Month: September 2025

काठमाडौँ । इन्डियन आयल कर्पोरेशनले नेपाल पठाउने इन्धनकाे मूल्य बढाएर पठाएकाे छ ।

भाउ बढे पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेशनले भाउ बढाएर पठाएको भए पनि चाडपर्वलाई मध्यनजर गर्दै आयल निगमले भाउ यथावत् राखिएको जनाएकाे छ ।

Nigam Oil

September 30, 2025, Jyotishsanchar press

काठमाडौं । दसैंको चहलपहल सुरु भएयता साढे पाँच लाख नागरिकले सङ्घीय राजधानी काठमाडौं छाडेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएअनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं छाडेका छन्।

काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

Dashain Ma Ghar Jane

September 30, 2025, Jyotishsanchar press

काठमाडौँ । जेनजी आन्दोलनमा सहभागी थप एक जना घाइतेको मृत्यु भएको छ। ट्रमा सेन्टरमा उपचारका क्रममा ३६ बर्षिय लक्ष्मण राईको मृत्यु भएको हो ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ घर भएका राईलाई भदाै २४ गतेको प्रदर्शनका क्रममा टाउकोमा गोली लागेको थियो । उनलाई बालाजुबाट ल्याएर ट्रमा सेन्टरमा राखी उपचार भइरहेकोमा गएराति मृत्यु भएको हो ।

उनीसँगै जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको संख्या ७६ पुगेको छ । उनीहरूमध्ये १० जना कैदी बन्दी छन् ।

Death Body

September 30, 2025, Jyotishsanchar press

काठमाडौं । २०८२ साल आश्विन १४ गते मंगलबार । तदनुसार ३० सेप्टेम्बर २०२५ । अष्टमी तिथी १९ घडी २५ पला नवमी तिथी प्रारम्भ हुनेछ । पूर्वषाढा नक्षत्र ५८ घडी ० पला उप्रान्त उत्तरषाढा नक्षत्र प्रारम्भ हुनेछ । शोभन योग बायब करण आज बिहान सूर्योदय ५:५६ मा भयो भने सूर्यास्त साँझ ५:४९ मा हुनेछ। आज मंगलबार चन्द्रमा धनु राशिमा ।

मेष राशि
साझेदारी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। पठनपाठनमा असफलता प्राप्त हुनाले सबैबाट अपहेलित हुनुपर्ने देखिन्छ।

वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतित भएर जाने देखिन्छ।

मिथुन राशि
बोलीको प्रभाव बढेर जानेछ । विपरीत लिङ्गीको सहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। धार्मिक यात्राको अवसर पाइने योग छ।

कर्कट राशि
सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। आयमा कमी विद्यामा बाधा हुनाले मानसिक तनाव बढेर जानेछ। बोलीमा कठोरता आउनाले सबैबाट अपहेलित हुनुपर्ने देखिन्छ।

सिंह राशि
थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ । आयमा कमी आउनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला ।

कन्या राशि
काममा सफलता पाइने योग छ। साथीभाइको सहयोगले नयाँ कार्यको थालनी हुनेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी लिन सकिनेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ।

तुला राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिने योग छ। पराक्रममा वृद्धि भएर जानेछ । साथीभाइको सहयोग पाइनेछ। आकस्मिक धन लाभ मिल्ने देखिन्छ।

वृश्चिक राशि
धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ । साझेदारी काममा विवादको सामना गर्नुपर्ने देखिन्छ। आयमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।

धनु राशि
पराक्रम बढेर जानेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। कृषक वर्गका लागि आजको दिन प्रशस्त आम्दानी गर्न सकिने योग छ। भोजभतेरमा सहभागी भइनेछ।

मकर राशि
पैत्रिक सम्पत्तिमा केही वादविवादको सामना गर्नुपर्ने देखिन्छ । चौपायबाट घाटा बेहोर्नुपर्ने देखिन्छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ।

कुम्भ राशि
रोकिएका कामहरू पुनः सञ्चालन आउनेछन् । धर्मकर्मतर्फ मन जाने देखिन्छ । लेखन शैलीमा तीव्रता आउने योग छ । काममा सफलता पाइने योग छ।

मीन राशि
न्यायिक कार्यमा बाधा आउनेछ। लेखन शैलीमा कमी आउनेछ । चोटपटकको सम्भावना बढेर गएको छ। पशु तथा चौपायाबाट घाटा बेहोर्नु पर्ने देखिन्छ।

Rasifal 3

September 30, 2025, Jyotishsanchar press

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसमा अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा, सिंगापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ २८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार, थाई भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, यूएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २३ पैसा र बिक्रीदर २२ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

Dolor

September 30, 2025, Jyotishsanchar press

काठमाडौं । सोमबार राति यूएईको शारजाह क्रिकेट मैदानमा नेपालले वेस्ट इन्डिजविरुद्ध ९० रनको सानदार जित निकालेको छ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज नेपालसामु निरीह बन्याे ।

नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमै समेटियो । वेस्ट इन्डिजलाई सस्तैमा रोक्न नेपालका मोहम्मद आदिल आलमले सर्वाधिक चार विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल खडा गरेको थियो । नेपालबाट ओपनर आसिफले सर्वाधिक ६८ रन बनाए । उनले ४७ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।

दोस्रो जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुने तालिका छ ।

Npl West Indias

September 30, 2025, Jyotishsanchar press

काठमाडौं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

Winter Rain

September 30, 2025, Jyotishsanchar press

काठमाडौं । बडादसैँ एवं नवरात्रको अन्तर्गत आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथी वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन अष्टमी पर्छ ।

यो वर्ष यसपाली चौथी तिथी वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

Durga Astami

September 30, 2025, Jyotishsanchar press

काठमाडौँ । आज विश्व मुटु दिवस मनाइँदैछ। हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ।

नेपालले पनि सन् २००० देखि विश्व मुटु दिवस मनाउँदै आइरहेको छ । यो वर्षको नारा मुटुलाई धड्किन दिऊँ भन्ने रहेको छ। नेपालमा वर्षेनी ३० हजार जनाको मुटुरोगका कारण ज्यान गइरहेको तथ्यांक छ ।

Mutu Diwas

September 29, 2025, Jyotishsanchar press

काठमाडौं । विगत २४ घण्टामा दशैं मनाउन काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्नसम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौँ छाडेका छन् ।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताएका छन् ।

Dashain Ma Ghar Jane

September 29, 2025, Jyotishsanchar press