काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसले गर्दा बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ ।
आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने र बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ ।
राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । मंगलबार एकको खरिद दर १४६ रुपैयाँ १३ पैसा र बिक्री दर १४६ रुपैयाँ ७३ पैसा तोकिएको अमेरिकी डलर एकको खरिददर आज १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।
थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
काठमाडाैँ । २०८२ साल माघ २१ गते बुधबार तदनुसार ४ फेब्रुवरी २०२६ । तृतीया तिथी ४७ घडी ३५ पला उप्रान्त चतुर्थी तिथी प्रारम्भ हुनेछ । पूर्व फाल्गुणी नक्षत्र ४३ घडी ११ पला उप्रान्त उत्तर फाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ । अतिगण्ड योग बब करण आज बिहान सूर्योदय ६:५१ मा र सूर्यास्त साँझ ५:४६ मा हुनेछ । आज बुधबार चन्द्रमा सिँह राशिमा ।
मेष राशि अधुरा काम पूरा भएर जानेछन् । बोलीमा मिठास आउनेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । पठनपाठनमा सफलता पाइनुले मनमा खुसी छाउनेछ।
वृष राशि अध्ययन अध्यापनमा सफलता पाइने योग छ । रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । जागिरमा पदोन्नतिको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। सामाजिक उत्तरदायित्व बढेर जानेछ ।
मिथुन राशि बोलीको प्रभाव बढेर जानेछ। लेखन शैलीमा तीव्रता आउनेछ। शेयर कारोबारमा राम्रै आम्दानी गर्न सकिने देखिन्छ। पुराना साथीभाइसँगको भेटघाटले रमाइलोमा समय व्यतीत भएर जानेछ।
कर्कट राशि व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। दौडधुपमा समय व्यतीत भएर जानेछ। आफन्तमा बहिरभाव आउने देखिन्छ। गुप्ताङ्गसम्बन्धी समस्याले सताउनाले मनमा चिन्ता बढेर जानेछ।
सिँह राशि सौन्दर्यतामा मन जानेछ । धार्मिक यात्राको अवसर जुट्नेछ। दूग्धजन्य पदार्थबाट राम्रा आम्दानी गर्न सकिने देखिन्छ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएकोले मनमा खुसी छाउनेछ।
कन्या राशि पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा कलह बढेर जानेछ। मानसम्मानमा आघात पुग्नेछ। मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर जानेछ। राज्यपक्षबाट कष्टता पाइने योग छ।
तुला राशि आयमा वृद्धि भएर जानेछ। पठनपाठनमा सफलता पाइने योग छ। दाजुभाइमा माधुर्यता छाउनेछ। तीर्थस्थलहरूको भ्रमण गरिने योग रहेको छ। व्यापार व्यवसायमा सफलता पाइने योग रहेको छ।
वृश्चिक राशि कुरा काट्नेहरू सक्रिय रहनेछन् । सामाजिक कार्यमा मनमुटावको सृजना हुने देखिन्छ। लेखनशैलीमा कमी आउने योग रहेको छ। अनावश्यकरुपमा रिसको मात्रा बढेर जाने योग छ। आर्थिक समस्याले सताउने छ।
धनु राशि जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ। व्यवसायमा अस्थिरता आउनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। परिवारमा वादविवाद बढेर जानाले मानसिक तनाव बढेर जानेछ ।
मकर राशि पराक्रममा वृद्धि भएर जानेछ । पठन पाठनमा सफलता पाइने योग छ। व्यापारमा सुधार हुनुका साथै आफन्तको सहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने देखिन्छ।
कुम्भ राशि पतिपत्नीबीच माधुर्यता छाउनेछ। लेखन शैलीमा तीव्रता आउने योग छ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जानेछ ।
मीन राशि स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। वैदेशिक काममा समेत बाधा आउने देखिन्छ।
काभ्रे । भकुण्डेबेँसी जेसीजले रोशी गाउँपालिका तीन वटा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।
भकुण्डेबेँसी जेसीजमा नयाँ अध्यक्ष आउने वित्तिकै रोशी गाउँपालिका वडा नं ५ को विद्या विकास प्राथमिक विद्यालय, रोशी-६ को ठाकुरस्थान प्राथमिक विद्यालय र सिद्धार्थ प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा (स्विटर, टोपी) वितरण गरिएको हो ।
भकुण्डेबेँसी जेसीज वर्ष २०२६ का अध्यक्ष रञ्जना उप्रेतीको नेतृत्वमा विद्या विकास प्राथमिक विद्यालयका ३३ जना, ठाकुरस्थान प्राथमिक विद्यालयका २२ जना र सिद्धार्थ प्राथमिक विद्यालयका ४ जना विद्यार्थीलाई एकएक थान स्विटर र टोपी वितरण गरिएको हो ।
भकुण्डेबेँसी जेसीज वर्ष २०२६ का अध्यक्ष उप्रेतीले शिक्षाको ज्योति फैलाउन बालबालिकाको स्वास्थ्य र सहजता पनि उत्तिकै महत्त्वपूर्ण रहने बताउँदै संस्थाको तर्फबाट सानो सहयोगले बालबालिकाहरूको सिकाई प्रक्रियामा उत्साह थपिने विश्वास लिएको बताइन् । बढ्दो चिसोबाट विद्यालय जाने बालबालिकालाई केही मात्रामा भएपनि राहत मिलोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको उप्रेतीको भनाइ छ ।
वितरण कार्यक्रममा रोशी ६ का वडा अध्यक्ष नारायणबहादुर सिवाकोटी, भकुण्डेबेँसी जेसीज वर्ष २०२६ का कार्यकारी उपाध्यक्ष शिवप्रसाद न्यौपाने, शाखा सम्पादक कल्याण काफ्ले लगायत विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने धादिङ थार्के गाउँपालिका-७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका-२६ बस्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका-४ घर भएका ३१ वर्षीय नविन दमाई रहेका छन् ।
पक्राउ मध्ये अन्जनले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १७ लाख १० हजार रूपैयाँ र नविनले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अन्जनलाई काठमाडौं महानगरपालिका-३१ बाट र नविनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडाैँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ ।
देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५० पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०५ पैसा र बिक्रीदर २१ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३९ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा कायम भएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा कायम गरिएको छ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २२ पैसा र बिक्रीदर २३ रुपैयाँ ३१ पैसा तोकिएको छ।
काठमाडाैँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । काठमाडौँकाे तारकेश्वर नगरपालिका-५ गोलढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय २६ ग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-१ इटहरी बस्ने २७ वर्षीय सोमित माझी र झापा अर्जुनधारा नगरपालिका-११ बस्ने २७ वर्षीय देउकुमार माझी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटोबाट अवैध लागूऔषध गाँजा ८ सय ९ ग्राम सहित सोही ठाउँ बस्ने पाँचथर घर भएका ४२ वर्षीय किरण राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो
सिरहा, गोलबजार नगरपालिका-४ गोलचक्रबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-१० बस्ने २० वर्षीय राधेश्याम साह र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय रितिककुमार सिंह रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००४ प ९३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडाैँ । २०८२ साल माघ २० गते मंगलबार तदनुसार ३ फेब्रुवरी २०२६ । द्वितीया तिथी ४८ घडी १५ पला उप्रान्त तृतीया तिथी प्रारम्भ हुनेछ । मघा नक्षत्र ४२ घडी २७ पला उप्रान्त पूर्व फाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ । शोभन योग तैतिल करण आज बिहान सूर्योदय ६:५२ मा र सूर्यास्त साँझ ५:४५ मा हुनेछ । आज मगलबार चन्द्रमा सिँह राशिमा ।
मेष राशि बोलीमा कठोरता आउने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने योग छ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ । परिवारमा कलह बढेर जाने देखिन्छ। चोटपटकको सम्भावना बढेर गएको छ।
वृष राशि धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। पठनपाठनमा सफलता प्राप्त गर्न सकिने योग छ। दाजुभाइको सरसहयोगले हराएको धनमाल भेटाउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
मिथुन राशि आयआर्जनमा वृद्धि भएर जानेछ । व्यापार व्यवसायमा सफलता प्राप्त गर्न सकिनेछ। तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। प्रशासनिक काममा शीघ्रता प्राप्त हुनाले मनमा खुसी छाउनेछ।
कर्कट राशि पठनपाठनमा बाधा आउने देखिन्छ। पैत्रिक सम्पत्तिको विषयलाई लिएर परिवारमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । मुद्दा मामिलामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
सिंह राशि कृषि तथा चौपायाबाट राम्रो आम्दानी गर्न सकिनेछ। नयाँ साथीको आगमनले व्यवसायमा थप लगानी बढाइने योग छ। लेखन शैलीमा तीव्रता आउनेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ ।
कन्या राशि शत्रुपक्षबाट जोगिनुपर्ने देखिन्छ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। झुट्टा मुद्दामा फसिन सकिने योग रहेको छ।
तुला राशि अधुरा कामहरू पूरा भएर जानेछन् । मिष्ठान्न भोजनको अवसर जुट्नेछ । सवारी साधन खरिद गरिने योग रहेको छ। आयआर्जनमा वृद्धि हुनुका साथै पुराना साथीभाई भेटघाट हुनाले रमाइलोमा समय व्यतित गरिनेछ।
वृश्चिक राशि जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। लेखनशैलीमा कमी आउने योग छ।
धनु राशि दाम्पत्य जीवनमा कलह बढेर जानेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । शैक्षिक क्षेत्रमा ह्रास आउनेछ । शरीरमा आलस्यता बढेर जानाले मनमा खुसी छाउने छ।
मकर राशि मनमा चन्चलता बढेर जानेछ । पराक्रम बढ्ने देखिन्छ । सामाजिक काममा सफलता प्राप्त गर्न सकिनेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। भौतिक साधनमा वृद्धि भएर जानाले मनमा खुसी छाउनेछ।
कुम्भ राशि पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। मानसम्मानमा वृद्धि भएर जाने योग छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। पठनपाठनमा सफलता प्राप्त गर्न सकिनेछ।
मीन राशि आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। मानसम्मानमा आघात पुग्ने देखिन्छ। सञ्चित धनको नाश हुने देखिन्छ।