम भएको छ ।

Gold

July 31, 2025, Jyotishsanchar press

काठमाडाैँ । भूमिहीन दलित, भूमिहिनसुकुम्बासी र अव्यवस्थित बसोबासीबीरुको वर्गीकरणमा देखिएको समस्या समाधान गर्न विज्ञहरुलेसुझाव दिनुभएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिकस्रोत समितिको बिहीवार बसेको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमाबोल्दै भूमि विज्ञहरुले यस्तो सुझाव दिनुभएको हो । भूमिहीनको वर्गीकरणर प्रमाणिकरणको प्रक्रिया झन्झटिलो भएको उहाँहरुको भनाइ छ । भूमिविज्ञ धर्मराज जोशीले केही फारमहरूको अध्ययन भूमिहीनले अव्यवस्थित बसोबासीको फारम भरेकोपाइएको भन्दै यसलाई सच्याउन माग गर्नुभयो । उहाँले भूमिहीनलाई न्यूनतमकति जग्गा उपलब्ध गराउने भन्ने मापदण्डसमेत स्पष्ट नभएको भन्दै त्यसको लागि स्पष्ट व्यवस्थागर्नुपर्ने बताउनु भयो ।

छलफलमा बोल्दै भूमिविज्ञ जगत देउजाले भूमिहीनको समस्या समाधान गर्नेगरी विधेयक आउनुपर्ने माग गर्नुभयो । भूमिसम्बन्धी विगतमा बनेका आयोगहरुको असफलताका कारण आम नागरिकमा नकारात्मकता उत्पन्न भएको भन्दै गम्भीर हुन उहाँले समितिको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले कानुन बने पनि कार्यान्वयनमै समस्यादेखिएको विगतको अनुभव दोहोरिन नदिन सरकार र सांसदहरू सचेत हुनुपर्नेमा जोडदिनुभयो ।

Images 1

July 31, 2025, Jyotishsanchar press

काठमाडाैँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेश प्रदेशसहित देशका विभिन्न भूभागमा देखिएको खानेपानी समस्या समाधानका लागि उचित बजेटको प्रबन्ध गर्न सरकारका सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।

समितिको सिंहदरबारमा बसेको बैठकले खानेपानीको संकटग्रस्त क्षेत्रका लागि तत्काल आवश्यक बजेट व्यवस्था गरी माग सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो।

समिति सभापति कमलादेवी पन्तले खानेपानीको समस्या आपत्कालीन प्रकृतिको भएकाले साबिकको बजेट सीमाभित्र रहेर काम गर्न अप्ठ्यारो हुने बताउनुभयो। उहाँका अनुसार, हाल विनियोजन भएको बजेटले मात्र यो समस्या समाधान गर्न सक्ने अवस्था छैन।

साथै, समितिले खानेपानी तथा स्वच्छतासम्बन्धी दिगो विकास लक्ष्य अनुसार काम गर्न एक उपसमिति समेत गठन गरेको छ। खानेपानी तथा स्वच्छताको क्षेत्रमा देखिएका तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्याहरूको अध्ययन गरी उपयुक्त सुझाव तयार गर्न उक्त उपसमिति गठन गरिएको हो। उर्मिला अर्यालको संयोजकत्वमा गठित उपसमितिमा नारायणदत्त भट्ट, सावित्री मल्ल, शारदादेवी भट्ट र पूजा चौधरी सदस्य रहनुभएको छ।

1753956212 Olrea

July 31, 2025, Jyotishsanchar press

काठमाडाैँ । निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने भएको छ। यसका लागि आयोगले ‘राजनीतिक दल स्वमूल्यांकनसम्बन्धी कार्यविधि’ को मस्यौदा तयार गरेको छ, जसमा दलहरूको मूल्यांकनका लागि विभिन्न सूचक र अंकभार प्रस्ताव गरिएको छ।

मस्यौदाले संगठनात्मक संरचनाका लागि ८, आन्तरिक व्यवस्थापनका लागि २२, तथा दलको जिम्मेवारीका लागि १५ अंकभार प्रस्ताव गरेको छ। त्यसैगरी, लैङ्गिक तथा समावेशी व्यवस्थाका लागि १० अंक, कोष व्यवस्थापन र लेखा परीक्षणजस्तो महत्त्वपूर्ण पक्षका लागि २० अंक, निर्वाचनमा सहभागिता र प्रतिनिधित्वका लागि १५ अंक तथा अन्य राजनीतिक व्यवस्थाका लागि १० अंकभार तोकिएको छ।

स्वमूल्यांकनका क्रममा आयोगले दलहरूले विधान र कानुनको पालना गरे/नगरेको विस्तृत रूपमा हेर्नेछ। यसअन्तर्गत दलको विधानमा उल्लेख भएबमोजिम केन्द्रीय, प्रदेश र स्थानीय तहका समितिहरूको गठन, प्रत्येक पाँच वर्षमा हुनुपर्ने पदाधिकारीको आवधिक निर्वाचन, र संसदीय दल गठनको अवस्थाजस्ता विषयहरू मूल्यांकनको आधार बन्नेछन्। आन्तरिक व्यवस्थापनतर्फ सदस्यताको अद्यावधिक विवरण र नियमित बैठकहरूलाई हेरिनेछ भने आर्थिक पारदर्शीताका लागि दलको छुट्टै कोष, बैंक खाता सञ्चालन, २५ हजार रुपैयाँभन्दा माथिको सहयोग बैंकिङ प्रणालीबाट लिए/नलिएको र एक लाखभन्दा बढीको चन्दामा स्रोत खुलाएको/नखुलाएको जस्ता पक्षहरूको जाँच गरिनेछ। यसका साथै, पदाधिकारीका लागि तोकिएको योग्यता र वेबसाइटमार्फत दलका विवरणहरू सार्वजनिक गरे/नगरेको विषयलाई पनि मूल्यांकनमा समेटिनेछ।

आयोगका अधिकारीहरूका अनुसार, यो पद्धतिको मुख्य उद्देश्य राजनीतिक दलको आन्तरिक कार्यविधिलाई व्यवस्थित गर्दै उनीहरूको कामकारबाहीलाई पारदर्शी र जिम्मेवार बनाउनु हो। सबै सरोकारवालाबाट सुझाव संकलन गरी कार्यविधिलाई अन्तिम रूप दिइने उनीहरूको भनाइ छ।

1753953062 Qowxr

July 31, 2025, Jyotishsanchar press

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन र विकासको अभियानमा अघि बढेको बताउनुभएको छ ।

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले समृद्धि हाँसिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको जिकिर गर्नुभयो । नेपाललाई सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन आफूले चाहेको बताउनु भयो । नेपालीहरुको चाहना र गन्तव्य समृद्ध नेपाल र सुखी नेपाली रहेको भन्दै त्यसलाई साकार बनाउनेतर्फ आफूहरु अघि बढिरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सैनिक कल्याणकारी कोषको आम्दानीको श्रोत घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

1753937534 Waoph

July 31, 2025, Jyotishsanchar press

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रभावमा आधारित ‘विपद् पूर्वकार्य कार्यढाँचा’ बनाउने कार्य शुरु गरेको छ ।

प्राधिकरण विपद् व्यवस्थापनमा काम गरिरहेका संघसंस्था समेतको सहभागीतामा कार्यढाँचा बनाउने कार्यमा जुटेको हो । विहीवार विपद् पूर्वकार्यढाँचा निर्माण सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले सरोकारवालाहरुको सल्लाह सुझावसहित आएको ‘पूर्वकार्य कार्याढाँचा’ माथि थप छलफल गरेर अन्तिम रुप दिने जानकारी दिनुभयो ।

प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले सबैका लागि पूर्वसूचना प्रणालीअन्तर्गत पुनःस्थापना सम्मको काम गर्दै आएको भएपनि रियाक्टिभ एप्रोजका कामले क्षति न्युनिकरण हुन नसकेका कारण विपद्मा काम गर्ने सबैका लािग साझा कार्यढाँचा बनाउन लागिएको स्पष्ट पार्नुभयो । वपद् व्यवस्थापनका लागि चुनौति भएका स्थानहरुमा ए अप्रोजमा काम गर्न आवश्यक रहेकाले एकरुपताका लागि पूर्वकार्य कार्यढाँचा आवश्यक रहेको बताउनुभयो ।

नेपालमा २००७ देखि नै एन्टिसिपेटरी एक्शनका कामहरु हँुदै आएको छ । सन् २०२१ पछि प्रभावमा आधारित पूर्वसूचना प्रणालाी लगायतमा काम भएको पाइन्छ ।

1753943349 Yrmia

July 31, 2025, Jyotishsanchar press

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना व्यक्त गरेका छन् । आज साउन १५ गतेको अवसरमा सामाजिक सञ्जाल फेसबुकमा शुभकामना दिँदै उनले यस्तो कामना गरेका हुन् ।

उनले लेखेका छन् -‘आज साउन १५, खीर खाने परम्परागत पर्व । हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ। जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५ ! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !’

Kp Oli Pm Vwoom5k8sj

July 31, 2025, Jyotishsanchar press

काठमाडाैं । २०८२ साल श्रावण १५ गते बिहीबार । तदनुसार ३१ जुलाई २०२५ सप्तमी तिथी ५६ घडी २९ पला उप्रान्त अष्टमि तिथि प्रारम्भ हुनेछ। चित्रा नक्षत्र ४८ घडी ५७ पला उप्रान्त स्वाति नक्षत्र प्रारम्भ हुनेछ। साध्य योग गर करण आज बिहान सूर्योदय ५:२७ मा भयो भने सूर्यास्त साँझ ६:५२ मा हुनेछ। आज बिहीबार चन्द्रमा कन्या राशिमा ।

मेष राशि
काममा बाधा आउनेछ । साथीभाइमा अनावश्यकरुपमा कलह बढेर जाने देखिन्छ ।मानसम्मानमा अघात पुग्नेछ । लेखन शैलीमा कमी आउनुका साथै पारिवारिक कलह बढेर जाने देखिन्छ ।

वृष राशि
अध्ययन अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ। बोलीमा मिठास छाउनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । दाजुभाइमा मित्रता बढेर जानाले सबैको विश्वास जित्न सकिनेछ।

मिथुन राशि
बाेलीको प्रभाव बढेर जानेछ । अध्ययनमा सफलता प्राप्त हुनाका साथै कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्ने छ । प्रेम गर्ने अवसर जुट्नेछ।

कर्कट राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। व्यापार व्यवसायबाट सफलता प्राप्त गर्ने योग छ ।

सिंह राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । अनावश्यकरुपमा झैझगडाको सामना गर्नुपर्नेछ । लेखन शैलीमा कमी आउनुका साथै बोलीमा कठोरता आउने देखिन्छ ।

कन्या राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। जलयुक्त पदार्थबाट मनग्य लाभ लिन सकिनेछ। नयाँ कार्यको शुभारम्भ हुनुका साथै स्वास्थ्यमा सुधार आउनाले मनमा खुशी छाउनेछ ।

तुला राशि
स्वास्थ्यमा उत्तरचढाव आउने देखिन्छ । बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ । सम्पत्तिमा विवादको सामना गर्नुपर्ने देखिन्छ ।

वृश्चिक राशि
पराक्रममा वृद्धि भएर जानेछ । दाजुभाइको सरसहयोग प्राप्त गर्न सकिने देखिन्छ । वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ । माङ्गलिक कार्यमा सहभागी भइनाले सबैको प्यारो बनिनेछ।

धनु राशि
मानसम्मानमा वृद्धि भएर जानेछ। शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ। मुद्दा मामिलामा फसिने योग छ । स्वास्थ्यमा सुधार आउनुका साथै नयाँ कार्यको थालनी हुनेछ ।

मकर राशि
दूधजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। वैदिक क्षेत्रबाट अगाडि बढिनेछ । न्यायिक व्यवसायबाट मनग्य लाभ लिन सकिनेछ। सन्तानबाट प्राप्त सुखले मनमा खुसी छाउनेछ ।

कुम्भ राशि
बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ । व्यापार व्यवसायबाट घाटा बेहोर्नु पर्ने योग रहेको छ ।

मीन राशि
न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ। पारिवारिक स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ । माङ्गलिक कार्यमा सहभागी हुनाले सबैको विश्वास जित्न सकिने देखिन्छ । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ ।

Rasifal 3

July 31, 2025, Jyotishsanchar press

काठमाडाैं । गएराति मध्य र पश्चिमी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै डडेलधुरामा ३०.४ मिलिमिटर पानी परेको छ भने डोटी, अछाम, जाजरकोटलगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ ।

अछामको बेनिघाट जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रको आसपासमा बस्नेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँहरु तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

Winter Rain

July 31, 2025, Jyotishsanchar press