Month: August 2025

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी गराएकाे हो ।

सोमबारदेखि लागू हुने गरी डिजेल/मट्टीतेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ ।

त्यस्तै पेट्रोलकाे मूल्य घटेर आए पनि बिक्री मूल्य यथावत राखिएको र खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य पनि साविककै राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Nigam Oil

August 31, 2025, Jyotishsanchar press

काठमाडौं । सुनकाे मूल्यमा आज पनि उच्च बृद्धि हुँदै हालसम्मकै उच्चविन्दुमा पुगेकाे छ ।

सुन आज प्रतिताेला २ लाख ३ हजार ६०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । याे मूल्य शुक्रबारकाे तुलनामा ३ हजारले बढी हाे ।

आज चाँदीकाे मूल्य पनि बृद्धि भएकाे छ । चाँदी ६५ रुपैंयाँले बढ्दै आज २ हजार ४२५ मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

Gold

August 31, 2025, Jyotishsanchar press

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिका बैठक आज बस्दैछन् । आइतबार विधायन व्यवस्थापन समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेका हुन् ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा हाइड्रोपावरहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुनेछ ।

Samsad20sachiwalaya Bf1z3ahqxp 9avvvbo5dema7uznuhikje9e3y6dfppddu1shb9ybinjhfsvekinszqqti6r Zlctu0adpd Hwpit3bjxvgvyhhhsem1ra8zt0qa6cix5mllxy9pykpgerc72innthudm28g

August 31, 2025, Jyotishsanchar press

पं-बालमुकुन्द देवकोटा

काठमाडाैं । मिति २०८२ साल भाद्रशुक्लपक्ष १४ गते शनिबार सप्तमी तिथी राति ७ / ५७ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथी भएको हुनाले यो दिनदेखि आश्विनकृष्ण अष्टमी तिथी भाद्र २९ गते आइतबारसम्म १६ दिन माता महालक्ष्मीको व्रत ,पूजा, अर्चना गर्ने दिन भएकाले कलिकालमा मनुस्यले महालक्ष्मी बारे बुझेर व्रत बस्नाले के प्राप्त हुन्छ बुझ्न जरूरी छ !

सर्वप्रथम देवताहरु र दानवहरु मिलेर देवासुर संग्राम {समुन्द्रमन्थन }को प्रयोजन भएको थोयो। जसमा विभिन्न चिज – बिज निस्किएर विभिन्न देवताहरुले आफूले ग्रहण गर्नुभएको थियो। त्यसपछि अप्सराहरु तिनीहरु देवताहरुको सुखका लागि निस्किए।

त्यसपछि “ततस्चाविरभूत् साक्षाच्छ्री रमा भगवत्परा। रञ्जयन्ती दिश :कान्त्या विद्दुत् सौदामनी यथा “//शोभाकी मूर्ति स्वयं लोककी अधिश्वरी कल्याणमयी भगवती लक्ष्मीदेवी द्वादशीको प्रात :काल सूर्योदय हुनलाग्दा प्रकट हुनुभयो। वहाँ भगवान श्रीनारायणको नित्यशक्ति हुनुहुन्छ र वहाँको बिजुलीको समान चमकीलो मुहार देखेर दिशाहरू जगमगाएर उठ्दछन्। माताको सौन्दर्य ,यौवन ,रुप -रंग र महिमाले गर्दा स्वयं इन्द्रले बस्नकोलागी आसन ,नदीले अभिषेकको लागि सुनको कलशमा जल ,पृथ्वीले औषधि , गाइले पञ्चगव्य ,वसन्तऋतुले फल – फुल उपहार दिए ,ऋषिहरूले अभिषेक ,गन्धर्वहरुले सुमधुर गान ,नर्तकिहरुले नाच ,बादलले डमरु ,ढोल ,वेणु ,शङ्ख आदि बजाए,समुन्द्रले पहेंलो रेशमी वस्त्र ,बरुणले वैजयन्ति माला ,विश्वकर्माले गहना सरस्वतीले मोतीको हार ,ब्रह्माजीले कमल र नागले दुईवटा कुण्डल उपहार महालक्ष्मीलाई दिनुभयो। त्यसपछि ब्राह्मणहरुले{ श्रीशुक्त }वेदपाठगर्दै पूजन गर्नुभयो।

करिष्यकहं महालक्ष्मि व्रतमें त्वत्परायणा ।
तदविघ्नेन में यातु समप्तिं स्वत्प्रसादतस् ।।

अर्थात हे देवी म यहाँको सेवामा तत्पर भएर यहाँको यस महाव्रतको निष्ठापूर्वक पालना गर्नेछु।मेरो यस व्रत निर्विघ्न पूर्ण रहोस् । सर्वप्रथम दिप ,कलश ,{विश्वक्शेन}गणेशको पूजनगर्दै चौकीमाथि अष्टदल लेखि कलश थापी तामाको थालीमा कमलको आशन राखी १६ कलाको लक्ष्मीको बिग्रह , फोटो ,प्रतिमा आदिमा षोडषोपचारले पूजागरि श्रीखण्ड ,तिल ,तुलशी ,माला ,कमलको गट्टा,काँचो धागोले १६ वटा पवित्र ग्रन्थि बनाएर महालक्ष्मीलाई धारण गरेर १६ प्रकारको फूल ,१६ प्रकारको फल,पक्वान्न आदि अर्पण गरि महालक्ष्मीको मन्त्र नाम पढ्दै तिल ,तुलशीले ॐ १.श्रियै नम :२.अमृतोभवायै नम :३.कमलायै नम :४.चन्द्रसोदर्यै नम :५.विष्णुपत्न्यै नम :६.वैष्णव्यै नम :७.वरारोहायै नम :८.हरिवल्लभायै नम :९.शारङ्गीण्यै नम :१०.देवदेवीकायै नम :११.लोकसुन्दर्यै नम :१२.महालक्ष्म्यै नम :भनि यी बाह्र नामले अर्चना गर्नुभयो। त्यसपछि अष्टसुगन्ध र कपुर आरती {पाउमा चार पटक ,नाभीमा दुइपटक,मुखकोमलमा एक पटक }अनि सातपटक सवै बिग्रह वरिपरि घुमाउनु भयो। यता पकवान्न ,फलफूल ,पान – मसला ,नरिवेल ,मिष्ठान्नमा तुलसी छोड्दै शुगन्धिद्रव्य र सौभाग्य अर्पणगर्दै चमर – पंखाले हम्किनु भयो। त्यसपछि महालक्ष्मीको मन्त्र जप्दै हातमा तुलशीलिँदै “महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धिमही तन्नो लक्ष्मी :प्रचोदयात्”भनि लक्ष्मीजिमा अर्पण गर्नु भयो। त्यसपछि पूजा सवै बिसर्जन गरि मातालाई भोग {खानेकुरा }लगाएर {चढाएर }आफुहरुले पनि प्रशाद भोजन गर्नुभएको थियो। त्यसैगरी हामी कलिकालका मनुष्यहरुले पनि आजको दिन लक्ष्मीको दिन भएकोले आफुले श्रद्धा ,भक्ति ,तन ,मन ,धन लगाएर महालक्ष्मीको व्रत र पूजा गर्नाले हामीहरुलाई धर्म ,अर्थ ,काम ,मोक्ष चारै पुरुषार्थ प्राप्त भएर अन्त्यमा कहिल्यै ननासिने रमावैकुण्ठमा लैजानुहुन्छ। हरि ॐ तत्सत् !

मलक्ष्मीजीको आरती सबैले पढेर आफूलाई धन्य र पुलङ्कित पार्नुहोस !

नमस्तेस्तु महामाये श्री पीठे सुर पूजिते !
शंख चक्र गदा हस्ते महालक्ष्मी नमोस्तुते !!
नमस्तेतु गरुदारुढै कोलासुर भयंकरी !
सर्वपाप हरे देवी महालक्ष्मी नमोस्तुते !!
सर्वज्ञे सर्व वरदे सर्व दुष्ट भयंकरी !
सर्वदुख हरे देवी महालक्ष्मी नमोस्तुते !!
सिद्धि बुद्धि प्रदे देवी भक्ति मुक्ति प्रदायनी !
मंत्र मुर्ते सदा देवी महालक्ष्मी नमोस्तुते !!
आध्यंतरहीते देवी आद्य शक्ति महेश्वरी !
योगजे योग सम्भुते महालक्ष्मी नमोस्तुते !!
स्थूल सुक्ष्मे महारोद्रे महाशक्ति महोदरे !
महापाप हरे देवी महालक्ष्मी नमोस्तुते !!
पद्मासन स्थिते देवी परब्रह्म स्वरूपिणी !
परमेशी जगत माता महालक्ष्मी नमोस्तुते !!
श्वेताम्भर धरे देवी नानालन्कार भुषिते !
जगत स्थिते जगंमाते महालक्ष्मी नमोस्तुते!!
महालक्ष्मी अष्टक स्तोत्रं य: पठेत भक्तिमान्नर:!
सर्वसिद्धि मवाप्नोती राज्यम् प्राप्नोति सर्वदा !!
एक कालम पठेनित्यम महापापविनाशनम !
द्विकालम य: पठेनित्यम धनधान्यम समन्वित: !!
त्रिकालम य: पठेनित्यम महाशत्रुविनाषम !
महालक्ष्मी भवेनित्यम प्रसंनाम वरदाम शुभाम !!

August 31, 2025, Jyotishsanchar press

बैतडी । सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । शनिबार साँझ गौराघरमा भित्र्याइएकी गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्दछन् ।

व्रतालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । शनिबार गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् ।

गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । व्रतालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।

यसैबीच गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको छ ।

Gaura Parba

August 31, 2025, Jyotishsanchar press

साना । सन् २०२५ को पहिलो ६ महिनामा उत्तरी यमनमा अमेरिका र इजरायलबीच भएको हवाई आक्रमणमा ७७६ जनाको मृत्यु भएको छ। हुथी विद्रोहीद्वारा सञ्चालित अल-मसिराह टिभीले सार्वजनिक गरेको रिपोर्ट अनुसार मृत्यु हुनेको संख्या ७७६ पुगेको हो।

राजधानी साना, रेड सीको बन्दरगाह शहर होदेइदा, सादा र अम्रान प्रान्तमा सबैभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको यमनी सञ्चारमाध्यमले जनाएका छन्।
गत अप्रिल २८ मा सादा प्रान्तको आप्रवासी हिरासत केन्द्रमा अमेरिकी हवाई आक्रमणमा ७० इथियोपियाली आप्रवासीको पनि मृत्यु भएको थियो।

अल–मसिराह टिभीले मारिएका र घाइते भएकाको विवरण उपलब्ध गराएको छैन र तथ्याङ्कहरू स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन। हवाई आक्रमणले विमानस्थल, बन्दरगाह, विद्युत् र इन्धन स्टेसनका साथै कारखानालाई समेत निशाना बनाएको बताइएको छ।एजेन्सी

Attack At Yemen

August 31, 2025, Jyotishsanchar press

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३४ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ र बिक्रीदर २२ रुपैयाँ १० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३३ पैसा रहेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

Dolor

August 31, 2025, Jyotishsanchar press

काठमाडौँ । गत वैशाखदेखि भदौ १४ गतेसम्म देशभर कूल तीन हजार दुई सय ८१ वटा विपद्का घटना भएका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ।

विपदमा परेर २२ जना बेपत्ता भएका छन् भने सात सय ७४ जना घाइते भएका छन् । त्यसबाट पाँच हजार नौ सय ६३ परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा घटेका विपद्का घटनामा सबैभन्दा धेरै आगलागी भएको छ । कूल एक हजार एक सय ९७ आगलागीका घटना भएका छन् । जसमा १५ जनाको निधन हुँदा एक सय ६५ घाइते भएका छन् ।

बाढीका दुई सय ४३ घटनामा २७ जनाको ज्यान गएको छ भने २२ बेपत्ता र १० घाइते छन् । एक हजार सात सय ७८ परिवार प्रभावित भएका छन् । सो अवधिमा तीन सय ६८ ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर १८ जनाको निधन भएको छ । जसमा २८ जना घाइते भएका छन् । पहिरोका कारण चार सय ८१ परिवार प्रभावित भएका छन् ।

यस्तै, दुई सय ६६ वटा भारी वर्षाका घटना भएकाे विवरण प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । जसमा छ जनाको ज्यान जाँदा १२ घाइते भएका छन् । सात सय ११ परिवार प्रभावित भएका छन् ।

Badhi

August 31, 2025, Jyotishsanchar press

काठमाडाैं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Winter Rain

August 31, 2025, Jyotishsanchar press

काठमाडाैं । २०८२ साल भाद्र १५ गते आइतबार । तदनुसार ३१ अगस्ट २०२५ अष्टमी तिथी ४० घडी २५ पला उप्रान्त नवमी तिथी प्रारम्भ हुनेछ । अनुराधा नक्षत्र २५ घडी ३५ पला उप्रान्त ज्येष्ठा नक्षत्र प्रारम्भ हुनेछ । बैभब योग भर करण आज बिहान सूर्योदय ५:४२ मा भयो भने सूर्यास्त साँझ ६:२४ मा हुनेछ। आज आइतवार चन्द्रमा बृश्चिक राशिमा ।

मेष
आयआर्जनमा वृद्धि भएर जानेछ । सौन्दर्यतामा मन जानेछ। आफन्तको सहयोगले गरिरहेको काममा सफलता पाइने योग छ। शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ ।

बृष
पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। लेखनशैलीमा कमी आउने देखिन्छ । धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। स्वास्थ्यमा उतारचढाव आउनेछ।

मिथुन
अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । दाजुभाइमा कलह बढेर जानेछ। कृषि तथा चौपायाबाट घाटा बेहोर्नु पर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला।

कर्कट
पठनपाठन सफलतामा कमी आउने देखिन्छ । बोलीमा कठोरता आउने योग छ । पारिवारिक कलह बढेर जानेछ। सञ्चित धनको नाश हुनाले मानसिक तनाव बढ्नुका साथसाथै धनमालसमेत हराउन सक्ने सम्भावना बढेर गएको छ।

सिंह
धर्मकर्ममा बाधा आउने योग छ। लेखन शैलीमा कमी आउने देखिन्छ। आँखासम्बन्धी समस्याले सताउने योग छ। सवारी साधनबाट जोगिनुपर्ने अवस्था आउन सक्छ। सजग रहनुहोला।

कन्या
आयमा वृद्धि भएर जाने योग छ । आकस्मिकरुपमा कार्यमा वृद्धि हुनुका साथसाथै पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नुका साथसाथै प्रेम गर्ने अवसर जुट्नेछ।

तुला
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउने योग छ। अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। पतिपत्नीबीच मनमुटावको योग रहेको छ। सजग रहनुहोला।

बृश्चिक
पराक्रम बढेर जानेछ । बोलीमा माधुर्यता छाउनेछ। काममा सफलता पाइने योग छ। तेजमा वृद्धि हुनुका साथसाथै आफन्तको सहयोगले रोकिएका कामहरू पूरा भएर जानेछन् ।

धनु
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ। मानसम्मानमा आघात पुग्नेछ। दाजुभाइमा कलह बढेर जानेछ। । स्वास्थ्यमा उतारचढाव आउनेछ।

मकर
शैक्षिक कार्यमा सफलता पाइने योग छ । वैदेशिक यात्राको अवसर प्राप्त नहोला भन्न सकिँदैन। सामाजिक उत्तरदायित्व बढ्नुका साथसाथै प्रेमीप्रेमिकाबीच माधुर्यता छाउनेछ।

कुम्भ
कुरा काट्नेहरू सक्रिय रहनेछन् । गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ। आफन्तमा बहिरभाव आउनुका साथै आर्थिक लेनदेनमा वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।

मीन
दाजुभाईमा खटपट आउने सम्भावना बढेर गएको छ। जागिरमा अपजसको सामना गर्नुपर्नेछ। राज्यपक्षबाट समेत केही कष्टता आउनाले मानसिक तनाव बढेर जानेछ।

Rasifal 3

August 31, 2025, Jyotishsanchar press